• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

के तपाईंलाई पनि गर्दनको समस्या छ ? यस्ता छन् कारण र निदानका उपाय

May 6th, 2022 समाचार, स्वास्थ्य विशेष, स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के तपाईंलाई पनि गर्दनको समस्या छ ? यस्ता छन् कारण र निदानका उपाय

हेल्थटुडे, २३ बैशाखः गर्दनको भागको सातवटा मेरुदण्डका हाडहरूमध्ये एक वा बढी हाडको भाग खिइएमा त्यसलाई सर्भाइकल स्पोन्डिलोसिस भनिन्छ । आजभोलि गर्दनको समस्याका कारण अस्पताल धाउने धेरै छन् । यस्ता समस्या हुँदा देखिने लक्षण र बच्ने उपायबारे तल लेखिएको छ ।
यो समस्या हुँदा निम्न लक्षणहरू देखा पर्छन् ।
१‍.गर्दनमा दुखाइ उत्पन्न हुनु । गर्दनको हाडभित्र र घाँटीको साइडको नसा गर्दन वरिपरिको मांसपेशी नसा दुख्ने, तन्किएको जस्तो हुने अररो हुने हुन्छ ।
२.टाउको यताउती गर्न, टाउको मोड्न वा चलाउन गाह्रो हुन्छ । यस्तो बेला दुखेजस्तो हुने गर्दनै अड्केजस्तो हुने र गर्दनभित्र सियोले घोचेजस्तो चस्किने हुन्छ ।
३. दुखाइ पिठ्यू सम्म पनि हुन्छन् । पाता÷पिठ्यूमा पोल्ने, झम्झमाउने हुन्छ ।
४. गर्धन, काँधको वरिपरि, गर्दनको जोर्नीदेखि हत्केला एवं हातको औंलाको टुप्पोसम्म पोल्ने÷चस्किने÷घोच्ने÷झम्झमाउने र झड्का परेजस्तो हुन्छ ।
५. कुनै सामान टिप्न गाह्रो हुने, कलम समाउँदा समाउँदै फुत्किन खोज्ने, हातको बल हराउने हुन्छ । हात उठाउन, पछाडि लानसमेत गाह्रो हुन्छ ।
६. रिंगटा लाग्ने, टाउको भारी हुने, बसिराख्न टाउको उठाउन पनि कठिनाइ उत्पन्न हुन्छ । कतिपय व्यक्तिलाई त टाउको दुख्ने र सहनै नसक्ने गरी चक्कर लाग्छ । मस्तिष्कमा रक्तसञ्चार गर्ने रक्तनलीमा दबाब परेमा यस्तो बढी हुन्छ ।
७. गर्दनको हाड बढी खिइएमा त्यसको असर पूरा ढाड र खुट्टासम्म पनि पुग्न जान्छ ।

गर्दनको हाड खिइने कारणहरू
१.अग्लो सिरानी राख्नु ।

२. टी.भी. हेर्दा, सुत्दा, साइडमा ढल्केर कुहिना टेकेर हातको माथि गर्दन÷टाउको अड्याएर धेरैबेर गर्दनमा बोझ पारेर सुत्नु ।
३. बढी निहुरेर लगातार कार्य गरिरहनु । गर्दनमा अनावश्यक बोझ पार्नु ।
४.हाड बलियो पार्ने पोषक र रक्षक तत्वको शरीरमा कमी हुनु ।
५. चोटपटक, दुर्घटना, संक्रमण, हर्मोनको गडबडी आदिको असर गर्दनमा पर्नु ।

निदानका उपायहरू
१.गर्दनको एक्स रे
२.सीटी स्क्यान वा एमआरआई पनि समस्याको गम्भीरता पत्ता लगाउन प्रयोग गर्न सकिन्छ ।
३.चिकित्सकीय जाँच पनि अत्यावश्यक छ ।
४. रोग र लक्षणहरूको अवस्था वा फरक रोगले गर्दा भएको हो कि भनी जान्न चिकित्सकद्वारा अन्य निर्धारित टेस्टहरू गर्नुपर्ने हुन्छ ।

उपचार एवं सतर्कता
१. बिरामीले उपयुक्त कारणहरूलाई पुनः आफूले दोहो¥याउनु हुँदैन । जस्तैः अग्लो सिरानी नराख्ने, बढी गर्दन झुकाएर काम नगर्ने, ढाड सोझो राख्ने, गर्दनमा अनावश्यक बल नपार्नेजस्ता नियमहरू पालना गर्नुपर्छ ।
२. चिकित्सकलाई जँचाइहाल्नु पर्दछ ता कि कुन अवस्थाको समस्या हो र के के उपचार विधिहरू अपनाउन सकिन्छ भनी स्पष्ट किटान गर्न सकियोस् ।
३. बढी दुखेको अवस्थामा गर्दनमा तातोले सामान्य रूपले सेक्ने, विद्युतीय तापको प्रयोग गरेर सेक्ने अनि पूर्ण रूपले आराम गर्नेगर्नु पर्छ ।
४. सर्भाइकल कल प्रयोग गरी गर्दनलाई अड्याउने गर्नु पर्छ ।
५. रोगीको अवस्था अनुसार चिकित्सकद्वारा निर्धारित गर्दन र टाउकोका प्रत्यक्ष एवं अप्रत्यक्ष व्यायामहरू गराउनुपर्छ तर अति सावधानीपूर्वक गर्नु, गराउनु आवश्यक छ । सुरुमा चिकित्सककै अघि व्यायामको अभ्यास गर्नु ठीक हुन्छ ।
६. व्यायाम गर्न नहुने अवस्थामा चिकित्सकद्वारा निर्धारण गरिएका ट्र्याक्सन, सेक्ने विधि आदिको प्रयोग गर्न सकिन्छ ।
७. टी.भी. हेरेको भरमा जथाभावी योगासन गर्नु हानिकारक हुन सक्छ वा राम्ररी बुझेरमात्र गर्नु पर्छ ।
८. चिकित्सकको प्रत्यक्ष निर्देशन अनुरूप विभिन्न प्राकृतिक उपचार विधिहरू जस्तैः नेकप्याक, मडप्याक, स्पाइनल स्प्रे, ताप, मसाज, दबाबलगायत अन्य आवश्यक चिकित्सा विधिहरूको प्रयोग गर्न सकिन्छ तर जथाभावी थिच्ने र अनावश्यक दबाब दिएर मालिस गर्नु खतरा हुन सक्छ ।
९. हात पिठ्युतिरको लक्षणहरूका निम्ति ती स्थानहरूको उपचार आवश्यक हुन्छन् ।
१०. सुरुमा केही दिन स्वयं घरमा चिकित्सा विधि अपनाउनुको सट्टा नियमित रूपले चिकित्सालयमै उपचार सेवा लिनु उचित हुन्छ ।

डा. दिपेश बज्राचार्यसँगको कुराकानीमा आधारित भएर तयार पारिएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मोटोपनले गराउँछ किड्नी फेल
Next article मधुमेह भएमा के के समस्या देखिन्छन् ?

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

एनेस्थेरिया विशेषज्ञको अभाव

एनेस्थेरिया विशेषज्ञको अभाव

ल्याव असिस्टेटका भरमा स्वास्थ्य प्रयोगशाला

ल्याव असिस्टेटका भरमा स्वास्थ्य प्रयोगशाला

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz