• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रत्यारोपण केन्द्रकालागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाउने स्वास्थ्य मन्त्रीको प्रतिवद्वता

August 28th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रत्यारोपण केन्द्रकालागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाउने स्वास्थ्य मन्त्रीको प्रतिवद्वता

हेल्थ टुडे,
भक्तपुर, ११ भदौ : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिवद्वता व्यक्त गरेका छन् । सोमबार केन्द्रको अनुगमनपछि बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले उपयुक्त भवनको अभावमा केन्द्रले प्रदान गर्ने सेवा विस्तार हुन नसेकेकोले जग्गा खोजेर त्यहाँ तत्काल नयाँ भवन बनाएर सेवा विस्तार गर्ने बताएका हुन । मन्त्री बस्नेतले भने, ‘ केन्द्रले मिर्गौला र कलेजोका विरामीलाई प्रदान गरिरहेको सेवा उत्कृष्ठ छ । भवन अभावमा सेवा विस्तार गर्न सकिरहेको छैन् । केन्द्रका लागि जग्गा खोज्ने र नयाँ भवन बनाउने कुरामा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनु हुन्छ । यो प्रस्ताव म छिट्टै मन्त्रीपरिषदमा लैजान्छु र कार्यान्वयन गर्छु ।’ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विरामीहरुलाई प्रदान गरिरहेको सेवा र मिर्गौला तथा कलेजो प्रत्यारोपणमा गरिरहेको उल्लेखनीय कामको तुलनामा राज्यले गरेको लगानी न्युन भएकाले लगानी बढाउन पनि आफु सकारात्मक रहेको मन्त्री बस्नेतले बताए ।
केन्द्रले प्रदान गरिरहेको सेवाहरुको विषयमा मन्त्री बस्नेतले निरीक्षण गरेका थिए । मन्त्री बस्नेतलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक समेत रहेका मिर्गौला एवं कलेजो प्रत्यारोपण विज्ञ डा. पुकारचन्द्र श्रेष्ठले केन्द्रले प्रदान गरिरहेको सेवा र भौतिक संरचना अभावले विरामीको चाप अनुसार सेवा विस्तार गर्न नसकिरहेको अनुभव सुनाएका थिए । केन्द्रको निरीक्षणपछि मन्त्री बस्नेतले विरामीको चापको तुलनामा भवन नभएकाले डायलासिस सेवा समेत बिस्तार गर्न नसकिएकोले स्वास्थ्य मन्त्रालय चाडो भन्दा चाडो जग्गा उपलब्ध गराएर नयाँ भवन बनाउने अभियानमा अगाडि बढेको बताए । केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठले कम्तिमा पनि ३० रोपनी जग्गा उपलब्ध भए नयाँ भवन बनाएर तत्कालका लागि सेवा विस्तार गर्न सकिने जानकारी दिएका थिए । मन्त्री बस्नेतले केन्द्र सहित भक्तपुर अस्पताल र भक्तपुर क्यान्सर अस्पताल सहितलाई गाभेर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने योजनालाई पनि सरकारले अगाडि बढाउने उल्लेख गरे ।
केन्द्रका निर्देशक डा.श्रेष्ठका अनुसार केन्द्रले स्थापनाको एक दशकमा एक हजार एकसय ६ वटा मिर्गौला प्रत्यारोपण र १३ वटा कलेजोको सफल प्रत्यारोपण गरिसकेको जानकारी गराएका थिए । केन्द्रले बर्षमा ८ सय सर्जरी गर्ने गरेको जानकारी दिदै गत वर्षमात्र केन्द्रमा ५५ हजार विरामीले बहिरंग सेवा लिएको डा. श्रेष्ठले जानकारी दिए । केन्द्रले अहिले सेवा सञ्चालन भइरहेको भवन भक्तपुर अस्पतालको हो । केन्द्रको आफ्नै भवन छैन । केन्द्रले लामो समयदेखि सेवा विस्तारका लागि जग्गा उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै आइरहेको भए पनि अहिलेसम्म त्यो पुरा हुन सकेको छैन । पूर्वाधार अभावमा केन्द्रले अहिले पनि एक हजार भन्दा बढी मिर्गौला फेल भएका विरामीलाई सेवा दिन नसकेर पालो कुर्नु पर्ने अवस्था छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपाल सरकारको एक मात्र अंग प्रत्यारोपण केन्द्र हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको सेवा उत्कृष्ठ छ : स्वास्थ्य मन्त्री बस्नेत
Next article नेपालसहित १८ देशमा फेसबुक र इन्स्टाग्राममा मदिराजन्य पदार्थका विज्ञापनमा रोक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 25th 12:30 PM
समाचार

अर्कैको सर्टिपिकेट झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2318
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web