• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 28th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔं

May 31st, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔं

हेल्थ टुडे,

आज  विश्व सुर्तीजन्य पदार्थ रहित दिवस । हरेक वर्ष विश्व सुर्तीजन्य पदार्थ रहित दिवस, ३१ मे का दिन मनाइने गरिन्छ । यस वर्षको विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको नेपाली नारा सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔं रहेको छ । यस वर्षको नाराले सुर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा मात्र नभई वातावरणमा पनि गम्भीर असर पार्दछ भन्ने विषयलाई प्रकाश पारेको छ ।
विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाख सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गर्दछ । नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसहरुको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने रोगहरुः क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ ।
सुर्तीजन्य पदार्थले प्रत्यक्ष रुपमा मानिसको स्वास्थ्यमा असर त गर्छ नै यसका साथै यसले वातावरणमा पनि गम्भीर असर गर्दछ । सुर्तीजन्य पदार्थको खेती र उत्पादन गर्ने क्रममा, प्रयोग सेवन गर्दा र प्रयोग पश्चातका फोहोरले पानीका स्रोत, माटो, वायु र शहर नै प्रदुषित भइरहेको अवस्था छ ।
विश्वमा हरेक वर्ष ३५ लाख हेक्टर जमिन सुर्ती खेतीका लागि नष्ट गरिन्छ । सुर्ती खेतीका कारण वन फँडानी हुने र माटोको उपादकत्वमा समेत ह्रास आउँदछ । सुर्तीजन्य पदार्थको उत्पादनका क्रममा निस्कने विभिन्न विषाक्त ग्यासहरुका कारण जलवायु परिवर्तन पनि भईरहेको छ । त्यसैले यी सबै कुराहरुलाई मध्यनजर गरेर सुर्तीजन्य पदार्थको उत्पादन र सेवन दुबै कुरालाई निरुत्साहित गर्नु अति नै आवश्यक छ ।
विश्वमा उत्पादन गरिने सुर्तीजन्य पदार्थमध्ये ९० प्रतिशत विकोसोन्मुख देशमा उत्पादन गरिन्छ । न्युन तथा मध्यम वर्गीय देशहरुका किसान तथा सरकारले सुर्तीजन्य पदार्थ उत्पादनलाई राम्रो आय स्रोतको रुपमा लिएको देखिन्छ तर उनीहरुले भविष्यमा यसले निम्त्याउने गम्भीर समस्या जस्तैः खाद्य असुरक्षा, रोग, गरिबी र वातावरणीय असरबारे भने सचेत नभएको देखिन्छ । यही कुरालाई प्रकाश पार्न र यसलाई अभियानको रुपमा लगी सचेतना फैलाउन यस वर्षको नारा वातावरणीय प्रभावमा केन्द्रित रही तय गरिएको हो ।
सुर्तीजन्य पदार्थको असरहरुलाई न्युनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानून र निर्देशिका पारित भई लागु भइसकेको छ । आम जनताको सु–स्वास्थ्य सुनिश्चित गर्न, सुर्तीजन्य पदार्थको नयाँ सेवनकर्ताहरुको दरमा कमी ल्याउन र अमलीहरुलाई लतबाट छुटाउन विभिन्न अभियान र कार्यक्रमहरू समेत भैरहेका छन् । तर सुर्ती उद्योगहरुको हस्तक्षेप र उनीहरुको रणनीतिले चुनौतीहरु भने यथावत नै रहेको अवस्था छ । हाल प्रचलित ई–सिग्रेट, सिसा, हुक्का लगायतका सुर्तीजन्य पदार्थका आधुनिक र परिस्कृत रुपलाई समेट्ने गरि वृहत तरिकाले कार्यक्रमहरु संचालन गर्न समेत आवश्यक देखिन्छ ।
सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभई सम्पुर्ण वातावरणमा नै असर गर्ने भएकोले यसलाई त्याग्नु वा सेवन नगर्नु नै सबैभन्दा उत्तम उपाय हो । त्यसैले सुर्तीजन्य पदार्थको खेती, उत्पादन, सेवनका कारण निम्त्याउने वातावरणीय प्रभावलाई न्युनीकरण गर्न सुर्तीजन्य पदार्थ रहित दिवसलाई वर्षैभरि अभियानको रुपमा संचालन गर्नु पर्दछ । यसमा प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी संस्था, राजनितिक नेतृत्व, नागरिक समाज, पत्रकार लगायत सम्पूर्ण सरोकारवाला तथा आम नागरिकहरुको भूमिका महत्वपुर्ण रहन्छ ।
(विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र टेकुले तयार पारेको आलेख)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मनाङमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको मृर्गौला स्वास्थ्य शिविर सम्पन्न
Next article प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने प्रस्ताव लामो समयदेखिको सपना : डा पुकारचन्द्र श्रेष्ठ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

Jan 19th 2:06 PM
समाचार

कर्णालीमा अस्पताल छ, डाक्टर र औषधि छैन

Jan 19th 1:47 AM
समाचार

चिकित्सक संघको चुनावमा लोकतान्त्रिक समूहको पल्ला भारी

Jan 17th 4:24 PM
समाचार

डा.रुइतले पाए १३ करोड रासीको इसा अवार्ड, नेपालीले पाएको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय अवार्ड

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1843
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

11
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

12
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

12
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz