हेल्थ टुडे,
काठमाडौ २७ मंसिर : नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा पोषणको अवस्थामा सुधार देखाएको छ । पाँच वर्ष पहिले पाँच वर्ष मुनीका बालबालिकामा हुने पुड्कोपन ३६ प्रतिसत रहेकोमा सन् २०२२ मा त्यो घटेर २५ प्रतिसतमा पुगेको छ । यसका साथै बालबालिकामा हुने ख्याउटेपन पनि घटेको तथ्यांकले देखाएको छ । ५ वर्ष मुनीका बालबालिकामा हुने ख्याउटे पनि १० प्रतिसतबाट घटेर अहिले ८ प्रतिसतमा झरेको छ । बालबालिकामा मोटोपन बढ्दै गएकोमा चिन्ता व्यक्ति गरिएकोमा तथ्यांकले एक प्रतिसत बालबालिकामा मात्र मोटोपन देखिएको छ । परिवार कल्याण महासाखाका निर्देशक डा. विवेक कुमार लालले सर्भेक्षणले पोषणको अवस्था सन्तोषजनक देखाएको बताए । तौल कम हुने र रक्त अल्पताको अवस्थामा पनि सुधार देखिएको डा. लाले बताए ।
त्यसै गरि मातृ तथा बाल स्वास्थ्यमा पनि अध्ययनले सुधार भएको देखाएको छ । प्रतिवेदनले नेपालमा ५ वर्ष मुनिका बालबालिकाहरुको मृत्युदरमा उल्लेखनीय कमी भएको देखाएको छ ।
सन् १९९६ मा ५ वर्षमुनिका बालबालिकाहरुको प्रति १,००० जीवित जन्ममा ११८ को मृत्यु हुने गरेको थियो भने सो मृत्युदर तुलनात्मक रूपमा घटेर हालप्रति १,००० जीवित जन्ममा ३३ हुन आएको छ । नेपालमा नवजात मृत्यु दर पछिल्लो दशकमा प्रति १,००० जीवित जन्ममा २१ मा स्थिर रहेको डा. लालले बताए । प्रतिवेदन अनुसार हाल नेपालका महिलाहरुले औसतमा करिब दुई सन्तान जन्माउँछन् । विगत साढे दुई दशकमा नेपालमा प्रजनन दर आधाले घटेको छ, सन् १९९६ मा प्रति महिला ४.६ बच्चा जन्माउँथे भने हाल आएर सन् २०२२ मा सो दर २.१ मा झरेको प्रतिवेदनले दाएको छ ।
सर्वेक्षण अनुसार सर्वेक्षणअघिको दुई वर्ष भित्रको समय अवधिमा जीवित जन्मेकाहरु मध्ये ७९प्रतिसत बच्चाहरु स्वास्थ्य संस्थामा जन्मेका छन् । सन् १९९६ मा ८ प्रतिसत बच्चाहरु मात्र स्वास्थ्य संस्थामा जन्मिने गरेका थिए । त्यसैगरी ७० प्रतिशत महिलाहरुले सुत्केरी भएको दुई दिनभित्र सुत्केरी जाँच गराउने सर्वेक्षणले देखाएको छ ।
त्यसैगरी सर्वेक्षणले बालबालिकाहरुमा आधारभूत खोपको कभरेज बढेको देखाएको छ । सन् १९९६ देखि यता १२–२३ महिनाका बालबालिकाहरुमा आधारभूत खोपको कभरेज बढेको छ, सो समयमा ४३ प्रतिसतले आधारभूत खोप पाउने गरेका थिए । तर, सन् २०११ मा ८७ प्रतिसत रहेको आधारभूत खोपको प्रतिशत घटेर सन् २०१६ मा ७८ प्रतिसत हुन आएको र सन् २०२२ मा केहि बढेर ८० प्रतिसत हुन गएको छ ।
द