• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

March 12th, 2026 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,,
भक्तपुर, २८ फागुन : स्वास्थ्य तथा जनसंख्या मन्त्री शुधा शर्माले मिर्गौला प्रत्यारोपणका क्षेत्रमा शदीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको बताएकी छन् । विश्व मिर्गौला दिवसमा केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले स्थापना भएको चौध वर्षको अवधिमा १६ सय जनाको सफल मिर्गौला प्रत्यारोपण गरेर आफुलाई देशकै अब्बल प्रत्यारोपण केन्द्रका रुपमा स्थापित गर्न सफल भएको दाबी गरेकी हुन ।

आफु स्वास्थ्य मन्त्रालयको सचिव भएको बेला केन्द्र स्थापनाका लागि पहल गरेको स्मरण गर्दै मन्त्री शर्माले पछि आफुले कारणबस पद छोड्नु परेकाले त्यसपछिका सचिवको नेतृत्वमा केन्द्रको स्पापना भएको जानकारी दिइन । केन्द्रलाई जनरल अस्पतालका रुपमा विस्तार गर्नु भन्दा अंगप्रत्यारोपण कै विशिष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा विकास गर्नु पनि आवश्यकता रहेकोमा जोड दिइन ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. कल्पना कुमारी श्रेष्ठले केन्द्रले प्रदान गरिरहेको सेवाका विषयमा जानकारी दिदै अहिलेसम्म  केन्द्रले १५८६ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको, ३६ जनाको कलेजो प्रत्यारोपण र दैनिक १५० जनाको डायलासिस सेवा उपलब्ध गराइरहेको जानकारी दिइन । देशमै पहिलो पटक ब्रेन डेथ भएका व्यक्तिबाट अंग झिकेर अर्को जिवित व्यक्तिमा प्रत्यारोपण गर्ने पहिले अस्पताल र पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको इतिहास केन्द्रसंग भएको उनले बताइन ।
कार्यक्रममा मानव अंग प्रत्यारोपण विकास समितिका अध्यक्ष एवं स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकालले केन्द्रले प्रदान गरिरहेको सेवा सन्तोषजनक भएको बताउदै सेवा सुविधा अझै विस्तार गर्दै लैजानेमा जोड दिए । सुर्यविनायक अस्पतालका निर्देशक डा. राकेश वर्माले केन्द्रको भौतिक संरचना विस्तारमा सरकारले ध्यान दिन आवश्यक रहेको बताए । विश्व मिर्गौला दिवसकै अवसर पारेर केन्द्रले बिहीबार बिहान जनचेतनामूक पदयात्रा गरेको छ । धिमे बाजा, ब्यानर र प्ले कार्ड
बोकेर सुरु भएको पदयात्रा केन्द्रबाट शुरु भइ नपुखु हुँदै भक्तपुर दरवार स्क्वायर, साकोठा, टौमडी,
पोटरी स्क्वायर, नासमना, बंशगोपाल, तेखापुखु, भार्वाचो, भक्तपुर मिनि बसपार्क हुँदै पुनः  शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्दमा आई सम्पन्न भएको थियो । मिर्गौला दिवसकै अवसर पारेर केन्द्रले आफ्ना कर्मचारीहरुको मिर्गौला जाँच सहित स्वास्थ्य परिक्षण गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा
Next article विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134123
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

137
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

137
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web