हेल्थ टुडे,
काठमाडौं, २२ बैसाख : ईशान बाल तथा महिला अस्पतालले एक महिनाभित्रै टेस्टट्युब बेबी सेवा सुरु गर्ने भएको छ । ईशान बाल तथा महिला अस्पताललकी स्त्री तथा प्रसूति विज्ञ डा. अनुपमा सुवालका अनुुसार त्यसको पूर्ण तयारी गरिसकिएको छ । उनले भनिन, निःसन्तान दम्पतीका लागि हामीले गुणस्तरीय, सस्तो र सर्वसुलभ सेवा प्रदान गर्ने छौं । ईशानमा बालबालिका र महिलाको सम्पूर्ण उपचार उपलब्ध छ । टेस्टट्युब बेबी सेवा सुरु भएपछि हामी सम्पूर्ण सेवा उपलब्ध गराउने अस्पताल हुनेछांै । निःसन्तानका कारण अहिले पनि हजारांै दम्पती देश बाहिर गएर उपचार गर्न बाध्य छन् । डा. सुवालका अनुसार ईशानमा यो सेवा सुरु भएपछि यहाँ आउने उपभोक्ताले बाहिर जानु पर्ने अवस्थाको अन्त्य हुनेछ ।
ईशानमा जेठभित्रै टेस्टट्युव बेबी सेवा सुरु गर्छौ : डा.सुवाल

Subscribe
Login
0 Comments