डा. गीता गुरुङ,
गर्भपतनपछि अधिकांश महिलामा यौन तथा प्रजननसम्बन्धी समस्या देखिने गरेका छन् । गर्भपतन गर्नु गराउनु राम्रो होइन । बाध्यात्मक अवस्थामा अपनाउनुपर्ने उपाय मात्र हो । सुरक्षित र असुरक्षित गरी नेपालमा दुवै प्रकारबाट गर्भपतन तुलनामा सुरक्षित गर्भपतन स्वास्थ्यको हिसाबले भरपर्दाे मान्न सकिन्छ । तर यसले पनि महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा समस्या पैदा गर्छ ।
औजार प्रयोग गरी सर्जिकल र औषधि सेवन गरेर (मेडिकल) दुई किसिमबाट गर्भपतन गराउने सकिन्छ । नेपालमा सरकारले दुवै विधिबाट गर्भपतन गर्न गराउन पाइन्छ । तर एउटा कुरा के बिर्सन हुँदैन भने सरकारले मान्यता दिएका स्वास्थ्य केन्द्रमा मात्र सुरक्षित गर्भपतन गराउनु पर्छ । जहाँ विज्ञहरूको सल्लाह र संलग्नतामा गर्भपतन गरिन्छ ।
सुरक्षित गर्भपतन गराइसकेपछि पनि भिन्न जटिलता आउँछन् । जटिलता कस्तो किसिमको आउँछ भने कुरा गर्भपतन कहाँ र कसरी गरिएको छ भन्ने कुरामा भर पर्छ । औषधि सेवनमार्फत गरिएको गर्भपतन तुलनात्मक बढी स्वास्थ्य जटिलता देखिने गरिएको छ । किनकि विज्ञ चिकित्सकको परामर्श र रेखदेखबिना गरिने गर्भपतन भरपर्दाे हुँदैन ।
अहिले अधिकांश महिला गर्भपतन गराउनु पर्दा औषधि पसल गएर ओभर द काउन्टर औषधि किनेर खाने गर्छन् । बिना चिकित्सकको सल्लाह र रेखदेख यसरी औषधि सेवन गर्दा गर्भपतन पूर्ण रूपले सफा हुँदैन । यसले लामो समयसम्म रगत बगिरहने अवस्था आउने गरेको छ ।
लामो समयमा रगत बगिरहेपछि मात्र चिकित्सककहाँ आउने गरेका छन् । औषधि सेवनपछि पनि पूरा सफा नभएपछि वा रगत बग्न नरोकिएपछि मात्र डाक्टरकोमा आउनेको संख्या अत्यधिक छ । लामो समयसम्म रगत बग्दा इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ । यौन तथा प्रजनन अंगमा भएको इन्फेक्सन विस्तारै शरीरका अन्य भागमा पनि फैलिन सक्छ ।
लामो समयसम्म जटिलता भइरहे पाठेघरको नली बन्द हुन्छ । नली बन्द भएपछि बच्चा जन्मन समस्या आउँछ । धेरैजसो महिला गर्भपतन गराएपछि बच्चा बसेन भनेर आउँछन् । हो यो समयमा पनि आउँछ । केही केहीको लामो समयसम्म तल्लो पेट दुख्ने समस्या रहिरहन्छ । पेटमा रगत जमेर पनि समस्या आउँछ ।
यसरी हेर्दा सकेसम गर्भपतन नगर्नु नै राम्रो हो । तर गर्नै र्ने बाध्यता आइलाग्दो विज्ञ चिकित्सकको सल्लाह र प्रत्यक्ष रेखदेखमा मात्र गर्नुपर्छ ।
कति महिनाको गर्भ हो भन्ने कुरा चिकित्सकले मात्र पत्ता लगाउन् र त्यसैअनुसार उपचार विधि अपलाउन सकिन्छ । औषधि पसलमा औषधि किनेर खाँदा वा प्रिग्नेन्सी किटको माध्यमबाट गर्भको समय पत्ता लगाउँदा सही पत्ता लगाउन सकिँदैन । यसरी अन्दाजमा औषधि खाँदा समस्या पैदा हुन्छ । ९ हप्तासम्मको गर्भको मात्र औषधि सेवन गरेर गर्भपतन गराउन सकिन्छ । तर योभन्दा बढी समयको गर्भपतन पनि चिकित्सको सल्लाह बिनै गर्ने गर्ने गरिएको छ ।
यो राम्रो होइन । सावधानी अपनाउन सकिएन नभै गर्भपतन दुःख दिन्छ । जीवनभरि महिलामा हुने प्रमुख स्वास्थ्य समस्याहरूमध्ये यौन तथा प्रजनन समस्या हुन् । बच्चा जन्माउने काम महिलाले मात्र गर्छन् । यो प्राकृतिक नियमलाई आत्मसात् गर्दै स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ । महिलाको यौन तथा प्रजनन स्वास्थ्य समस्या समाधान गर्न पुरुषको पनि महिलालाई सक्दो सहयोग गर्नुपर्छ । किनकि महिलाको स्वास्थ्य सही भएन भने पुरुष र परिवारमा सुख शान्ति प्राप्त हुँदैन ।
घरपरिवारको खानपान, रेखदेख र पालनपोषणमा महिलाको ठूलो भूमिका हुन्छ । परिवारको जिम्मेवारी महिलाको काँधमा हुन्छ । त्यसैले महिलाको काँध बलियो बनाउने महिलाको स्वास्थ्य बलियो हुनुपर्छ ।
गर्भपतनमा देखिने जटिलता

Subscribe
Login
0 Comments