• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

बच्चामा हुन सक्छ क्यान्सर

May 5th, 2022 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बच्चामा हुन सक्छ क्यान्सर

डा. सुधीर सापकोटा,
बच्चामा हुने क्यान्सर ओझेलमा परेको विषय हो । बच्चामा क्यान्सर हुँदैन भन्ने हाम्रो समाजमा भ्रम छ । भइहाले पनि निको हुँदैन भन्ने मान्यता छ । तर त्यो सत्य होइन । नेपालमा बर्सेनि १५ सयदेखि दुई हजार बालबालिका क्यान्सरबाट संक्रमित हुने गरेको पाइएको छ । तीमध्ये एक तिहाइको मात्र परीक्षण हुने गरेको छ । दुई तिहाई बच्चा त अझै क्यान्सरको परीक्षण र उपचारबाट बञ्चित छन् । हरेक वर्ष क्यान्सर संंक्रमण बढी रहेको छ । तर ठूलो संख्यामा बालबालिका क्यान्सरको उपचारबाट छुटिरहेका छन् । बालबालिकामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी ब्लड क्यान्सर हो । त्यसपछि मस्तिष्कको क्यान्सर हो । हाम्रो देशमा आँखाको क्यान्सर पनि छ । त्यसपछि मिर्गौलाको क्यान्सर र ग्रन्थीको क्यान्सर पनि प्रमुख क्यान्सर हुन् ।
बच्चालाई हुने क्यान्सरका लक्षणहरू
१. लामो समयसम्म ज्वरो आउनु,
२. जीउ फुस्रो हुनु,
३. शरीरमा रगतको कमी हुनु,
४. मुखबाट रगत बग्नु,
५. पेट, फोक्सोे सुन्निएर पेट ठूलो हुनु,
६. शरीरमा गिर्खा देखिनु,
७. तौल घट्दै जानु ।
यस किसिमका लक्षण देखिएमा क्यान्सर पनि हुन सक्छ भन्ने शंका गर्नुपर्छ । र परीक्षणको लागि स्वास्थ्यकर्मीकहाँ लैजानु पर्छ । स्वास्थ्यकर्मीले भिडियो एक्सरे, एक्सरे वा छातीको एक्सरेलगायतका माध्यमबाट क्यान्सर परीक्षण गर्छ । परीक्षण गर्दा यदि बच्चामा क्यान्सर रहेछ भने पत्ता लाग्छ । पत्ता लागेपछि क्यान्सर कुन स्टेजको रहेछ भन्न पत्ता लगाउनु पर्छ र त्यहीअनुसार उपचार सुरु गर्नुपर्छ । यदि पहिलो. स्टेजमै क्यान्सर रहेछ भने समयमै उपचार गराएको अवस्थामा निको हुने सम्भावना धेरै हुन्छ । तर तेस्रो चौथो स्टेजमा पुगेको क्यान्सर निको पार्न निकै मुस्किल पर्छ । सुरुको अवस्थामा क्यान्सर पत्ता लागेर उपचार गराएको अवस्थामा निको हुने दर ७० देखि ८० प्रतिशतसम्म छ । तर पछि पत्ता लागेको अवस्थामा ४० प्रतिशत मात्र निको हुने दर छ । कुनै पनि क्यान्सर पहिलो चरणमै पत्ता लगाएर उपचार गर्न सकियो भने निको हुन्छ । तर जति ढिलो हुँदै जान्छ समस्या बढ्दै जान्छ ।
बच्चामा भएको क्यान्सरको उपचार पनि प्रौढको उपचार गरे जस्तै केमोथेरापी, सर्जरी र रेडियोथेरापी विधिबाट नै गरिन्छ । तर बच्चाहरूमा दुई वर्षभन्दा बढी समय रेडियोथेरापी गरिँदैन । क्यान्सरको उपचार कति लामो समयसम्म गरिन्छ त ? भन्ने प्रश्नको उत्तर क्यान्सरको प्रकृतिमा भए पर्छ । ब्लड क्यान्सरको उपचार दुई, तीन वर्षसम्म पनि चल्न सक्छ । क्यान्सर निको भइसकेपछि पनि बेलाबेलामा फलोअपमा आइरहनु पर्छ । क्यान्सर निको भइसकेपछि जिन्दगीभर औषधि खाइरहनु पर्दैन । अरू मानिस जस्तै क्यान्सर प्रभावितले पनि नर्मल जीवन निर्वाह गर्न सक्छ । राज्यले ज्येष्ठ नागरिकको उपचारमा सहुलियत दिने गरेको छ । त्यसको तुलनामा बच्चाको उपचारमा सहुलियत कम छ । बच्चाको उपचारमा पनि राज्यले लगानी बढाउनु आवश्यक छ । वयस्कहरूमा बढीजसो क्यान्सर देखिनुको कारण सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, वातावरणीय प्रभाव, विषादीयुक्त खानपान आदिका कारण हुन्छ भने बच्चाहरूले यी केही काम नै नगरी उनीहरू क्यान्सरबाट पीडित हुने गरेका छन् । बच्चामा क्यान्सर भएकोमा उसको दोष हुँदैन । बच्चाले केही गरेको हुँदैन । ठूलाले गरेको दोष बच्चाले बेहोर्नु हँुदैन । त्यसैले बच्चाको क्यान्सर उपचारमा राज्यले लगानी बढाउनु पर्छ । उनीहरूको बाँच्न पाउने र उपचार पाउने अधिकारको ग्यारेंन्टी राज्यले गर्नुपर्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेह भएमा के के समस्या देखिन्छन् ?
Next article ईशानमा जेठभित्रै टेस्टट्युव बेबी सेवा सुरु गर्छौ : डा.सुवाल

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz