• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

September 19th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

हेल्थ टुडे,

काठमाडौं, २ असोज  : जलवायु परिवर्तन र विपद्का कारण स्वास्थ्य क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न पूर्वतयारी, प्रमाणमा आधारित नीति, नवप्रवर्तन, पर्याप्त लगानी र उत्थानशील स्वास्थ्य प्रणाली निर्माणमा विज्ञहरुले जोड दिएका छन् । नेपलिज सोसाइटी अफ कम्युनिटी मेडिसिन (नेस्कम) को चौथो सम्मेलन तथा अन्तर्राष्ट्रिय रिस्क- इ -स्केप सम्मेलनले जलवायु परिवर्तन, विपद् र स्वास्थ्यलाई एकीकृत रूपमा सम्बोधन गर्न सरकार, स्वास्थ्य संस्था, अनुसन्धान तथा शैक्षिक निकाय र विकास साझेदारबीच सहकार्य सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याएको हो ।

“जलवायु, विपद् र स्वास्थ्य : प्रमाण, नवप्रवर्तन र उत्थानशीलता” भन्ने मूल विषयमा आयोजित सम्मेलन सेप्टेम्बर १५ र १६ मा काठमाडौंको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको हो । सम्मेलनमा चिकित्सक, स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता, सरकारी अधिकारी, प्राध्यापक, विकास साझेदार तथा स्वास्थ्य क्षेत्रका विभिन्न सरोकारवालासहित १५३ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो ।

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा जलवायु परिवर्तन तथा विपद्का कारण उत्पन्न हुने स्वास्थ्य जोखिम, स्वास्थ्य प्रणालीको पूर्वतयारी, सामुदायिक स्वास्थ्य सेवा, गैरसङ्क्रामक रोगको व्यवस्थापन, डिजिटल प्रविधिको प्रयोग, अनुसन्धान तथा प्रमाणमा आधारित स्वास्थ्य नीति निर्माणलगायतका विषयमा छलफल गरिएको थियो ।

सम्मेलनले सरकार र नेस्कमबीच संवाद तथा सहकार्यलाई विशेष प्राथमिकता दिएको थियो । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचन, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवाल, स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका प्रमुख वरिष्ठ सल्लाहकार प्रा. डा. मनोहर प्रधान तथा स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाइका प्रमुख डा. हेमन्तचन्द्र ओझालगायत सरकारी नेतृत्वको सहभागिताले सामुदायिक तथा निवारक चिकित्साको भूमिका र नेस्कमले गर्दै आएको योगदानलाई राष्ट्रिय स्वास्थ्य प्रणालीसँग थप जोड्ने अवसर प्रदान गरेको थियो ।

उद्घाटन सत्रमा आयोजक समितिकी अध्यक्ष डा.पुष्पाञ्जली अधिकारीले स्वागत गर्दै सम्मेलनको उद्देश्य तथा कार्यक्रमबारे जानकारी गराएकी थिइन् । प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीशप्रसाद अग्रवालले जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य चुनौती सम्बोधन गर्न रोग लागेपछि उपचार गर्नेभन्दा रोकथाम, पूर्वतयारी, जनचेतना र लगानीलाई प्राथमिकता दिनुपर्ने बताए। जलवायुजन्य स्वास्थ्य जोखिमलाई विपद् आएपछि मात्र सम्बोधन गर्नेभन्दा जोखिम न्यूनीकरण र पूर्वतयारीलाई स्वास्थ्य प्रणालीकै अभिन्न अंग बनाउनुपर्नेमा उनले जोड दिए ।

स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका प्रमुख वरिष्ठ सल्लाहकार प्रा. डा. मनोहर प्रधानले जलवायु परिवर्तनको प्रभाव सबै समुदायमा समान रूपमा नपर्ने भएकाले जलवायु न्यायको आवश्यकता औँल्याए । जोखिममा रहेका समुदाय तथा स्वास्थ्य सेवामा सीमित पहुँच भएका नागरिकले जलवायु परिवर्तनबाट सिर्जित संकटको बढी प्रभाव भोग्न सक्ने भएकाले स्वास्थ्य नीति तथा कार्यक्रम निर्माणमा समानता र न्यायलाई ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सम्मेलनका क्रममा नेस्कम निलाम्बर झा ओरेसन अवार्ड २०२६ प्रा. डा. लोचना श्रेष्ठलाई प्रदान गरिएको थियो । सामुदायिक चिकित्साको क्षेत्रमा योगदान पु¥याएका डा. विजयकुमार खनाल, डा. राम बिलक्षण शाह, डा. विजय थापा, डा. संयोग उप्रेती, डा. निरज श्रेष्ठ, डा. श्याम सुन्दर बुधाथोकी, डा. मनिषा मास्के र डा. पार्थ गुरागाईंलाई समेत सम्मान तथा अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा नेपालकालागि युरोपेली संघको प्रतिनिधिमण्डलका साझेदारी प्रमुख जोसे लुइस भिनुएसा–सान्तामारियाले सम्मेलन सहकार्यको महत्वपूर्ण हिस्सा रहेको बताए । उनले स्वास्थ्य तथा विपद् व्यवस्थापनका क्षेत्रमा साझेदारी, सहकार्य र नवप्रवर्तनको महत्त्वमा जोड दिँदै रिस्क- इ -स्केप ले विपद् पूर्वतयारी तथा प्रतिकार्य क्षमता सुदृढ गर्न योगदान पु¥याउने बताए ।

नेस्कम अध्यक्ष डा. दिपेश ताम्राकारले संस्थाको १० वर्षे यात्रा प्रस्तुत गर्दै सामुदायिक तथा निवारक चिकित्साको क्षेत्रमा नेस्कमले गर्दै आएको कामबारे जानकारी दिए । उनले अनुसन्धान, क्षमता विकास, सामुदायिक स्वास्थ्य तथा प्रमाणमा आधारित स्वास्थ्य अभ्यासका क्षेत्रमा संस्थाको भूमिकाबारे चर्चा गरे। सो अवसरमा नेपाल जर्नल अफ प्रिभेन्टिभ मेडिसिन प्रकाशन गर्ने घोषणा समेत गरिएको थियो ।

सम्मेलनका वैज्ञानिक तथा प्राविधिक सत्रमा जलवायु परिवर्तन, विपद् र स्वास्थ्य प्रणालीका उदीयमान जोखिम, वायु प्रदूषण तथा बाल स्वास्थ्य, टाइप–२ मधुमेह, डिजिटल स्वास्थ्य, परिवार तथा समुदायमा आधारित स्वास्थ्य सेवा, स्वस्थ वृद्धावस्था र विपद् प्रतिकार्यका विषयमा प्रस्तुति तथा छलफल गरिएको थियो । विपद् र स्वास्थ्यसम्बन्धी एउटा महत्वपूर्ण छलफलमा हालैका आकस्मिक बाढीबाट नेपालले लिनुपर्ने सिकाइबारे चर्चा गरिएको थियो । विपद्को पूर्वसूचना प्राप्त हुने समय, पूर्वचेतावनी प्रणाली, सरकारी निकायबीचको समन्वय, विभिन्न समूहबीचको सहकार्य तथा स्वास्थ्य प्रणालीको उत्थानशीलता सुदृढ गर्ने विषयमा वक्ताहरूले धारणा राखेका थिए ।

वक्ताहरूले विपद् व्यवस्थापनमा विपद् आएपछि गरिने तत्कालीन प्रतिकार्यसँगै जोखिम पहिचान, पूर्वतयारी, पूर्वचेतावनी, नियमित अभ्यास र प्रभावकारी समन्वयलाई प्राथमिकता दिनुपर्ने बताए । विपद्का बेला पनि अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न सक्ने गरी स्वास्थ्य संस्थाको क्षमता विकास गर्नुपर्नेमा उनीहरूको जोड थियो ।

