हेल्थ टुडे,
काडमाडौं, २९ चैत: स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन मंगलबार राजधानीमा सम्पन्न भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा तिन दिनसम्म चलेको सम्मेलनको समापनका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ ठा. श्यामशुन्दर यादवले अनुसन्धानका आधारमा मात्र गुणस्तरीय उपचार संभव भएकाले यसको दायरा बढाउदै लैजानु पर्ने बताए । सरकारले नीति बनाउँदा अनुसन्धानबाट प्राप्त तथ्यलाई ख्याल गर्नु पर्नेमा बताउदै डा. यादवले स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए । परिषद्का मानार्थ अध्यक्ष एवं वरिष्ठ मुटुरोग विज्ञ डा. मृगेन्द्रराज पाण्डेले सम्मेलनमा सहभागीको संख्या बढेकोमा खुशी व्यक्त गर्दै सम्मेलन सञ्चालनमा केही कमि कमजोरी भएकोले भविश्यमा तिनलाई सुधार गर्दै लैजानस पर्ने सुझाव दिए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले सम्मेलनमा स्वास्थ्य मन्त्री सहभागी नभएपनि उहाँको सदभाव रहेको स्पष्टिकरण दिदै स्वास्थ्य राज्यमन्त्रीले मन्त्रीको अनुपस्थितिमा सम्मेलनमा सहभागी भएको दावी गरे । सम्मेलनमा स्वास्थ्य मन्त्री विरोध खतिवडा सहभागी भएका थिएनन । प्रमुख अतिथि मन्त्री खतिवडालाई राखेर निमन्त्रणा बाढिएको थियो । तर सम्मेलनको उदघाटन र समापनमा मन्त्रीमात्र नभएर स्वास्थ्य मन्त्रालयका दुई जना सचिव डा. रोषन पोखरेल र देवकुमारी गुरागाई दुबै सहभागी भएका थिएनन् । परिषद्ले गरेका र गराएका अध्ययन अनुुन्धानलाई नीतिगत तहमा लागु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री र सचिवहरु नै सहभागी नभएपछि सम्मेलनको औचित्वमाथि नै प्रश्न उठेको विज्ञहरुले बताएका छन् । सम्मेलनमा सहभागी जनस्वास्थ्य विज्ञले भने, स्वास्थ्य मन्त्री र सचिव सहभागी नभएको यो पहिलो पटक हो । यो भन्दा पहिलेका सात वटै सम्मेलनमा यस्तो हुदैनथियो । सम्मेलनमा नेपाल सरकारले विनियोजन गरेको र दर्जनौ दातृ निकायहरुबाट संकलन गरिएको ठूलो बजेट खर्च हुने गरेको छ । यो वर्ष कति खर्च भयो त ? भन्ने प्रश्नमा परिषद्का सदस्य सचिव डा. ज्ञवालीले केही दिनमै सबै खर्च पारदर्शी रुपमा सार्वजनिक गरिने बताए । परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले सम्मेलनमा भएका कमि कमजोरी सुधार गर्दै जाने बताए । सम्मेलनमा वरिष्ठ चिकित्सक डा. मदन उपाध्यायलाई लाइफ टाइम अवार्ड प्रदान गरिएको थियो भने अन्य १० जना चिकित्सक, परिषद्का कर्मचारी र अनुसन्धानकर्तालाई विभिन्न विधाका अवार्ड प्रदान गरिएको थियो । सम्मेलनमा ३१ वटा स्वदेशी र २२ वटा विदेशी विज्ञहरुले आफ्ना धारणा राखेका थिए । सम्मेलनमा ४० भन्दा बढी कार्यपत्र प्रस्तुत गरिएका थिए भने ८८ पटा पोस्टर प्रदर्शन गरिएको थियो ।