• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

March 31st, 2014 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

नेपाली महिलाहरुबिच पाठेघर खस्ने समस्याले हरेक वर्ष विकराल रुप लिदै आइरहेको छ । एकातिर अशिक्षा र गरिवीको मार त्यसमाथि अधिकांश महिला पाठेघर समस्याको उपचार गराउनु भन्दा रोग पालेर बस्ने गरेका छन् । पाठेघर खस्ने समस्याको उपचार गराउदा समाजले वा परिवारले थाहा पाए समाजिक अवहेलना सहनु पर्ने भयका कारण पनि यो समस्या अहिले पनि महिलाको प्रमुख प्रजनन स्वास्थ्य समीया हुन पुगेको छ । विवाहित महिलाको पाठेघर खस्ने समस्या समाधनमा उनीहरुकै श्रीमानको समेत सहयाग नपाइएको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. सीडी चावला बताउँंछन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा पाठेघर खस्ने समस्याबाट ६ लाख भन्दा बढी महिला पिडित छन् । जसमध्ये दुईलाखलाई तत्काल उपचारको आवश्यकता छ । यो समस्याबाट अधिकांश विवाहित र बच्चा जन्माइसकेका महिला बढी पिडित छन् । समान्य अवस्थामा रहेकोभन्दा केही तल पाठेघर जmरेको वा सरेको अवस्थालाई पाठेघर खसेको ( आड खसेको) भनिन्छ । यसरी खसेको पाठेघरसँंगै यौनमार्गका साथमा मूत्रथैली र गुदद््वारको केही भाग समेत जmर्ने हुन्छ । विज्ञहरुका अनुसार पाठेघर खस्ने प्रमुख तिन चरण हुन्छन् । पहिलो चरणमा पाठेघरले आफ्नो ठाँउ छोड्छ । यस अवस्थामा पाठेघर योनीभित्रै हुन्छ । दोश्रो चरणमा पाठेघरले ठाउँ छोड्छ र योनीको मुखसम्म आउछ । र तेश्रो चरण पाठेघर योनीको मुखबाहिर आउँछ ।

वरिष्ठ स्त्रीरोग विज्ञ डा. अचला वैद्यका अनुसार महिलाको पेट र जनेन्द्रीयको माशंपेशी तन्किने गरी धेरै दबाब परेमा पाठेघर तल जmर्ने सम्भावना हुन्छ । सुत्केरी भएका बेला गह्रगो भारी उठाउदा, लामो समय सुत्केरी व्यथा लाग्दा, बर्षेनी बच्चा जन्माएका महिलाको पेट र जनेन्द्रीयका मांशपेशीहरु तन्केर कमजोर हुन्छन र पाठेघर जmर्छ । तल्लो पेट दुख्नु, योनीद्वार खुल्ला हुनु, सारीरिक सम्पर्क गर्दा अत्यधिक दुख्नु र तल्लो पेटमा भारी भएको महसुस हुनु पाठेघर खसेको लक्षण हुन् । डा. बैद्य भन्छिन, त्यसैले यस किसिमका लक्षण देखिएका महिलाले जतिसक्दो चाडो स्वास्थ्य जाच गराउनु पर्छ । ललितपुरको लेले बाट पाठेघर खस्ने रोगको उपचारका लागि प्रसूति गृह थापाथली आएकी ५५ वर्षिय सावित्री लाखेले आफ्नो समस्याका बिषयमा बिगत बीस वर्षदेखि नै श्रीमानलाई भन्दै आए पनि उपचारका लागि श्रीमानले अहिलेसम्म कुनै हिल नगरेको दुखेसो गरिन । चार छोराकी आमा सावित्रीले अहिले जेठी बुहारीको सहयोगले उपचारका लागि अस्पतालसम्म पुगेको बताइन् । उनले भनिन, बुढाले अस्पताल जाउ भन्दा कहिल्यै सुनेनन। अहिले बुहारीले ल्याइन । अव उपचार हुन्छ की ?

सरकारले हरेक वर्ष दुर्गमका महिलाका लागि केन्द्रित गरेर पाठेघरको उपचार गर्ने योजना अन्र्तगत स्वास्थ्य सिविरहरु सञ्चालन गर्ने गरेको छ । तर पाठेघर खस्ने समस्या भएका महिलाको अनुपातमा यो कार्यक्रमले थोरै महिलालाई मात्र समेटन सकेको छ । अजmै पनि ग्रामिण भेकका महिला यो रोगलाई लुकाउन नै चाहन्छन् । चेतनाको अभाव, गरीवि, समाजिक अपहेलनाको भय र गुणस्तरीय उपचार दिने स्वास्थ्य संस्थाको अभावले यो समस्या भएका महिलाले रोग पालेरै बस्नु परेको अवस्था छ । सुदूर र मध्यपश्चिमका अधिकांश पहाडि क्षेत्रका महिलाको प्रमुख स्वास्थ्य समस्या नै पाठेघर खस्नु ( आड खस्ने) भएको लामो समय सुदूर पश्चिम क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक रहेर काम गरेका हाल स्वास्थ्य मन्त्रालयको मूल्यांकन तथा अनुगमन महासखा निर्देशक श्रीकृष्ण भट्ट बताउछन् । सरकारले यस किसिमको समस्या भएका महिलाका लागि अजm व्यापक र बजेट बढाएर कार्यक्रम बिस्तार गर्नु पर्ने आवश्यकता रहेको भट्टको अनुभव छ ।
किन खस्छ पाठेघर ?
१. कम उमेरमा बच्चा पाउदा
२. सुत्केरी भएको ६ हप्ताभित्रै गहंगो भारी उठाउदा
३. कम समयको अन्तरालमा बच्चा जन्माउदा
४. गर्भवस्था र सुत्केरी अवस्थामा आवश्यक मात्रामा पोषिलो खानेकुरा खान नपाउदा
५. असुरक्षित गर्भपतन गराउदा
६. बच्चा जनमाउने समय अगावै आवश्यकताभन्दा बढी कन्नु वा बल गर्नु
७. सुत्केरी अवस्थामै शारीरिक सम्पर्क गर्नु
८. प्रसूतिपछि आराम नगर्नु

पाठेघर जmर्दा एउटा बेलुनजस्तो पोको योनीबाट बाहिर निस्कन्छ । त्यो पेटिकोट वा भित्र िकपडामा टासिने र घस्रने हँुदा पछि गएर घाउ बन्छ र यसबाट रगत मिसिएको फोहोर गन्हाउने पानी निस्कन्छ । यो समस्या भएका महिलालाई दिसापिसाव गर्दा वा सम्भोग गर्दा दुख्ने, बच्चा जनमाउदा लामो समयसम्म व्यथा लाग्ने, हिड्दा अप्ठेरो महसुस हुने, शारीरिक काम गर्दा तल्लो पेट दुख्ने, कम्मर दुख्ने जस्ता समस्यासँंग जुध्नु पर्ने हुन्छ । पाठेघर खसेकै कारण श्रीमान र श्रीमतीविचको यौन सम्बन्धमा कमि आउछ । यो समस्याका बिषयमा सबै कुरा खुलेर श्रीमानलाई नभन्ने महिलाका श्रीमानले श्रीमतीलाई शंकाका दृष्टिले हेर्ने गर्छन । जसका कारण पारिवारिक सम्बन्ध नै बिग्रन सक्ने संभावना समेत हुन्छ । त्यसैले यो समस्यालाई लुकाइराख्नु भन्दा स्वास्थ्य संस्था वा अस्पताल गएर उपचारका लागि आवश्यक सल्लाह लिनु पर्छ ।

पाठेघर खस्नबाट कसरी बच्ने ?
१. सुत्केरी अवस्थामा गहंगो भारी नउचाल्ने वा नबोक्ने ।
२. गर्भवती हुदा आवश्यक मात्रामा आराम गर्नु पर्छ । हलका खालको काममात्र गर्नु पर्छ ।
३. सुत्केरी व्यथा लामो समयसम्म लाग्न दिनु हुदैन । १२ घण्टाभन्दा लाग्यो भने चिकित्सकको सल्लाह लिनु पर्छ ।
४. पोषिलो खाना खानु पर्छ । पोषिलो खानेकुरा भन्नाले सागपात, गेडागुडी, दूध, दही, फलफूल, अण्डा र माशु लगायत हुन ।
५. जmोल कुरा प्रसस्त मात्रामा खानु पर्छ । यसले पेटमा कब्जियत हुदैन र दिसापिसाव गर्दा बल गर्नु पर्दैन ।
६. सारीरिक व्यायाम गर्नु पर्छ ।
७. कम अन्तरालमै बच्चा जन्माउनु हुदैन ।
८. सुत्केरी अवस्थामै शारीरिक सम्बन्ध राख्नु हुदैन ।

पाठेघर खसीहाले कसरी उपचार गरिन्छ ?
पाठेघर खस्ने समस्या भएका महिलाकालागि विभिन्न उपचार विधि छन् । जसका माध्यमबाट यो समस्याबाट छुटकरा पाउन सकिन्छ ।
१. रिड पेसरी ( रबरको चुराजस्तो उपकरण ) लाई योनीभित्र पठाई पाठेघरलाई आफ्नो ठाउमा अड्याएर राख्नु पर्छ । यो उपकरण स्वास्थ्य कार्यकर्ताले योनीभित्र राखिदिएपछि तीन महिनासम्म केही गर्नु पर्दैन । हरेक तिन महिनामा यसलाई जिmकेर राम्रंरी सफा गर्नु पर्छ र पानीमा राम्ररी उमालेर फेरि राख्नु पर्छ ।
२. पाठेघर तल खसेको अनुभव भएमा जाच गराउनका लागि स्वास्थ्य संस्था जानु पर्छ । जाच गराएपछि कुन किसिमको उपचार आवश्यक छ भन्ने कुरा थाहा पाए पछि अगाडि उपचार सुरु गर्नु पर्छ ।
३. पाठेघर तल खस्यो भने शल्यक्रिया मार्फत पनि उपचार गर्न सकिन्छ । तालिम प्राप्त दक्ष चिकित्सकले खसेको पाठेघरलाई शल्यक्रिया गरेर जिmकिदिन्छन् ।
४. शल्यक्रिया गरेर पाठेघर जिmकिसकेपछि महिलाले साविकमा जmै सजिलोसँंग कामकाज गर्न सक्छन । तर उनको महिनावारी हुदैन र बच्चा जन्माउन सक्दैनन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हरेक दिन ५ ग्राम नुन
Next article समान्य नहुनसक्छ रुघाखोकी

Related Posts

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

कसरी जान्छ गर्भ खेर ?

कसरी जान्छ गर्भ खेर ?

Leave a Reply Cancel reply

Timeline
Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134121
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web