• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 13th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आमा सुुरक्षा कार्यक्रम अन्तर्गत पोषण खर्च पाँचसय थपिने

June 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आमा सुुरक्षा कार्यक्रम अन्तर्गत पोषण खर्च पाँचसय थपिने

विराटनगर, २७ जेठः मोरङको धनपालथान गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई रु एक हजार दिने भएको छ । गाँउपालिकाले मातृ तथा बाल मृत्युुदर घटाउन तथा पोषण खर्च बापत रु पाँच सय र नेपाल सरकारले उपलव्ध गराएको पाँचसय गरी जम्मा रु एक हजार दिने भएको हो ।
स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलालाई नेपाल सरकारले रु पाँच सय दिँदै आएको छ । आमा सुुरक्षा कार्यक्रम अन्तर्गत हरेक स्वास्थ्य संस्थामा यो सेवा उपलव्ध छ । मोरङको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने सो गाउँपालिकामा तराई समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।
सो गाउँपालिका क्षेत्रमा शिक्षाको कमी तथा रुढीवादी तथा परम्परागत प्रथाका कारणले महिलाले घरमा सुत्केरी गराउँदा आमा तथा बच्चाको ज्यान जोखिममा हुने गरेको छ । मोरङको दक्षिणी सीमा क्षेत्र रहेको उक्त स्थानमा महिलामा स्वास्थ्य सम्बन्धी शिक्षाको कमी रहेको छ ।
सुुरक्षित प्रसूति सेवा बारे महिलालाई प्रोत्साहन गर्न र प्रसूति सेवा स्वास्थ्य संस्थामै गराएमा आमा र बच्चाको जीवन सुरक्षित गराउने उद्देश्यले सुत्केरी महिलालाई केही राहतका लागि रकम उपलब्ध गराएको सो गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले बताउनुुभयो । उहाँले रकम सानो भए पनि सुत्केरी आमा र बच्चाका लागि केही सहयोग पुुग्ने बताउनुुभयो । सो गाउँपालिकाले सुत्केरी गराउने कार्यका लागि कर्सिया स्वास्थ्य चौकीमा सामान्य सुत्केरी सेवा सञ्चालनमा ल्याएको छ ।
धनपालथान–४, कर्सिया बजारमा रहेको सो स्वास्थ्य चौकीमा सेवा सञ्चालनमा आएपछि सामान्य सुत्केरी गराउनका लागि महिलालाई विराटनगर जानुुपर्ने अवस्थाको अन्त्य भएको छ । कर्सियामा रहेको उक्त स्वास्थ्य केन्द्रलाई चाँडै विस्तार गरिने अध्यक्ष सिंहले बताउनुुभयो । कर्सिया स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउन गाउँपालिका सक्रिय भएर लागेको उहाँले बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पहिलो पटक आन्द्राको सफल शल्यक्रिया
Next article क्यान्सर पीडित लामालाई आर्थिक सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132199
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web