• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 10th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही संसदीय समितिको निर्देशन

March 12th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही संसदीय समितिको निर्देशन

हेल्थ टुडे,
काठमाडौ,२८ फागुनः संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिष्ठानको सेवा प्रवाह बन्द हुने अवस्थामा पुर्‍याएको भन्दै समितिले स्वास्थ्य मन्त्रालय र कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई कारबाहीसहित समस्या समाधान गर्न निर्देशन दिएको हो । उपकुलपति डा. संगीता भण्डारीसहित पदाधिकारीको मनोमानीले प्रतिष्ठान धराशायी भएको समितिको ठहर छ । राप्ती उपक्षेत्रीय अस्पतालसमेतलाई समायोजन गरी २०७४ असोज २९ गते सरकारले प्रतिष्ठानको स्थापना गरेको थियो । त्यसपछि प्रतिष्ठान दुरवस्थामा पुगेको सांसदहरूले बताए ।

भण्डारी २०७४ मंसिर २६ मा उपकलुपतिमा नियुक्त भएकी थिइन् । त्यसयता अस्पतालले सञ्चालन गर्दै आएको प्रसूति सेवा, पोषण पुनःस्थापना केन्द्र, सिकलसेल एनिमियाको निःशुल्क उपचार, बिरामीको उपचार गर्ने एकद्वार प्रणाली बन्द भएका छन् । प्रतिष्ठानले तत्कालीन अस्पताल विकास समितिले भर्ना गरेका र सरकारले नियुक्त गरेका करार कर्मचारी बर्खास्त गरेको थियो । त्यसपछि कर्मचारीहरू पुनर्बहालीको मागसहित आन्दोलित बनेका थिए । स्वास्थ्यकर्मीको आन्दोलनका कारण स्वास्थ्य प्रवाह थप प्रभावित हुँदै आएको हो । सरसफाइ कर्मचारी नै आन्दोलित बनेका कारण प्रतिष्ठान दुर्गन्धित बनेको स्थलगत अनुगमनमा गएका सांसदहरूले जनाए । प्रतिष्ठानले ७० जना पुराना कर्मचारी हटाएर एक सय २५ नयाँ कर्मचारीको नियुक्ति गरेको थियो ।

मापदण्डबिनै मनोमानी तरिकाले कर्मचारी नियुक्त गरिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । प्रतिष्ठानमा आकस्मिकबाहेकका सेवा बन्द हुँदा पनि पदाधिकारीले समस्या समाधान गर्न पहल नगरेको संसदीय समितिले जनाएको छ । उपकुलपति काठमाडौंमा सम्पर्क कार्यालय खोलेर बस्ने गरेकी छन् । रजिस्ट्रार रामप्रसाद प्याकुरेल प्रतिष्ठानमै बसे पनि समस्या समाधान गर्नउनीहरू दुईबीच समन्वय नरहेको सांसदहरू बताउँछन् । निर्देशक वसन्त लामिछाने एक महिनादेखि अनुपस्थित छन् ।

प्रतिष्ठान सुचारु गर्न दाङका ८ सांसदले समितिमा उजुरी दिएका थिए । समितिले खगराज अधिकारीको संयोजकत्वमा सांसदहरू अन्जना विशंखे, एकबाल मियाँ, गजेन्द्रबहादुर महत र नमिताकुमारी चौधरी सदस्य रहेको अध्ययन उपसमिति बनाएको थियो । उपसमितिले स्थलगत निरीक्षण गरी समितिलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमाथि समितिमा छलफल हुँदा सांसदहरूले पदाधिकारीलाई बर्खास्त गरेर सेवा सुचारु गराउनुपर्ने बताएका थिए । सांसद उमेश श्रेष्ठले स्वास्थ्य क्षेक्रमा बदमासी गर्ने संस्था र व्यत्तिहरूमाथि सरकारले कारबाही गर्न नसकेको बताए । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि सरकार कडाइका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

समितिको सुझाव

संसदीय समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू सुधारका लागि तत्काल छाता विधयेक ल्याउन सरकारलाई सुझाव दिएको छ । प्रतिष्ठानहरूले प्रदेश सरकार, जिल्ला समन्वय समिति, स्थानीय सरकार, जिल्ला प्रशासन, जिल्लास्थित राजनीतिक दल, नागरिक समाज र कर्मचारी प्रतिनिधिको समन्वयमा काम गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि सरकारले तुरुन्त आवश्यक बजेट, स्वास्थ्यकर्मी, उपकरण उपलब्ध गराउनुपर्ने समितिको सुझाव छ । समितिले त्यहाँका सरकारी स्थायी–करार, विकास समिति र दैनिक ज्यालादारी कर्मचारीहरूलाई पूर्ववत् व्यवस्थाअनुसार सेवा कायम गर्नुपर्ने भनेको छ ।

कार्यसम्पादन मूल्यांकनका आधारमा वृत्ति विकासका लागि पारदर्शी संयन्त्र बनाउन पनि समितिले सुझाव दिएको छ । प्रतिष्ठानले वृद्धि गरेको उपचार शुल्क घटाउनुपर्ने, विगतमा सरकारी अस्पतालले दिएका सेवासुविधा नघटाई अवरुद्ध सेवा सुचारु गर्नुपर्ने, समान तहका कर्मचारीहरूले पाइरहेको भेदभावपूर्ण तलब सुविधालाई समान बनाउनुपर्ने, आन्दोलनरत कर्मचारीहरूलाई उचित विधि र प्रक्रिया पुर्‍याएर समायोजन गर्नुपर्ने, कर्मचारी सर्वेक्षण तथा व्यवस्थापन गरेर मात्रै नयाँ जनशत्ति थप गर्नुपर्ने, काठमाडौंको सम्पर्क कार्यालय बन्द गर्नुपर्ने सुझावहरू पनि प्रतिवेदनमा समेटिएका छन् ।(कान्तिपुर दैनिकबाट)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपचारका क्रममा शिशुको मृत्यु भएपछि ट्युनिसियाका स्वास्थ्यमन्त्रीले दिए राजीनामा
Next article थाहा नगरपालिकामा आँखा अस्पताल सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132190
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web