• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 9th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
उपचार बिधी

रुघाखोकीमा औषधिको प्रयोग कति ठीक ?

May 8th, 2022 उपचार बिधी, समाचार, स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रुघाखोकीमा औषधिको प्रयोग कति ठीक ?

काठमाडाै, २५ बैसाखः

रुघाखोकीमा रासायनिक औषधिहरूको प्रयोग गर्नु हानिकारक पनि हुन सक्दछ । रुघाखोकीका लागि प्रयोग भइरहेका अधिकांश औषधिमा हानिकारक प्रयुक्त फिनायल प्रोपेनोलामिन (पीपीए) रसायनले मस्तिस्कमा रक्तस्राव गराउँछ ।
मुलुकमा करिब २० कम्पनीका विभिन्न ब्रान्डका पीपीएयुक्त औषधिहरू भित्रिन्छन् । यसअघि पोखरास्थित मणिपाल शिक्षण अस्पतालले यस्ता औषधि रिफर गर्न रोक लगाएको थियो ।
यसले मस्तिष्कमा स्वतन्त्र रक्त सञ्चार अवरोध गरी रक्तस्राव गराउन सक्छ र एकपल्टमात्र औषधि प्रयोग गर्दा पनि पक्षघात हुनसक्छ । डिकोल्ड, एक्टिफेड, कोल्डरिन, टुसप्रेस, टिक्सिलेक्सलगायत सयभन्दा बढी चक्की र झोल औषधिमा पीपीए मिसाइन्छ । सहजै पाइने त्यस्ता औषधि एलर्जी र शरीरको तौल घटाउन पनि प्रयोग हुन्छ । त्यस्ता औषधि प्रायः बिरामीले चिकित्सकको सल्लाहबिना नै किन्ने गर्दछन् ।
रुघा ठीक नभएमा के उपचार गर्ने ?
यदि रुघा लागेको एक, दुई हप्तामा ठीक नभएमा, लामो समयसम्म रुघा लागिरहेमा, रुघा लाग्दा छालामा कुनै दाग, खटिरा चिलाउने डाबर आदि आएमा, छाती घ्यारघ्यार भई खोकी लागेमा, पिसाब खराब भएमा, रातिमात्र ज्वरो आएमा, लगातार ज्वरो आउने भएमा लगायत अन्य लक्षणहरू उत्पन्न भएमा त्यो रुघामात्र नभै अरू समस्या पनि हुन सक्छ ।
रुघाको साथमा आइपर्ने कतिपय लक्षण सामान्य हुन सक्छन् र कतिपय अति घातक र शीघ्ररूपले हानि पु¥याउने पनि हुन्छन्, जुन रुघाबाहेक अरू रोगको लक्षणका रूपमा आउँछन, जस्तैः रुघाको लक्षण उत्पन्न गर्ने कतिपय संक्रामक महामारीहरू बेलाबेलामा फैलिएर रुघा लागेकै भरमा मानिसको तुरुन्तै मृत्यु भएको पनि हामीले हाम्रै देश नेपालका विकट जिल्लाहरूको समाचार सुनेका छौं । त्यसैले सामान्य नियमहरू पालना गर्दा रुघामा आराम नभएमा र लक्षणहरूछिटो र बढी च्याप्ने खालका भएमा बिरामीले तुरुन्त चिकित्सकलाई देखाई सल्लाह लिइहाल्नुपर्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेह भएमा के के समस्या देखिन्छन् ?
Next article गर्भपतन पछि देखिने जटिलता

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

एनेस्थेरिया विशेषज्ञको अभाव

एनेस्थेरिया विशेषज्ञको अभाव

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

सानोतिनो रोगमा कडा एन्टिवायोटिक

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Feb 7th 3:21 PM
समाचार

चिकित्सक संघमा डा.कार्की नेतृत्वको लोकतान्त्रिक प्यानल बिजयी

Feb 7th 1:36 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट डा. उप्रेतीको राजीनामा

Feb 5th 12:11 PM
समाचार

पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1854
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

12
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz