• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 5th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

पाठेघर झर्ने समस्या

March 31st, 2014 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघर झर्ने समस्या

पाठेघर झर्नु भनेको के हो ?

पाठेघर महिलाको शरीरको तल्लो पेटमा रहने एक प्रकारको मांसपेशीको थैली हो । पाठेघरलाई गर्भाशय पनि भनिन्छ । महिनावारीको समयमा रक्तस्राव यही“बाट हुन्छ । पाठेघरलाई वरिपरिका मांसपेशी र तन्तुहरुले आफ्नो ठाउ“मा अड्याई राखेको हुन्छ । विभिन्न कारणहरुले गर्दा पाठेघरलाई आफ्नो ठाउ“मा थामेर राख्ने मांसपेशी र तन्तुहरु कमजोर हुन जान्छ । फलस्वरुप सिङ्गै पाठेघर वा केही भाग योनीसम्म वा त्योभन्दा बाहिर निस्किएको अवस्थालाई पाठेघर झरेको वा आङ्ग खसेको भनिन्छ । यो सरुवा रोग होईन । यो उपचार गरेर निको हुन्छ ।

पाठेघर झर्ने कारणहरु
महिला सुत्केरी भएपछि पाठेघर खुम्चेर पहिलेकै अवस्थामा आइपुग्न करीब छ हप्ताजति लाग्छ । सुत्केरी भएको बेलामा पाठेघरलाई अड्याई राख्ने मांसपेशीहरु धेरै कमजोर भएका हुन्छन् । देहायका कार्यहरुबाट पाठेघर झर्ने समस्या हुनसक्छ ।

  • सुत्केरी भएको ६ हप्ताभित्रै गह्रौं भारी उठाउने र गाह्रो काम गर्नु ।
  • धेरै बच्चा जन्माउनु तथा कम समयको अन्तरालमा बच्चा जन्माउनु ।
  • कम उमेरमै बच्चा जन्माउनु ।
  • गर्भवस्था र सुत्केरी अवस्थामा चाहि“दो माात्रामा पोषिलो खानेकुरा खान नपाउनु ।
  •  असुरक्षित गर्भपात गराउनु ।
  • प्रशव अवस्थामा बच्चा छिटो जन्मियोस् भनेर महिलाको पेटलाई बेस्सरी थिच्नु 
  •  प्रशव अवस्था नह“ुदै बढी बल गर्नु पाठेघर झर्नाले के हुन्छ ?
  •  पाठेघर खस्दा शुरुमा योनीबाट केही चिज निस्केको जस्तो महसुस हुन्छ । यो हि“ड्दा, उभि“दा वा खोक्दा झन बढेको तथा उत्तानो परेर पल्टिंदा चाहि“ कम भएको महसुस हुन्छ । 
  • यो समस्या बढ्दै गएमा सिङ्गै पाठेघर योनीे बाहिर झुण्डिएर बस्छ । यतिबेला यो आफैभित्र जांदैन । 
  •  यसले महिलालाई हि“ड्न, बस्न, काम गर्न धेरै अप्ठ्यारो हुन्छ । 
  • सो डल्लो तिघ्रास“ग घस्रेर घाऊ भई पाक्न पनि सक्छ । साथै ढाड दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने पनि हुन्छ । 

पाठेघर झर्ने समस्याको रोकथाम

  • प्रजनन अङ्गहरु पूर्णरूपले विकसित नभई गर्भवती बन्नु हुदैन या कम उमेरमानै बच्चा पाउनु ह“ुदैन ।
  • वेथा लागेको बेलामा पाठेघरको मुख पूरा नखोली बल प्रयोग गर्नु हुदैन ।
  • गर्भावस्था र सुत्केरीपछि कमजोर भएका मांसपेशी फेरि बलियो बनुन् भनेर कम्तिमा २ वर्षको जन्मान्तर गर्नुपर्छ ।
  • सुत्केरीपछि कम्तीमा छ हप्तासम्म महिलाले भारी उचाल्ने काम गर्नुहु“दैन ।
  • गर्भवती र सुत्केरी अवस्थामा पोषिलो आहार बढी खानुपर्छ ।
  • सुत्केरी अवस्थामा साधारण व्यायाम गर्नुपर्छ ।
  • पाठेघर झरेको शंका लाग्नासाथ स्वास्थ्य संस्थामा गई सल्लाह लिनुपर्दछ । शुरुको अवस्था छ भने पनि अझ जटिल हुन नदिन गह्रुङ्गो भारी बोक्ने काम सकेसम्म गर्नु हु“दैन ।

पाठेघर झर्ने समस्याको उपचार
पाठेघर झरेको अवस्थालाई पाठेघरको स्थितिअनुसार ३ चरणमा वर्गीकरण गरिन्छ । जस्तै,

  • पाठेघर झरेको सामान्य अवस्था – योनीको भित्री मुखसम्म आएको,
  • पाठेघर झरेको मध्यम अवस्था – केही भाग योनीको बाहिरसम्म आएको 
  • पाठेघर झरेको पूर्ण अवस्था – सम्पूर्ण भाग योनीे बाहिरै निस्केको

यिनै स्थितिहरुको आधारमा पाठेघर झर्ने समस्याबाट पीडित महिलाको उपचार गरिन्छ । त्यसैले आफूलाई पाठेघरको स्थिति सामान्य अवस्थामा नभएको जस्तो लाग्छ र काम गर्दा असजिलो महसुस हुन्छ भने स्वास्थ्य कार्यकर्तास“ग उपचारको निमित्त सम्पर्क गरी हाल्नुपर्छ । पाठेघर झरेको सामान्य अवस्थाको उपचार सजिलै हुन्छ । यसबेला योनी खुम्च्याउने व्यायामले मात्र पनि पाठेघरलाई सामान्य अवस्थामा फर्काउन सकिन्छ । यो व्यायामले पाठेघर र योनीको बरिपरिका मांसपेशीहरु बलिया हुन्छन् र पाठेघरलाई अड्याई राख्न सक्ने बनाउ“छ । यस्तोबेलामा रिङ्गपेशरी (रबरको चुरा) राखेर अस्थाई उपचार पनि गर्न सकिन्छ ।
शल्यक्रिया उपचार शल्यक्रिया वा अप्रेशन पाठेघर झर्ने समस्याको मुख्य उपचार विधि हो । यसमा पाठेघरलाई सिङ्गै काटेर झिकिन्छ । उपचारपछि सामान्य अवस्थामा सरह काम गर्न सकिन्छ । अप्रेशनपछि महिनावारी भने हँुदैन । बच्चा पाउने चाहना भएका महिलाले शल्यक्रिया गर्नुहँुदैन ।

समाज र परिवारको दायित्व यो समस्या विशेषगरी हाम्रो समुदायमा बच्चा जन्माउँदा या सुत्केरी भएको बेलामा महिलाले उचित स्याहार नपाउ“दा हुनजान्छ । त्यसैले सुत्केरीअवस्थामा महिलालाई पोषिलो खाना दिने, आराम गर्न दिने, गह्रौं भारी उठाउन नदिने जस्ता कुराहरुमा परिवारका अन्य सदस्यले विशेष ध्यान दिनुपर्दछ । त्यस्तै कम उमेरमा विवाह नगर्ने, धेरै सन्तान नजन्माउने कुरामा सचेत हुनुपर्छ । समस्याबाट पीडित महिलाहरुलाई हेयको दृष्टिले नहेरी समयमानै उपचार गराउन सहयोग गर्नुपर्दछ । परिवारमा लोग्नेको भूमिका धेरै महत्वपूर्ण हुन्छ ।

( लेखक—डा.गणेश दंगाल

काठमाण्डू मोडेल अस्पताल

प्रसुती तथा स्त्रीरोग विशेषज्ञ )

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सानोतिनो रोगमा कडा एन्टिवायोटिक
Next article के हो प्रजनन अङ्गको सङ्क्रमण

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

कसरी जान्छ गर्भ खेर ?

कसरी जान्छ गर्भ खेर ?

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132163
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

15
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

13
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web