रश्मि वजिमय श्रेष्ठ,
खानाले मानिसहरुलाई बा“च्न चाहिने शक्ती प्रदान गर्ने, शारिरीक तथा मानसिक बिकास र बृद्धि गर्ने, साथै शरीरलाई रोगबाट बचाउने काम गर्छ ।
खाना कसले कति खाने कसरी खाने भन्ने कुराहरु उसको उमेर, लि¨, शारीरिक तौल, दिन भरी गरिने शारीरिक परिश्रममा निर्भर हुन्छ । कसैलाई यदि कुनै रोग लागेको छ भने सो रोगका प्रकृती अनुसार खाना मिलाएर खानु पर्ने हुन्छ ।
मिर्गौलाको रोग लागेको व्यक्तिहरुले खानामा विषेश ध्यान पु–याउनु पर्छ । यस रोगमा खाद्य विषेशज्ञको सल्लह लिएर खानाको व्यवस्थापन गर्नु पर्दछ । खाद्य विषेशज्ञले बिरामीको रोगको प्रकार र रोगको तह अनुसार सबै प्रकारको पौष्टिक पदार्थहरु तथा पानीको अनुपात मिलाएर सो व्यक्तिलाई उपयुक्त हुने गरी सन्तुलित खाना मिलाइ दिन्छ ।
मिर्गौलाको विरामीहरुको एउटा मुख्य समस्या रोगले गर्दा मुखको स्वाद बिग्रन गई उनीहरुलाई खानाको स्वाद नमिठो हुन्छ । फेरि हाम्रो समाजमा विरामीलाई खानामा धेरै परहेज गराइएको हुन्छ । जस्तो कि चिल्लो पटक्कै खाना नदिने, जाउलो मात्र खान दिने आदि । झन, मिर्गौलाको विरामी भन्ने बित्तिकै विरामीलाई माछा, मासु, गेडागुडी बन्द गराइएको पाइन्छ । यसले गर्दा विरामीलाई आवश्यक पोषण नपुगेर झन् झन् कमजोर हु“दै जान्छ र नराम्रोरी कुपोषणको सिकार हुनपुग्छ । त्यसैले मिर्गौलाको विरामीहरुको खानाको व्यवस्थापन गर्न विरामी तथा विरामीका परिवारहरुलाई पनि खाद्य विषेशज्ञको चेतना मुलक विषेश परामर्शको आवश्यकता पर्दछ ।
मिर्गौलाका विरामीको खानेकुराहरु मिलाउनुको उद्देश्यहरु निम्न लिखित् छन्ः
रामीहरुलाई आवश्यक पर्ने शक्ति प्रयाप्त मात्रामा उपलब्ध गराउनु, उचाई अनुसारको शारीरिक वजन अर्थात वान्छनिय वजन कायम गर्नु , शरिरमा उत्पादन हुने विषाक्त पदार्थहरु ९गचभब, अचभबतष्लष्लभ० जस्ता पदार्थहरुको उत्पादनलाई न्यूनीकरण गर्नु, रोगले गर्दा शरिरमा हुने खानिज पदार्थहरुको ९कयमष्गm, उयतबककष्गm, उजयकउजयचगक ० असन्तुलनलाई नियन्त्रण गर्नु ,उच्च रक्तचापलाई नियन्त्रणमा राख्नु, शरिरमा पानीको मात्रालाई नियन्त्रण गर्नु , यदि विरामी डाइलसिसमा छ भने दुइवटा डाइलसिसको बिचको समयमा कुनै किसिमको समस्याहरु (शरिरमा पानीको मात्रा बढि भएर सास फर्न गाह्रो हुने, रगतमा पोटासियमको मात्रा बढ्ने आदी ) आउन नदिनु
विरामीहरुको लागी पनि स्वस्थ्य व्यक्तिहरुलाई जस्तै चाहिने सबै पौष्टिक तत्वहरुको आवश्यकता पदर्छ । ति हुन काब्र्राेहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिनहरु र खनिज पदार्थहरु ।
कार्बोहाइड्रेट ः हामीलाई चाहिने शक्तिको मुख्य श्रोत काब्र्रोहाइड्रेट हो । कार्बोहाइड्रेट बिशेष गरेर अन्न समुहका खानेकुराहरुबाट पाइन्छ, जस्तै मकै, कोदो, चामल, गहुं, फापर, कागुनो, जौ आदी । मिर्गौलाका विरामी तथा मिर्गौला फेरी सकेका विरामीहरुको खानामा सामान्य व्यक्तिहरु सरह नै कार्बोहाइड्रेट युक्त खानेकुराहरुको मात्रा मिलाएर खानु पर्दछ ।
