हेल्थ टुडे,
काठमाडौं, २१ असोज : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाल चिकित्सक संघका तीन जना पूर्वअध्यक्षले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। चिकित्सक संघको नेतृत्व गरिसकेका डा. केदार नरसिंह केसी, डा. अञ्जनी कुमार झा र डा. मुक्ति राम श्रेष्ठले कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्न उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारीअनुसार डा. केसीले पेसागत समूहबाट, डा. झाले मधेश प्रदेशबाट र डा. श्रेष्ठले खुला समूहबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्नेछन्।
चिकित्सा क्षेत्रको नेतृत्व र अनुभव हासिल गरिसकेका तीनै जना पूर्वअध्यक्षको उम्मेदवारीलाई स्वास्थ्य क्षेत्रको प्रतिनिधित्वका दृष्टिले पनि चासोका साथ हेरिएको छ। पार्टीको केन्द्रीय नेतृत्वमा उनीहरूको सहभागिताले चिकित्सकका पेसागत मुद्दा, स्वास्थ्य सेवाको सुधार र स्वास्थ्य नीतिसम्बन्धी विषयलाई थप प्राथमिकता दिलाउन सक्ने अपेक्षा गरिएको छ। निर्वाचन समितिका अनुसार असोज २२ गते बिहीबार नयाँ कार्यसमिति चयनका लागि मतदान गर्ने कार्यक्रम रहेको छ।







Leave a Reply