हेल्थ टुडे,
काठमाडौँ, १८ कार्तिक : उच्च संक्रामक ओमिक्रोनको ‘एक्सबीबी’ भेरिएन्ट पुष्टि भएपछि कोरोनाको जोखिम झनै बढेको छ । काठमाडौंमा संकलित दुई वटा नमुनामा आइतबार एक्सबीबी भेरिएन्ट पाइएको हो ।स्वास्थ्य मन्त्रालयले नयाँ भेरिएन्ट देखिएकाले तिहारदेखि छठसम्म हुने भीडभाडमा विशेष सतर्कता अपनाई मास्क अनिवार्य लगाउन र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सार्वजनिक सूचना जारी गरेको छ ।
यसैबीच, विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक डा. सौम्या स्वामिनाथनले यसै साता भारतको पुणेमा आयोजित एक कार्यक्रममा एक्सबीबी भेरिएन्टले विश्वका केही भागमा कोभिडको नयाँ लहर ल्याउन सक्ने आशंका व्यक्त गरेकी थिइन् । नेपालमा हालसम्म कोभिडका कारण १२ हजार १८ जनाको मृत्यु भइसकेको छ ।