हेल्थ टुडे,
काठमाडौं, २५ माघ : संस्कृतिविद् सत्यमोहन जोशीलाई निमोनियाको समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ । स्वासप्रस्वासमा समस्या देखिएपछि १०२ बर्षिय जोशीलाई मंगलबार ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज भर्ना गरिएको छ । किस्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्रचार्यका अनुसार उनलाई सोमबार रातीदेखि नै स्वास्थ्यमा समस्या दखिएको थियो । किष्ट मेडिकल कलेजले संस्कृतिवद् जोशीको स्वास्थ्य उपचार निशुल्क गर्ने जनाएको छ ।
प्रा.डा. बज्रचार्यले जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको बताए । अहिले उनलाई निमोनिया निको पार्न एन्टिवायोटिक औषधि दिइएको समेत डा. बज्राचार्यले जानकारी दिएका छन् । ।
किष्ट मेडिकल कलेजले जारी गरेको विज्ञप्ति अनुसार संस्कृतिविद् जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।