• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 31st, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चीन शून्य कोभिड नीतिमा लचक बन्दै

December 10th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चीन शून्य कोभिड नीतिमा लचक बन्दै

एजेन्सी,
बेइजिङ, २४ मंसिर ” कोभिड महामारीविरुद्ध शून्य नीति अपनाइरहेको चीनले सावधानीका विकल्पसहित लचकता अपनाउन थालेको छ।
केही दिनदेखि राजधानी बेइजिङका बजार, सुपरमार्केट तथा रेस्टुरेन्टहरूमा बिना ‘हेल्थ कोड’वा केही दिनको अन्तरालमा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ । कतिपय कार्यालय वा निकायहरूले खुलापनको नीतिलाई क्रमशः लागू गर्दै जाने बताएका छन्।
डिसेम्बर ८ तारिखमा बेइजिङमा आयोजित एउटा पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय स्वास्थ्य आयोग अन्तर्गत महामारी व्यवस्थापन कार्य टोलीका प्रमुख विशेषज्ञ लियाङ वान नियानले महामारी रोकथाम तथा नियन्त्रणका प्रभावकारी १० बुँदे उपाय जारी गरेका थिए।
निर्देशिकामा अब उप्रान्त कहीँ कतै संक्रमित देखिएमा सम्बन्धित क्षेत्रलाई मात्र अलग्याउने, पीसीआर परीक्षणको नतीजा शीघ्र तथा गुणस्तरीय बनाउने, संक्रमितलाई आइसोलेसन वा उपचारको तरीका तुलनात्मक खुकुलो पार्न घरमै आइसोलेन र उपचार गराउने, उच्च संक्रमित क्षेत्र भेटिएमा तत्कालै परीक्षण, सम्बन्धित क्षेत्रमा कीटाणुशोधन र तत्काल उक्त क्षेत्रलाई भाइरस मुक्त पार्ने विधि अपनाउने रहेको छ। यस्तै बाँकी रहेका वृद्धवृद्धाका लागि कोरोना भ्याक्सिन कार्यलाई टुंग्याउने, सम्बन्धित कार्यालयहरू वा संस्थाहरूले आफ्ना कर्मचारीहरूको संक्रमण वा स्वास्थ्य अवस्थाबारे अद्यावधिक गर्नुपर्ने, गर्भवती, सुत्केरी, वृद्धवृद्धा वा फरक क्षमता भएका नागरिकका लागि विशेष होसियारी लगायत जिम्मेवार निकायले गर्नुपर्ने कामहरूलाई चुस्त पार्नुपर्ने नीति लिएर चीनले महामारी प्रतिरोधप्रति नरम रवैया अख्तियार गर्न लागेको हो।

पत्रकार सम्मेलनमा प्रमुख विशेषज्ञ लियाङले महामारी प्रतिरोधको ३ वर्षमा चीनले निकै दक्षता हासिल गरिसकेको दाबी गरे। ‘विभिन्न क्षेत्रमा महामारी व्यवस्थापन गर्ने क्षमता र स्तर उकासिएको छ,’उनले भने, ‘महामारी नियन्त्रणको चिनियाँ शैलीले विश्वको मन जितेको छ।’
महामारी विरुद्धको लामो लडाइँले लाखौंको मृत्यु तथा संक्रमणलाई रोक्न सफल भएकोले देश विदेशबाट चीनको प्रशंसा गरिएको उनको ठहर थियो। जारी गरिएको महामारी रोकथामका उपायको अर्थ निरन्तर सुधार, रोकथाम तथा नियन्त्रणलाई अझै सटिक र प्रभावकारी बनाउनका लागि भएको बताउँदै उनले आर्थिक तथा सामाजिक विकासका साथ महामारी रोकथाम सन्तुलित गर्नु आवश्यक बनेको पनि सुनाए।

कतिपय सुपरमार्केटहरू, होटल रेस्टुरेन्ट, सब–वे वा अन्य सार्वजनिक स्थलहरूमा यसअघि लागू महामारी प्रतिरोधी प्रावधानहरू हटेपछि बेइजिङमा पनि खुकुलोपनको आभाष हुन थालेको छ। यसैगरी चीनले अन्तर्राष्ट्रिय समुदायसँगका आदानप्रदान तुलनात्मक सहज बनाउँदै लैजाने अपेक्षा गरिएको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब हेटौडा अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण हुने
Next article आयुर्वेदमा दातृनिकायको सहयोग शून्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

0 0 votes
Article Rating
Subscribe
Login
Notify of
guest
guest
0 Comments
Inline Feedbacks
View all comments

Timeline
Jan 31st 11:13 AM
समाचार

अत्यावश्यक औषधि नेपालमै उत्पादन हुनुपर्छ : मन्त्री गिरी

Jan 30th 9:48 AM
समाचार

सबैको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउन जनशक्ति र पूर्वाधार थपिने छ : स्वास्थ्य मन्त्री

Jan 29th 7:17 AM
समाचार

शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकास गर्ने प्रधानमन्त्रीको बाचा

Jan 26th 4:13 PM
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

Jan 23rd 9:48 AM
समाचार

जाजरकोटका स्वास्थ्य चौकीमा छैन सिटामोल

Jan 20th 8:47 AM
समाचार

शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री

Jan 20th 6:46 AM
समाचार

प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीले गरे मृत्युपश्चात् शरीरका सबै अंगदानको घोषणा

Jan 20th 2:27 AM
समाचार

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वकाका लागि आजदेखि मतदान सुरु, उपत्यका बाहिर आज र भोली मतदान

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1847
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

13
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

11
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web
wpDiscuz