हेल्थ टुडे,
धनगढी, २५ पुष : सुदूरपश्चिममा दैनिक १०० बढीमा कोराना संक्रमण देखिन थालेको छ । पछिल्ला दिनमा भारतबाट फर्किनेहरूमा धमाधम कोरोना संक्रमण पुष्टि हुनथालेको हो । सुदूूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पछिल्लो एक हप्तामा दैनिक कम्तिमा पनि १०० जनामा कोरोना संक्रमण पुुष्टि भइरहेको छ । उनीहरूमध्ये धेरैजसो भारतबाट फर्किनेहरू हुन् । भारतमा दैनिक संक्रमणदर वृद्धि हुुँदै गएका बेला त्यहाँबाट फर्किने नेपालीहरूमा संक्रमण देखिनथालेको सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए । प्रदेशमा शनिबार १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ जनाबाहेक १२५ जना भारतबाटै फर्किएका हुन् ।
कञ्चनपुरको गड्डाचौकी, कैलालीसँग जोडिएको गौरीफन्टा र बैतडीको झुलाघाट नाकामा १३४३ जनाको एन्टीजेन परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेशमा शुुक्रबार पनि १०१ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरूमध्ये ९७ जना भारतका विभिन्न स्थानबाट फर्किएका व्यक्ति भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
बिहीबार पनि १०८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये १०७ जना भारतबाटै फर्किएका रहेका छन् ।
सुदूरपश्चिममा ह्वात्तै बढ्यो कोरोना संक्रमण, दैनिक १०० बढीमा देखियो संक्रमण

Subscribe
Login
0 Comments