सरकारी प्रतिनिधि तथा नेस्कम बीच भएको संवादमा विपद् तयारी तथा प्रतिकार्यसँगै गैरसङ्क्रामक रोगको सेवा व्यवस्थापन, प्रमाणमा आधारित नीति निर्माण र स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहकार्यलाई थप संस्थागत गर्ने विषयमा छलफल भएको थियो । गैरसङ्क्रामक रोगको उपचार तथा सेवाको निरन्तरता प्रभावकारी बनाउन सरकार, स्वास्थ्य संस्था र नेस्कमबीच त्रिपक्षीय सम्झौतामार्फत सहकार्यको संरचना विकास गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको थियो । नियमित अनुगमन, सहयोगात्मक सुपरिवेक्षण तथा चिकित्सकीय मार्गदर्शनलाई थप व्यवस्थित गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।

सम्मेलनमा अनुसन्धानबाट प्राप्त प्रमाणलाई स्वास्थ्य नीति निर्माणमा प्रभावकारी रूपमा प्रयोग गर्ने विषयमा पनि छलफल भएको थियो। स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयको नेतृत्वमा ज्ञान हस्तान्तरण मञ्चलाई बहुपक्षीय सञ्जालका रूपमा विकास गरी सरकार, शैक्षिक संस्था, अनुसन्धान निकाय तथा विकास साझेदारबीच अनुसन्धानबाट प्राप्त प्रमाणको आदानप्रदान र उपयोगलाई संस्थागत गर्नुपर्ने विषय उठाइएको थियो ।

कृत्रिम बुद्धिमत्ता तथा डिजिटल प्रविधिको प्रयोगमार्फत विभिन्न अनुसन्धानबाट प्राप्त प्रमाणको द्रुत विश्लेषण तथा संश्लेषण गर्न सकिने सम्भावनाबारे समेत छलफल गरिएको थियो । स्वास्थ्य नीति निर्माणलाई अनुसन्धान र प्रमाणसँग थप मजबुत रूपमा जोड्न सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था तथा विकास साझेदारबीचको सहकार्यलाई संस्थागत गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।

मुख्य सम्मेलनअघि सेप्टेम्बर १३ मा धुलिखेल अस्पतालमा विपद् तयारी तथा प्रतिकार्यसम्बन्धी पूर्वसम्मेलन कार्यक्रम आयोजना गरिएको थियो । करिब १०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा रासायनिक, जैविक, विकिरणजन्य तथा आणविक जोखिम, विस्फोटबाट हुने चोटपटक, ठूलो संख्यामा घाइते हुने अवस्था, विपद् सञ्चार तथा अभ्यासमा आधारित विपद् व्यवस्थापनलगायतका विषयमा सत्र सञ्चालन गरिएको थियो ।

पूर्वसम्मेलनले सम्भावित विपद्का बेला स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवालाको तयारी, प्रतिकार्य क्षमता, सञ्चार र समन्वयलाई अभ्यासमा आधारित रूपमा सुदृढ गर्ने उद्देश्य राखेको थियो ।

दुई दिनसम्म चलेको सम्मेलनले जलवायु परिवर्तन, विपद् र स्वास्थ्यलाई छुट्टाछुट्टै विषयका रूपमा नभई एकअर्कासँग जोडिएका चुनौतीका रूपमा हेर्नुपर्ने सन्देश दिएको छ । जलवायुजन्य तथा विपद्जन्य स्वास्थ्य जोखिम न्यूनीकरणका लागि रोकथाम, पूर्वतयारी, प्रमाणमा आधारित नीति, नवप्रवर्तन, पर्याप्त लगानी, अन्तरक्षेत्रीय समन्वय र समुदायको सहभागितालाई स्वास्थ्य प्रणालीको अभिन्न अंग बनाउनुपर्नेमा सम्मेलनमा जोड दिइएको थियो ।

नेस्कमको चौथो सम्मेलन तथा अन्तर्राष्ट्रिय रिस्क -इ -स्केप सम्मेलनले सामुदायिक तथा निवारक चिकित्साको भूमिकालाई जलवायु परिवर्तन र विपद् व्यवस्थापनसँग जोड्दै बदलिँदो वातावरणीय जोखिम सामना गर्न नेपालको स्वास्थ्य प्रणालीलाई थप सक्षम, तयार र उत्थानशील बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Next article कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134346
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web