• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ८०० जनामा मिर्गौला प्रत्यारोपण

December 6th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रमा ८०० जनामा मिर्गौला प्रत्यारोपण

हेल्थ टुडे,
काठमाडौं, २० मंसिर : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणा क्षेत्रमा फड्को मारेको छ । ख्यातिप्राप्त अंग प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा सञ्चालित नेपाल सरकारको एक मात्र अंग प्रत्यारोपण केन्द्रले सोमबारसम्म ८०० जनामा सफल मिर्गौला प्रत्यारोपण गरेको छ ।

केन्द्रले ८०० जनाको सफल मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको खुशीयालीमा सोमबार केक काटेर खुशी साटासट गरिएको थियो । बिसं २०६९ मा मिर्गौला प्रत्यारोपण सुरु गरेको केन्द्रले दशकको यात्रा पुरा नगर्दै ८०० जनामा मिर्गौला प्रत्यारोपण गर्न सक्नु ठूलो उपलल्धी भएको प्रत्यारोपण  विज्ञहरु बताउछन ।
प्रत्यारोपण गरिएकामध्ये ९८ प्रतिसतमा सफलता मिलेको केन्द्रका कार्यकारी निर्देशक समेत रहेका डा. पुकारचन्द्र श्रेष्ठ बताउछन् । विज्ञहरुका अनुसार ९८ प्रतिसत सफलता विश्वकै मिर्गौला प्रत्यारोपण क्षेत्रका लागि सफल र अनुकरणीय हो । डा. श्रेष्ठकै नेतृत्वमा ८०० वटा मिर्गौला प्रत्यारोपण सफल भएका हुन ।

गत एक वर्ष जति केन्द्रको कार्यकारी निर्देशकमा डा. प्रेम ज्ञवाली नियुक्त भएर आए पनि कोराना भाइरसको बढ्दो संक्रमण र लकडाउनका कारण उनले प्रत्यारोपणलाई गति दिन सकेका थिएनन् । गत असोजमा सरकारले डा. ज्ञवालीलाई हटाएर डा. श्रेष्ठलाई पुन निर्देशक बनाएपछि केन्द्रले मिर्गौला प्रत्यारोपणमा गति लिन थालेको छ । केन्द्रले मिर्गौला प्रत्यारोपणसँगै कलेजो प्रत्यारोपणमा पनि सफलता पाएको छ । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण डा. श्रेष्ठकै अगुवाईमा केन्द्रमा भएको थियो । केन्द्रले एकपछि अर्को सफलता प्राप्त गर्नमा बरिष्ठ नेफ्रालोजिष्ट डा कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा डा राकेश कुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा आरती राई, नि.नर्सिङ्ग निर्देशक कोपिला दाहालको भूमिका महत्वपूर्ण भएको डा. श्रेष्ठ बताउछन । नेफ्रोलोजी विभागबाट डा लुसन सिंह डा ललित कुमार यादव, डा सुरेश महर्जन तथा युरोलोजि टोलीमा, डा विजयमान सिंह कटुवाल, डा विपेश श्रेष्ठ, डा रवि किरण गौतम, डा किरण जंग कुँवर लगायतको चिकित्सकिय टीम, नर्सिड स्टाफ, अन्य कर्मचारीको टिमर्वकले यो सफलता मिलेको डा. श्रेष्ठको भनाई छ । डा. श्रेष्ठका अनुसार पछिल्लो दुई महिनामा ३७ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि बैतडीमा भारतबाट फर्किनेले ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने
Next article भरतपुर महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गर्नेबाट संकलन गर्यो १ लाख रुपैया जरिवाना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz