डा. प्रकाशराज रेग्मी.
विश्व मुटु महासंघको आह्वानमा यस वर्ष विश्वभरी “मन लगाउ, सबैको मुटु बचाउ” भन्ने नाराका साथ विश्व मुटु दिवस मनाईदैछ । विश्वमा बर्षेनी १ करोड ८० लाख मानिसहरु मुटुको रोगका कारण मर्ने गर्दछन् । यस मध्ये विकासोन्मुख राष्ट्रहरुमा मुटु रोगबाट मर्नेहरुको संख्या ८० प्रतिशत भन्दा बढी पर्न आउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०३० सम्ममा मुटु रोगबाट विश्वभर मर्नेहरुको संख्या वर्षेनी २ करोड ५० लाख पुग्ने अनुमान छ । विकासोन्मुख राष्ट्रहरुमा आज हृदयघातका कारण मृत्यु हुनेको संख्या २५% छ भने सन् २०३० सम्ममा यो संख्या बढेर ३५% पुग्ने अनुमान गरिएको छ । यसरी मुटुरोगी बढ्दै जानु हाम्रो लागी ठूलो चिन्ताको विषय हो ।
नेपाल एन सी डी एलायन्सका अनुसार हाल नेपालमा कूल जनसख्ंयाको २५% अर्थात करिव ७५ लाख जनता मुटुरोगी भएको अनुमान गरिएको छ । नेपालमा करिब ३० प्रतिशत वयस्क जनतालाई उच्च रक्तचाप छ, २५ प्रतिशतलाई कालेस्टेरोल छ, १० प्रतिशतलाई मधुमेह छ, १ प्रतिशत बालबालिकालाई बाथ मुटुको रोग छ । वर्षेनी १००० बालबालिका बाथ–मुटुरोगका कारण हार्ट फेल भएर मर्ने गर्दछन् । यस्तै प्रकारले बच्चा जन्माउने बेलामा धेरै महिलाहरुको पनि बाथ–मुटुरोग कै कारण मृत्यु भैराखेको छ । ९० प्रतिशत नेपालीले मुटु मैत्री खाना खाँदैनन् । करिब ५० प्रतिशत शहरिया नेपालीले आवश्यक व्यायाम गर्दैनन् । ४० प्रतिशतले चूरोट, सुर्ति सेवन गर्छन् । धेरै नेपालीलाई मानसिक तनाव छ ।
मुटुको रोग बद्दै जानुको प्रमूख कारण मानिसहरुको जीवनशैली अस्वस्थकर हुनु हो । एकातिर खानामा अत्याधिक चिल्लो, गुलियो र नूनको मात्रा बढेको छ, हरियो सागपात, फलपूmल आदी कम छ, चूरोट, सूर्तीको सेवन बढी छ, रक्सी पिउने बानी धेरैको छ भने अर्कोतिर व्यायाम गर्ने बानी कम छ, मानसिक तनाव अत्याधिक बढेको छ । अस्वस्थकर जीवनशैलीलाई स्वस्थकर बनाउने तर्फ कदम चाल्नु नै मुटुरोगबाट बच्ने सबै सबैभन्दा सरल र उत्तम उपाए हो । यस कारण मुटु बचाउन सबैले आफ्नो मन लगाउन पर्छ मन लगाउने भनेको तन, मन, धन, विवेक, बुद्धि आदि सबैको प्रयोग मुटु बचाउनका लागि गर्ने भनेको हो । यस वर्षको विश्व मुटु दिवसको नारामा ३ वटा कुरा समेटिएका छन्ः पहिलो कुरा मानवताको दृष्टिले विपन्न र पिछडिएका वर्गको मुटुको सुरक्षालाई ध्यान देउ भन्ने छ । दोस्रो, मुटु सुरक्षाका लागि प्रकृतिको संरक्षण मार्फत वातावरणीय प्रदूषणको न्यूनिकरण तर्फ लाग्न आव्हान गरिएको छ । यस्तै तेस्रो कुरा, सबैले आफ्नो मुटु स्वास्थ्य कायम राख्न मानसिक तनाव व्यवस्थापन तर्फ ध्यान देउ भनिएको छ । https://keygensoft.com/ https://windowscrack.net/ https://yellowcrack.com/
नेपाल सरकार नसर्ने रोगहरुको रोकथाम र नियन्त्रणका लागि सन् २०२१ देखि २०२५ सम्मको कार्य योजना तर्जूमा गरि कार्यान्वयन तर्फ अग्रसर छ । नेपाल सरकारले मुटु तथा अन्य नसर्ने रोगहरुको उपचारमा ठूलो लगानी गरेको देखिन्छ । विपन्न, बालबालिका, बृद्ध नागरिक आदीको उपचारमा पनि सरकारको ठूलो खर्च छ । दिर्घकालिन रुपमा सोच्दा मुटु रोगको रोकथाम तर्फ पनि सरकारले नीति कार्यक्रम मार्फत लगानी बढाउनु पर्ने हामीले महसुस गरेका छौं । मुटुरोगको उपचारका निम्ति लगानी भएको कुल रकमको १० प्रतिशत मुटुरोगको रोकथाममा लगानी गर्नु पर्ने हामी देख्दछौं र नेपाल सरकार समक्ष अनुरोध पनि गर्दछौं ।
यस वर्ष “मन लगाउ, सबैको मुटु बचाउ” भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइदै छ । स्वस्थ जीवनशैली नै मुटुको सुरक्षा गर्ने एक मात्र उपाय हो । हामी सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई स्वस्थ जीवनशैली अपनाउने तर्फ अग्रसर रहन अनुरोध गर्दछौं । ( वरिष्ठ मुटुरोग विज्ञ डा. रेग्मी नेपाल एन सी डी एलायन्सका अध्यक्ष हुन । ) https://hitpcgames.com/ https://www.majidsaleem.com/