• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 30th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

January 26th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
तिलगंगामा उत्पादित आँखाको लेन्स ३० भन्दा बढी देशमा निर्यात

हेल्थ टुडे
काठमाडौँ, १३ माघ : आँखामा मोतीबिन्दुको समस्या भएकाहरूका लागि ‘इन्ट्राअकुलर लेन्स’ वरदान साबित भएको छ । मोतिबिन्दूको शल्यक्रियापछि आँखाको नानीमा यो लेन्स प्रत्यारोपण गरिन्छ । जसबाट पुनः मानिसले संसारको उज्यालो देख्न सक्छन् । आँखाको उपचारमा प्रयोग हुने यो लेन्समा भने नेपाल आत्मनिर्भर रहेको छ ।

मोतीबिन्दुको कारण दृष्टिमा समस्या भएकाहरूलाई राखिने यो लेन्स भने नेपालमै उत्पादन हुने गरेको छ । झण्डै २७ वर्ष अघिदेखि नेपालमा तिलगंगा आँखा प्रतिष्ठानले यो लेन्स उत्पादन गर्ने गरेको छ । यो लेन्स उत्पादनमा नेपाल आत्मनिर्भर मात्र छैन नेपालमा खपत हुनेभन्दा धेरै मात्रामा विदेशमा समेत निर्यात हुने गरेको छ ।
सन् १९९५ देखि नै आँखा प्रतिष्ठानले लेन्स उत्पादन ल्याब स्थापना गरेको थियो भने त्यसबेलादेखि नै लेन्स उत्पादन गरेर बिक्री गर्न थालेको लेन्स उत्पादन विभागका उत्पादन प्रमुख अभय श्रेष्ठले जानकारी दिए । यहाँ उत्पादन भएका लेन्सहरू सार्क राष्ट्रसहित विश्वका विभिन्न ३० देशमा निर्यात हुने गरेको छ ।

तिलगंगा आँखा प्रतिष्ठानले हाल ३ प्रकारका इन्ट्राअकुलर लेन्स उत्पादन गर्दै आएको छ । पहिलो पिएनएमए, दोस्रो हाइड्रोफेलिक र तेस्रो लेन्स हाइड्रोफोविक हो । यो लेन्स उत्पादन तथा बिक्री वितरण गर्नका लागि यसका लागि अन्तर्राष्ट्रिय स्तरको मापदण्ड निर्धारित गरिएको हुन्छ । त्यही मापदण्डमा रहेर नेपाल आँखा प्रतिष्ठानले यो लेन्स उत्पादन गर्दै आएको छ ।

वार्षिक रूपमा ४ लाख हाराहारी सङ्ख्यामा यो लेन्स उत्पादन हुने गरेको छ । लेन्स कति उत्पादन गर्ने भन्ने कुरा मागमा भर पर्ने उनले बताए ।
उत्पादन प्रमुख श्रेष्ठले भने–‘यो लेन्स उत्पादन तथा बिक्री वितरण गर्नका लागि अन्तर्राष्ट्रिय किसिमको मापदण्ड हुने गर्छ । त्यो मापदण्ड हामीले परिपूर्ति गर्नुपर्ने हुन्छ । त्यसमा आईएसओ १३४८५ हुन्छ । साथै यो लेन्सलाई युरोपियन बजारमा बिक्री वितरण गर्नका लागि ‘सी’ मार्क पनि लिएको हुनुपर्छ । हामीसँग हालसम्म आइएसओ ९००१ आइएसओ १३४८५ र मार्क ‘सी’ हामीसँग छ ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा विस्तार गर्न १०० रोपनी जग्गा छिट्टै हस्तान्तरण गराउँछु : प्रधानमन्त्री
Next article पहिलो पटक कर्णाली प्रदेशको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Mar 30th 11:35 AM
समाचार

विरामी परे आन्दोलनरत् मिटरब्याजपीडित, ४ जना वीर अस्पताल भर्ना

Mar 30th 7:54 AM
समाचार

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान वैशाख पहिलो सातादेखि

Mar 29th 10:42 AM
समाचार

कैदीबन्दीहरुको स्वास्थ्य उपचार व्यवस्थित गर्न उपत्यकाका १८ वटा अस्पतालसँग वृहत छलफल

Mar 28th 11:54 AM
समाचार

मधेश प्रदेशमा पनि अब छुट्टै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

Mar 27th 12:00 PM
समाचार

नेत्रज्योतिद्धारा एक वर्षमा ३० लाखको आँखा जाँच र २ लाख ७२ हजारको शल्यक्रिया

Mar 26th 3:13 PM
समाचार

नेपालमा क्षयरोगबाट प्रत्येक दिन झन्डै ४७ जनाको मृत्यु

Mar 25th 9:21 AM
बिशेषज्ञ लेख

सहरिया खाएरै रोगी

Mar 23rd 5:35 AM
समाचार

डोटीमा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

1913
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

16
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

14
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

11
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web