हेल्थ टुडे,
काठमाडौं,२८ जेठ : मेडिकल ल्याबोरेटरी एशोसिएसन अफ नेपाल (मेलान) ले काठमाडौंको बूढानीलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
आफ्नो स्थापनाको अवसरमा पवित्र समाज सेवा नेपालमा आश्रय लिएर बसेका जेष्ठ नागरिक तथा बालबालिकाहरुको निःशुल्क स्वास्थ्य स्वास्थ्य जाँच गरिएको मेलानका महासचिव रेशम अधिकारीले जानकारी दिए । ३५ जना बालबालिका र ३० जना जेष्ठ नागरिकको स्वास्थ्य जाँच गरिएको उनले बताए ।
बालरोग विशेषज्ञ डा. प्रगति भण्डारी घिमिरे, जनरल फिजिसियन डा. शुशील बोहरा र डा. सौरभ शिविरमा सहभागीहरुको स्वास्थ्य जाँच गरेका थिए । सो अवसरमा निःशुल्क औषधि वितरण, प्रयोगशाला जाँच समेत गरिएको उनले बताए ।