हेल्थ टुडे,
काठमाडौं, २० पुष : स्त्री क्यान्सर रोग समाज, नेपाल (गाइनोलोजिकल अंकोलोजी सोसाइटी अफ नेपाल, गोसोन ) ले सोमबार आफ्नो तेश्रो स्थापना दिवस मनाएको छ । लाजिम्पाटस्थित र्याडिसन होटेलमा आयोजना गरिएको स्थापना दिवसमा समाजकी अध्यक्ष वरिष्ठ स्त्री क्यान्सर रोग विज्ञ डा. शिला बर्माले केक काटेर स्थापना दिवसको सबैलाई शुभकामना व्यक्त गरेकी थिइन । कार्यक्रममा समाजका उपाध्यक्ष डा.गेहनाथ बराल, स्त्री क्यान्सर रोग विज्ञ डा.मदनकुमार पिया, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नसर्नेरोग साखा प्रमुख डा.फणेन्द्र बराल, स्त्री तथा प्रसूति रोग विज्ञ समाजका अध्यक्ष डा. गणेश दंगाल, भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. विष्णु पौडेल, समाजकी पूर्व अध्यक्ष वरिष्ठ स्त्री रोग विज्ञ डा.अचला बैद्य, समाजका सल्लाहकार प्रभु बैद्य लगायतले स्थापना दिवसको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा समाजकी अध्यक्ष डा.बर्माले समाजले स्त्री क्यान्सर रोगको चेकजाच र जनचेतनाका बिषयमा समाजले गरेका कार्यहरुको विवरण प्रस्तुत गर्दै भविश्यमा यसको दायरा फराकिलो बनाउदै लैजाने बताइन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नसर्ने रोग साखाका प्रमुख डा. फणिन्द्र बरालले सरकारले क्यान्सर रोकथाम र उपचारका बिषयमा गरिरहेको कार्यक्रमको जानकारी गराउदै निकट भविश्यमै क्यान्सर नियन्त्रण रणनीति र कार्ययोजना बनाउन लागेको बताए । सल्लाहकार बैद्यले स्त्री क्यान्सरको चेकजाच र जनचेतना फैलाउने काममा समाजको पहल सकारात्मक भएको बताउँदै महिलाहरुलाई क्यान्सरबाट जोगाउन खोप कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।