• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चिकित्सा विधेयक माथिको संशोधनमा छलफल हुने

August 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सा विधेयक माथिको संशोधनमा छलफल हुने

विष्णु नेपाल
काठमाडौँ, २९ साउनः बहुचर्चित एवं वहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ र विधेयकको संशोधन माथि साउन ३१ गतेबाट दफावार छलफल शुरु हुने भएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बसेको दोस्रो बैठकले सो विधेयक र विधेयकमाथि भएका २२ वटा संशोधनका दफादफामा सो दिनबाट छलफल चलाउने निर्णय गरेको हो ।
प्रतिनिधि सभाको यही साउन १३ गतेको बैठकमा सो विधेयकमाथि सामान्य छलफल सम्पन्न भई समितिमा पठाउने सर्वसम्मत निर्णय भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको सो विधेयकमाथि साउन १६ गते दिनको २ः०० बजेसम्म सांसदलाई संशोधनको समयसीमा निर्धारण गरिएको थियो ।
सरकार र प्रा डा गोविन्द केसीका बीचमा यही साउन १० गते भएको नौबुँदे सहमतिका बुँदाअनुसार नै सो विधेयकमाथि एकल तथा संयुक्त गरी २२ वटा संशोधन दर्ता भएको थियो । समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको समितिको बैठकले साउन ३१ गते बस्ने बैठकमा शिक्षामन्त्री पोखरेल तथा संशोधनकर्ताले आ–आफ्ना भनाई राख्नु हुनेछ ।
बैठकले चिकित्सा शिक्षा विधेयक, संशोधनका बुँदा तथा यसअघि जारी भएको अध्यादेशलगायतका सामग्री समितिका सदस्यलाई उपलब्ध गराउन सचिवालयलाई निर्देशन समेत गरेको छ । बैठकले समितिको क्षेत्राधिकारभित्र रहेका शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकूद एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतका साङ्गठनिक संरचना, मन्त्रालय अन्तर्गतका ऐन, नियम तथा ती मन्त्रालय अन्तर्गत काम गर्ने राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्थाका गतिविधिका बारेमा पनि जानकारी लिने निर्णय गरेको छ ।
समितिको बैठकमा समितिका सदस्य खगराज अधिकारी, उमेश श्रेष्ठ, योगेश भट्टराई, जीवनराम श्रेष्ठ र चित्रलेखा यादवले सम्बन्धित मन्त्रीबाट समितिलाई मन्त्रालयगत जानकारी गराउन माग गर्नुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रेडक्रस शाखाले ल्यायो एम्बुलेन्स सञ्चालनमा
Next article मुलुकी ऐन–चिकित्सकलाई पुरस्कार कि दण्ड?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web