• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 29th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

न्याम्सको दीक्षान्त समारोह यही असोज १८ गते गर्ने सिनेटको निर्णय

September 18th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, १ असोज : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को दीक्षान्त समारोह यही असोज १८ गते हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं न्याम्सका सहकुलपति मोहनबहादुर बस्नेतको अध्यक्षतामा आईतबार बसेको २७ औं सिनेट बैठकले न्याम्सको दीक्षान्त समारोह असोज १८ गते गर्ने निर्णय गरेको हो । तीन वर्ष पछि बसेको सिनेटले न्याम्सको आर्थिक प्रतिवेदन, शैक्षिक प्रतिवेदन, प्राज्ञिक परिषद्का सदस्यहरुको नियुक्ती, न्याम्स ऐन संसोधनको प्रस्ताव लगायतका प्रस्ताव पास गरेको न्याम्सका रजिष्ट्रार डा. ज्ञानेन्द्र शाहले जानकारी दिए । न्याम्सका सदस्य सचिव समेत रहेका रजिष्ट्रार डा.शाहले असोज १८ गते हुने दीक्षान्त समारोहमा चिकित्सा विज्ञानमा स्नातकोत्तर एमडी, एमएस गरेका विशेषज्ञ चिकित्सकका अलावा नर्सिङ, एमआईटी, एमसिएच लगायतका बिषयको अध्ययन पुरा गरेकाहरुलाई दीक्षित गरिने बताए ।
सिनेटले आर्थिक वर्ष २०७७ । ७८ देखि २०८०। ८१ सम्मको बजेट अनुमोदन गरेको छ भने भरतपुर अस्पताल र भेरी अस्पताललाई न्याम्सको आंगीक अस्पतालका रुपमा ग्रहण गर्ने मन्त्रीपरिषद्ले गरेको निर्णयलाई समेत अनुमोदन गरेको डा. शाहले जानकारी दिए । त्यसैगरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका दुई जना सदस्यलाई सिनेट सदस्यमा मनोनयन गर्ने निर्णय पनि सिनेटले गरेको छ ।
सिनेट बैठकमा न्याम्सका उपकुलपति प्रा. डा. भुपेन्द्र बस्नेत, रेक्टर डा. लोचन कार्की, डीन डा. अशिस ढुंगानाका साथै राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल, शिक्षा सचिव, अर्थ सचिव, वीरका निर्देशक, ट्रमा सेन्टरका निर्देशक डा. बद्री रिजाल, वरिष्ठ मुटुरोग विज्ञ डा. भगवान कोइराला, आईओएमकी डिन डा. दिव्या सिह लगायतका सिनेट सदस्यहरुको उपस्थिति रहेको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १०३ प्रतिजैविक औषधि प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन
Next article वीरको न्यूरो सर्जरी विभाग प्रमुख डा.झालाई ‘नेपाल विद्याभूषण पदक क’

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Sep 27th 12:53 PM
अन्तर्वार्ता

छलाङ मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र, भदौमा मात्रै २८ जनाको प्रत्यारोपण

Sep 26th 9:26 AM
समाचार

चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकको विरोध प्रदर्शन

Sep 25th 1:22 PM
समाचार

स्वास्थ्य मन्त्री बस्नेत सम्मानित

Sep 25th 12:30 PM
समाचार

अर्कैको सर्टिपिकेट झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ : स्वास्थ्य मन्त्री बस्नेत

Sep 24th 1:14 PM
समाचार

चिकित्सक संघको राष्ट्रिय स्वास्थ्य सम्मेलन यही असोज १२ र १३ मा हुने

Sep 24th 12:51 PM
समाचार

स्वास्थ्य बीमा बोर्डका कार्यकारी बसौलालाई किन सोध्यो स्वास्थ्यले स्पष्टिकरण

Sep 23rd 11:37 AM
समाचार

डा.ओम मूर्तिको ‘जीवन्त सम्बन्ध’ लाई कोर्षमा राख्नु पर्ने हरिवंशको सुझाव

Sep 22nd 4:37 AM
समाचार

टिकटक प्रतियोगिता गर्दै नेत्रज्योति संघ, उत्कृष्टलाई ५० हजार पुरस्कार

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2318
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

14
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

10
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web