• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

September 17th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

हेल्थ टुडे,

काठमाडौं, १ असोज  : कोटेश्वर बहुमुखी क्याम्पसले स्नातक तह प्रथम वर्षमा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै अभिमुखीकरण तथा करिअर परामर्श कार्यक्रम आयोजना गरेको छ । जडिबुटीस्थित रोयल ब्याङ्केटमा बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीलाई क्याम्पसको शैक्षिक वातावरण, अध्ययन प्रणाली, अनुशासन, करिअर विकास तथा उच्च शिक्षाका अवसरबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भोला प्रसाद ढकाल, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन प्रा. डा. दिलिप पराजुली, क्याम्पस प्रमुख डा.प्रकाश पोखरेल, प्राध्यापक संघ कोटेश्वर क्याम्पस इकाइका सभापति सुरेश पोखरेल लगायतले नवआगन्तुक विद्यार्थीलाई अबिर तथा खादा लगाएर स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख डा.प्रकाश पोखरेलले शिक्षालाई रोजगारी र व्यावसायिक जीवनसँग जोड्नु वर्तमान समयको आवश्यकता भएको बताए । उनले कोटेश्वर बहुमुखी क्याम्पसले विद्यार्थीलाई कक्षाकोठाको ज्ञानमा मात्र सीमित नराखी विभिन्न रोजगारदाता तथा सरोकारवाला संस्थासँगको सहकार्यमा अध्ययन पूरा गर्न लागेका विद्यार्थीलाई रोजगारी तथा व्यावसायिक अवसरसँग जोड्दै आएको जानकारी दिए ।

उनले न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने देशका सामुदायिक क्याम्पसमध्ये कोटेश्वर बहुमुखी क्याम्पस अग्रणी रहेको दाबी गर्दै शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, विद्यार्थीमैत्री शिक्षण प्रणाली र उत्कृष्ट परीक्षाफलका कारण देशका विभिन्न जिल्लाका विद्यार्थीको रोजाइमा कोटेश्वर क्याम्पस परेको बताए । क्याम्पसले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षासँगै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको उनको भनाइ थियो ।

कोटेश्वर बहुमुखी क्याम्पस गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्राप्त सामुदायिक क्याम्पसका रूपमा परिचित छ । क्याम्पसले शैक्षिक गुणस्तर, व्यवस्थापन, भौतिक पूर्वाधार, शिक्षण सिकाइ, अनुसन्धान तथा विद्यार्थी सेवाका क्षेत्रमा निर्धारित मापदण्ड पूरा गर्दै आएको जनाएको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका विभिन्न तहका परीक्षामा क्याम्पसका विद्यार्थीले हासिल गर्दै आएको सन्तोषजनक तथा उत्कृष्ट नतिजालाई पनि क्याम्पसको शैक्षिक पहिचानको महत्वपूर्ण आधारका रूपमा लिइएको छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डिन प्रा.डा. दिलिप पराजुलीले गुणस्तरीय शिक्षामा सम्झौता नगर्ने शैक्षिक संस्थाका रूपमा कोटेश्वर बहुमुखी क्याम्पसले आफ्नो पहिचान स्थापित गरेको बताए । उनले विद्यार्थीलाई बदलिँदो समय र प्रतिस्पर्धात्मक बजारअनुकूल ज्ञान, सीप र व्यवहार विकासमा केन्द्रित हुन आग्रह गर्दै भविष्यमा पनि क्याम्पसको शैक्षिक प्रतिष्ठा उच्च राख्न विद्यार्थीको महत्वपूर्ण भूमिका हुने बताए ।

प्राध्यापक संघ कोटेश्वर क्याम्पस इकाइका सभापति सुरेश पोखरेलले अनुशासन विद्यार्थीको गहना भएको उल्लेख गर्दै अनुशासित, मेहनती र जिम्मेवार भएर अध्ययन गर्ने विद्यार्थी नै जीवनमा सफल हुने बताए । उनले विद्यार्थी जीवनमा प्राप्त ज्ञान र सीपले भविष्यको करिअरको आधार तयार गर्ने भएकाले अध्ययनसँगै असल आचरण र सकारात्मक सोचको विकास गर्न आग्रह गरे ।

स्ववियु सभापति सञ्जय बुढाथोकीले स्नातक तह विद्यार्थीको शैक्षिक जीवन मात्र नभई करिअर निर्माणको महत्वपूर्ण खुड्किलो भएको बताउँदै नयाँ विद्यार्थीलाई क्याम्पसको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता जनाउँदै आफ्नो क्षमता र प्रतिभा विकास गर्न आग्रह गरे ।

एमबीएस कार्यक्रम संयोजक धिरज बुढाथोकीले प्रतिस्पर्धाको वर्तमान युगमा विद्यार्थीले समयअनुकूल ज्ञान, सीप र दक्षता विकास गर्नुपर्ने बताए । उनले प्रतिस्पर्धालाई सकारात्मक रूपमा आत्मसात् गर्ने, नयाँ कुरा सिक्न निरन्तर प्रयास गर्ने र आफ्नो क्षमतामा विश्वास गर्ने विद्यार्थीले भविष्यमा थप अवसर प्राप्त गर्न सक्नेमा जोड दिए ।

कार्यक्रममा हास्यकलाकार मनोज गजुरेलले पछिल्ला वर्षमा नेपाली भाषाको प्रयोगमा विभिन्न प्रकारका विकृति देखिन थालेको उल्लेख गर्दै भाषा केवल सञ्चारको माध्यम मात्र नभई संस्कार, संस्कृति र पहिचानसँग जोडिएको विषय भएको बताए । उनले विद्यार्थीलाई नेपाली भाषाको शुद्ध र मर्यादित प्रयोग गर्दै भाषा तथा संस्कृतिको संरक्षणमा योगदान गर्न आग्रह गरे ।

कार्यक्रममा विद्यार्थीहरूले देउडा नाच, थारू नाच, गीत–संगीत तथा विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत मनोरञ्जन प्रदान गरेका थिए । नवआगन्तुक विद्यार्थीका लागि आयोजित कार्यक्रमले क्याम्पसको शैक्षिक वातावरणसँग परिचित गराउनुका साथै विभिन्न क्षेत्रका विद्यार्थीबीच आपसी सम्बन्ध र आत्मीयता विकास गर्न सहयोग पुगेको सहभागी विद्यार्थीहरूले बताएका थिए ।

क्याम्पसका सहायक क्याम्पस प्रमुख नन्दी केशर नेपालले सञ्चालन गरेको कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी तथा विभिन्न क्षेत्रका अतिथिको सहभागिता रहेको थियो ।

जडिबुटीमा रहेको कोटेश्वर बहुमुखी क्याम्पसमा हाल करिब चार हजार विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा प्लस टू र स्नातकोत्तर सहित स्नातक तहमा मानविकी, व्यवस्थापन तथा शिक्षा शास्त्रअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । गुणस्तरीय शिक्षा, विद्यार्थीको उत्कृष्ट नतिजा, अनुशासित शैक्षिक वातावरण र करिअर विकासमा निरन्तर जोड दिँदै आएको क्याम्पसले आगामी दिनमा पनि शिक्षाको गुणस्तरलाई थप सुदृढ बनाउने जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Next article ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134346
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web