• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

परिवार नियोजन गरे बाफत चिकित्सकलाई ७५ रुपैया !

December 5th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परिवार नियोजन गरे बाफत चिकित्सकलाई ७५ रुपैया !

सन्ध्या केसी

बीस वर्ष पहिले एक जना चिकित्सकले स्थायी बन्ध्याकरण गरिदिए बाफत ७५ रुपैया पाउथ्यो । त्यति बेलाको तुलना गर्ने हो भने हरेक सेवा र बस्तुको मुल्य कम्तिमा पनि ५ गुना बढिसकेको छ । तर स्थायी बन्ध्याकरण गर्ने चिकित्सकको पाउने सेवा सुविधा अहिले पति त्यत्ति नै छ ,७५ रुपैया । यति लामो समय बितिसकेपनि बन्ध्याकरण गरिदिए बाफत पाउनु पर्ने पारिश्रमिक नबढेकाले चिकित्सक नै बन्ध्याकरण गराउन मानिरहेका छैनन् ।

यसले स्थायी बन्ध्याकरण गर्नेको संख्या बढ्न सकेको छैन् । परिवार नियोजनका अस्थायी र स्थायी साधनमध्ये स्थायी साधन बढी भरपर्दो मानिन्छ । त्यसमा पनि पुरुषका लागि त यो अझ सहज हुन्छ । तर स्थायी बन्ध्याकरण गर्न न पुरुष राजी हुन्छन न चिकित्सक गर्न नै । २० वर्ष अगाडिकै शुल्कमा यसमा चिकित्सकले नै दिनचल्सी देखाउदैनन् । जसको फलस्वरुप स्थायी बन्ध्याकरण गर्नेको संख्या बढेको छैन । स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महासाखाका अधिकारी स्थायी बन्ध्याकरण गराउनेको संख्या बढ्न नसक्नुको कारण मध्ये चिकित्सकले पाउने पारिश्रमिक पनि भएको बताउछन् ।

एकदमै न्युन पारिश्रमिकका कारण चिकित्सकले नै स्थायी बन्ध्याकरण गरिदिन राजी हुदैनन् । अर्थ मन्त्रालयलाई यस बिषयमा स्वास्थ्य मन्त्रालयले पटक पटक जानकारी गराउदा समेत यस बिषयमा अर्थले आवश्यक बजेट बिनियोजन नगरिदिदा कार्यक्रम सञ्चालन गर्न समस्या परेको छ ।  स्थायी बन्ध्याकरण गराउनेको संख्या नबढ्नुमा चिकित्सकले पाउने पारिश्रमिकका अलावा अधिकांश पुरुषमा स्यायी बन्ध्यारकरणका बिषयमा गलत धारणा अहिले पनि समाजमा व्याप्त छ । स्थायी बन्ध्याकरण गरेपछि यौन क्षमता घट्ने, गाह्रो काम गर्न नसक्ने, दुब्लाउने जस्ता भ्रम रहेकाले सितिमिती पुरुष स्थायी बन्ध्याकरण गर्न मान्दैनन् । यो परम्परागत धारणामा अहिले पनि आशा गरे अनुसारको परिवर्तन आउन सकेको पाइदैन । विशेषज्ञहरुका अनुसार तर यसो केही पनि हुदैन । महिलाका तुलनामा पुरुषमा सजिलो र भरपर्दो हुन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. मनिषाको मुस्कानसहित उपचार
Next article मुगुमा भाइरल ज्वरोको प्रकोप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132170
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web