• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अवहेलना मुद्दा हाल्ने बताएपछि बल्ल डा. पन्तले पाए पुनर्वहाली

February 12th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अवहेलना मुद्दा हाल्ने बताएपछि बल्ल डा. पन्तले पाए पुनर्वहाली

हेल्थ टुडे,

काठमाडौं, २९ माघ : सर्वोच्च अदालतको अन्तरिम आदेशपछि स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पुनर्वहाली भएका डा. राजेन्द्र पन्तलाई कुनै पनि हालतमा पुनर्वहाली नगर्ने स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले योजना बिफल भएको छ । अदालतको आदेशपछि स्वास्थ्य मन्त्री दीपक बोहोराको निर्देशनमा मन्त्रालयको प्रशासन साखाले तयार पारेको डा.पन्तको पुनर्वहाली पत्र डा. पुष्पाले लुकाउन लगाउन लगाएकी थिइन । शुक्रबार तयार भएको पत्र आईतबार मन्त्रालय पुग्दा पत्र सहितका प्रशासन साखाका अधिकृत गायव भएपछि डा. पन्तले सोमबार अदालतको आदेशको अवहेलना गरेको भन्दै मन्त्री बाहोरा र सचिव डा. चौधरीलाई प्रतिवादी बनाएर फेरि अदालत जाने तयारी गरेपछि बल्ल उनलाई सोमबार विभागको महानिर्देशकमा पुनर्वहाली भएको पत्र दिइएको छ । गत पुष ३० गते डा. पुष्पाकै मिलेमतोमा स्वास्थ्य मन्त्री बोहोराले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. पन्तलाई मन्त्रालय सरुवा गरेर पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा कार्यरत डा. तारानाथ पौडेललाई विभागको निमित्त महानिर्देशक नियुक्त गरेका थिए ।

सफाईको मौका समेत नदिई, विना कारण कानून विपरित आफूलाई हटाइएको भन्दै डा. पन्त पुनर्वहालीको माग सहित माघ १७ गते सर्बोच्च गएका थिए । सर्वोच्चले माघ १९ गते मन्त्रीको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चले आदेश दिएको १० दिनसम्म पनि डा. चौधरीकै योजना अनुसार डा. पन्तलाई पत्र दिइएको थिएन । कार्यक्षमता कमजोर पाएपछि पूर्व स्वास्थ्य मन्त्री गगन थापाले गत असारमा स्वास्थ्य सेवा विभागकी तत्कालिन निमित्त महानिर्देशक डा. चौधरीलाई मन्त्रालय सरुवा गरेर डा. पन्तलाई महानिर्देशक नियुक्त गरेका थिए । त्यो बेलाको बदला लिन डा. चौधरीले डा. पन्तलाई महानिर्देशकबाट हटाउने खेल खेलेको मन्त्रालयका एक अधिकारीले बताए । ‘आइतबारसम्म पत्र नपाएपछि डा. पन्त सोमबार अदालतको अवहेलना गरेको भन्दै फेरि अदालत जाने तरखरमा थिए । यही कुरा थाहा पाएपछि सोमबार डा. पन्तलाई पुनर्वहालीको पत्र दिइएको हो, मन्त्रालय स्रोतले बताएको छ ।

डा. पन्तले पत्र बुझिसकेको र आजै दिउसो महानिर्देशकको पद बहाली गर्ने बताए । डा. पौडेललाई पहिलेकै स्थान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल फिर्ता पठाइएको छ । डा. पन्तको पुनर्वहालीले मन्त्रीले जे गर्दा पनि हुन्छ भन्ने मनामानी माथि अंकुश लगाएको र यो घटना अवका मन्त्रीहरुका लागि पनि गतिलो पाठ भएको स्वास्थ्य विज्ञहरु बताउछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १२ वर्षमै महिनावारी, जमाना बदलियो
Next article शिवरात्रीको दिन पशुपतिमा ग्राण्डीको इमरजेन्सी हेल्थ डेस्क

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132524
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web