प्रोटिन ः मिर्गौलाका विरामीहरुलाई पनि सबैलाई जस्तै प्रोटिनको अत्यन्त आवश्यकता पर्दछ । मिर्गौलाका विरामीहरुलाई उनीहरुको रोगको अवस्था तथा शरिरको तौल हेरी सामान्य व्यक्तिहरुलाई भन्दा कम वा बढि प्रोटिन चाहिने हुन्छ ।
प्रोटिन दुई किसिमबाट प्राप्त गर्न सकिन्छ जनावरबाट र वनस्पतिबाट । जनावरबाट पाइनेमा माछा, मासु, दुध, दही, अण्डा तथा दुधबाट बनेका परिकारहरु पर्दछ । वनस्पतिबाट पाइनेमा दाल गेडागुडीहरु पर्दछ । मिर्गौलाका विरामीहरुलाई जनावरबाट प्राप्त हुने प्रोटिन अर्थात अण्डा, माछा, मासु, दुध, दही राम्रो हुन्छ ।
चिल्लो पदार्थ : चिल्लो पदार्थहरुले हामीलाई अतिरीक्त शक्ति दिनुका साथै विभिन्न भिटामिनहरुलाई सोस्न मद्दत गर्दछ । चिल्लो पदार्थका श्रोतहरु तेल, ध्यू, नैनी, बिभिन्न किसिमका बदामहरु जस्तै काजु, ओखर, बदामहरु, तिल, आलस आदि हुन् । चिल्लो पदार्थहरु खा“दा सकेसम्म कोठाको तापक्रममा नजम्ने खालको चिल्लो खानुपर्दछ । चिल्लो पदार्थलाई धेरै तताएर अथवा खराएर खानु हदैन । मिर्गौलाका विरामीहरुले पनि चिल्लो पदार्थ कम्तिमा पनि दैनिक १५ ग्राम खानु पर्दछ । तर डायलाइसिस गरिरहेका विरामीहरुले काजु, ओखर, बदामहरु, तिल, आलस आदि पोटासियम धेरै हुने चिल्लो पदार्थ खानु हुंदैन ।
भिटामिन तथा खनिज पदार्थ : भिटामिन तथा खनिज पदार्थहरु मुख्य श्रोतहरु फलफुलहरु, हरियो सागपात तथा तरकारीहरु हुन । डाइलसिस गरिरहेका मिर्गौलाका विरामीहरुले तथा मिर्गौलाको रोग पा“चौ चरणमा पुगिरकेका ९ऋप्म् ख्० विरामीहरुले पोटासियम भएका खानेकुराहरु खा“दा विषेश ध्यान दिनु पर्ने हुन्छ ।
फलफुल, सागपात तथा तरकारीहरुमा पोटासियमको मात्रा धेरै हुन्छ । यी खानाहरु खाद्य विषेशज्ञको परामर्श अनुशार मात्रा मिलाइ विषेश प्रकारले पकाएर खानु पर्दछ ।
हामीले खाने हरेक खानेकुराहरुमा फोसफोरस हुन्छ । यो एकदम महत्वपूर्ण खनिज पदार्थ हो । अझ धेरै मात्रामा फोसफोरस पाइने भनेको दाल, गेडागुडी, माछा, मासुको हड्डी, दुध, दही आदी हुन् । त्यसैले मिर्गौलाका विरामीहरुले माछा, मासु ख“ादा हड्डी चपाउनु हुदैन । त्यस्तै गरेर दुधलाई सुक्ने गरेर धेरै बेर उमाल्नु हु“दैन ।
मिर्गौलाको बिरामीहरुले शरिरमा बढि भएको फोसफोरस फाल्न सक्दैन । त्यसैले उनीहरुको रगतमा फोसफोरसको मात्रा बढी भई शरिर चिलाउने छाला फुस्रो हुने हुन्छ । यस्तो लक्षणहरु देखिएमा चिकित्सकको परामर्श अनुशार औषधी सेवन गरी शरिरमा फोसफोरसको मात्रालाई नियन्त्रण गर्नु पर्छ ।
मिर्गौला विरामीको खाना कस्तो हुनु पर्छ ?

Subscribe
Login
0 Comments