• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

७५३ वटै पालिकामा आँखा सेवा बिस्तारका लागि बजेट व्यवस्था गर्न नेत्रज्योति संघको आग्रह

March 28th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
७५३ वटै पालिकामा आँखा सेवा बिस्तारका लागि बजेट व्यवस्था गर्न नेत्रज्योति संघको आग्रह

हेल्थ टुडे,
काठमाडौं, १३ चैत :  नेपाल नेत्रज्योति संघले देशका ७५३ वटै पालिकामा आँखा सेवा बिस्तार गर्ने योजना बनाएको छ । त्यसका लागि प्रत्येक वर्ष सरकारले कम्तिमा पनि १० वटा पालिकामा आँखा उपचार केन्द्र स्थापना गर्न बजेटको व्यवस्था गरिदिन आग्रह गरेको छ ।

४४ औं नेत्रज्योति संघ दिवसको अवसरमा आईतबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्तले अहिले नेत्रज्योति संघ मार्फत मेचीदेखि महाकालीसम्म २७ वटा आँखा अस्पताल र १४४ वटा आँखा उपचार केन्द्र सञ्चालनमा रहेको बताउँदै देशका ७५३ वटै पालिकाहरुमा आँखा उपचार केन्द्र स्थापना गर्ने गरि संघ अगाडि बढेको बताए । उनले भने, ‘ त्यसका लागि सरकारले हरेक वर्ष कम्तिमा १० वटा आँखा उपचार केन्द्र स्थापनाका लागि बजेटको व्यवस्था गरिदिनु पर्छ । ’ २०७२ सालसम्म सरकारले हरेक वर्ष ५ वटा आँखा उपचार केन्द्र स्थापनाका लागि बजेट विनियोजन गरिदिने गरेकोमा भूकम्पपछि त्यो क्रम छुटेको स्मरण गर्दै डा. पन्तले अव त्यसलाई निरन्तरता दिदै हरेक वर्ष कम्तिमा पनि १० वटा पालिकामा आँखा सेवा पुर्याउन सरकारले बजेटको व्यवस्था गरिदिन आग्रह गरे ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आँखा सेवामा सरकारले गर्न नसकेको काम नेत्रज्योति संघले गरिरहेकोमा प्रसंशा गर्दै सरकारले आँखा सेवा बिस्तारमा हातेमालो गर्न चाहेको बताए । आँखा सेवा बिस्तारमा केन्द्र सरकारसँगै प्रदेश सरकार र स्थानिय सरकारले पनि आवश्यक बजेट व्यवस्था गरेर नेत्रज्योति संघलाई सहयोग गर्नु पर्नेमा मन्त्री खतिवडाले जोड दिए । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोषन पोखरेलले नेपाल सरकार आफैले आँखा उपचार सेवा प्रदान गर्न नसकिरहेको अवस्थामा नेत्रज्योति संघले आँखा उपचारका साथै अन्धोपन न्युनिकरणमा ठूलो योगदान गरेको बताए । उनले सरकारले नेत्रज्योति संघको सहकार्यमा प्रत्येक जिल्ला अस्पतालमा आँखा सेवा पनि सञ्चालन गर्न लागिएको जानकारी दिए ।
नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले ट्रकोमा निवारण गर्ने दक्षिण एशियाली देशहरुमध्ये नेपाल पहिलो देशको रुपमा विश्व स्वास्थ्य संगठनबाट सम्मानित हुनु ठूलो उपलब्धी भएको बताउदै हजारौ व्यक्तिमा दृष्टिविहिनताको समस्या रहेकाले आँखा स्वास्थ्यमा लगानी बढाउन सरकारलाई आग्रह गरे ।

कार्यक्रममा नेत्रज्योति संघका कार्यकारी निर्देशक डा. सैलेशकुमार मिश्रले संघमार्फत सञ्चालनमा रहेका आँखा अस्पताल र उपचार केन्द्रहरुले गत वर्ष मात्र ३३ लाखको आँखाको उपचार र २ लाख ६५ हजारको शल्यक्रिया गरेको जानकारी दिए । अस्पताल बाहेक बर्षमा ३ हजार आँखा सिविर सञ्चालन गरेर लाखौ नेपालीलाई आँखा सेवा उपलब्ध गराएको डा. मिश्रले बताए ।

कार्यक्रममा आँखा स्वास्थ्यमा उल्लेख्य योगदान गरेको भन्दै गण्डकी प्रदेशकी सचिव मनमाया पंगेनी, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पौडेल,जापानी समाजसेवी काजुसाका काकानीलाई पुरस्कृत गरिएको छ । त्यसैगरि उत्कृष्ण आँखा अस्पतालहरुमध्ये विराटनगर आँखा अस्पताल र भरतपुर आँखा अस्पताल सम्मानित भएका छन । दाताहरुमध्ये अर्बिट इन्टरनेशनल र सिविएम पुरस्कृत भएका छन भने दिर्घ सेवा पदकबाट नेत्रज्योति संघका कर्मचारीहरु भोला नाथ नेपाल र देबबहादुर बुढाथोकी छन । कार्यक्रममा नेपाल नेत्रज्योति संघका संस्थापक प्रा. डा. रामपूसाद पोखरेल र न्याम्सका उपकुलपति डा. डिएन शाहले नेपालको आँखा स्वास्थ्य उत्कृष्ठ भएको बताउँदै यसलाई अझै दू्रदराजसम्म पुर्याउनु आवश्यक रहेकोमा जोड दिएका थिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. ढुङ्गेललाई ‘डायबिटिज लाइफटाइम अवार्ड’
Next article मिर्गौला प्रत्यारोपी, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz