• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

हरेक अस्पतालमा आवश्यक छ , चाइल्ड फ्रेन्डली उपचार

November 5th, 2022 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हरेक अस्पतालमा आवश्यक छ , चाइल्ड फ्रेन्डली उपचार

डा. रमेशप्रताप सिंह,
काठमाडौं, कार्तिक १९ विशेषगरी ६ वर्ष उमेर पार गरेका बालबालिका बढी चकचके हुन्छन् । उनीहरू भाग्न खोज्छन् । समात्नै नसकिने हुन्छ उनीहरूलाई । एक किसिमले भन्नु पर्दा उनीहरू आमाबुवा वा अभिभावकको नियन्त्रण बाहिर हुन्छन् । यस्तो अवस्थामा बढी चकचके स्वभाव हुने भएकाले उनीहरूलाई चोटपटक लाग्ने सम्भावना बढी हुन्छ । यसका अलावा खेलकुदमा भाग लिँदा, फुटबल, भलिबल क्रिकेट खेल्दा बढी चोटपटक लाग्ने हुन्छ ।
अर्काे डरलाग्दो कुरा के छ भने आमाबुबा एकआपसमा झगडा हुँदा यसको सिकार वा कुटाइ खानेमा साना बालबालिका पर्छन् । बुबाआमाको कुटाइबाट पनि बालबालिकामा चोटपटक लाग्ने गरेका थुपै्र उदाहरण छन् ।
रुखमा चढ्दा लडेर पनि चोटपटक लाग्ने गर्छ । यसरी चोटपटक लाग्दा खुट्टामा भन्दा हातमा बढी लाग्छ । यसरी विभिन्न कारणबाट बच्चामा चोटपटक लाग्ने गर्छ । चोटपटक लागि सकेपछि उपचार गराउने वा चोटपटक नै लाग्न नदिने गरी सावधानी अपनाउने गरी हामीसँग दुईवटा विकल्प छन् । चोटपटक लाग्नबाट बचाउन यसका विषयमा व्यापक जनचेतना विस्तार गर्नु जरुरी छ । कारमा चढ्दा त सिटबेल्ट बाध्नुपर्छ भने अझ कतिपय ठाउँमा पनि नियमअनुसार काम गर्नुपर्छ । बालबालिकाका लागि खेल्नका लागि राम्रो खेल मैदान चाहिन्छ । तर विडम्बना काठमाडौंलगायत सहरीभागमा गतिला खेलमैदान छैनन् । बच्चामा लाग्ने चोटपटकको उपचार पनि गुणस्तर ढंगले हुने गरेका छन् । बच्चा र ठूलो मानिसको चोटपटकको उपचार एकैनासको हँुदैन । फरक तरिकाले गर्नुपर्छ । हड्डी चर्चिएर छिट्टै निको हुन्छ भने वयस्कको अलि ढिलो निको हुन्छ ।
बच्चालाई लागेको चोटपटकको प्लास्टर गरेरै निको पार्न सकिन्छ । ९० प्रतिशतको त अप्रेसन नै नगरी निको गर्न सकिन्छ ।
बच्चाको उपचार गर्दा चाइल्ड प्र्रmेन्डली हुनुपर्छ । डाक्टर मात्र नभएर वातावरण पनि चाइल्ड फ्रेन्डली हुुनुपर्छ । बच्चाको हड्डीमा टुटेको छ भने खुट्टा टेक्ने सक्दैन । हात छुनै दिँदैन ।
चोटपटक लागेपछि सुरुमै उपचारमा ल्याउनु पर्छ । चोटपटक लागेपछि औषधि पसलमा गएर एन्टिबायोटिक किनेर दिने तर डाक्टरकोमा नलैजाने चलन हटाउनु पर्छ । एन्टिबायोटिक निको नभएपछि मात्र बच्चालाई डाक्टरकोमा लैजाने गरिन्छ । यो राम्रो होइन । त्यसैले बच्चालाई लाग्ने चोटपटकलाई सामान्य रूपमा नलिऔं । विज्ञ चिकित्सककहाँ उपचार र परामर्श लागि लैजान ढिला गर्नु हुँदैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अझै कायमै छ कोभिडको जोखिम
Next article गर्भपतनमा देखिने जटिलता

Health Today Nepal

Related Posts

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz