• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

होमियोप्याथिक चिकित्सक बन्ने साहस र चुनौती

April 18th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
होमियोप्याथिक चिकित्सक बन्ने साहस र चुनौती

डा. रामहरि श्रेष्ठ,
होमियोप्याथिक चिकित्सक

हेल्थ टुडे,
काठमाडौ,बैशाखः होमियोप्याथी चिकित्सा संसारमै सबैभन्दा नयाँ चिकित्सा पद्धति हो । यसको विकास जर्मनबाट भएको हो । संसारका अन्य देशहरूमा यसको प्रयोग दिनानुदिन बढ्दो गतिमा छ । तर नेपालमा भने जनचेतना अभावले यसको विकास र प्रचलन जुन रूपमा हुनुपर्ने हो त्यसो हुन सकिरहेको छैन । धेरै रोगको सुरुआतमा प्रयोग गर्नुपर्ने औषधि नै होमियोप्याथिक औषधि हो । किनकि हाम्रो शरीरसँग आफै रोग निको पार्ने क्षमता हुन्छ । अर्थात् रोग प्रतिरोधात्मक क्षमता हुन्छ । त्यसैलाई उजागर गरेर रोग निको पार्न सहयोग गर्छ । तसर्थ, रोगको प्रतिकूल असर नपर्ने गरी होमियोप्याथिक पद्धतिमा उपचार गरिन्छ ।

नेपालमा होमियोप्याथी विषयमा विशेषता हासिल गरेका थोरै मात्र चिकित्सक छन् । यहाँ होमियोप्याथी उपचारका नाममा नपढेका व्यक्तिहरूले सेवा सञ्चालन गरिरहेकाले धेरै बिरामीहरूले सही उपचार पाउन सकेका छैनन् । डाक्टरको प्रेस्क्रिप्सन बिना औषधि पसलेले दिएको भरमा वा कसैले भनेको भरमा यो औषधि प्रयोग गर्नु हुँदैन । हाम्रो वरिपरि विद्यमान औषधिजन्य वनस्पति र जीवजन्तुको स्रोत रसायन पदार्थहरू नै होमियोप्याथिक औषधिका मुख्य स्रोत हुन् । बन्ने तरिका मात्र फरक हो । धेरै पटक डाइलुसन गरी बनाएको औषधि खान र जिब्रोमा फिजिन सजिलोको लागि पानीमा वा सेतो चिनीको दानाहरूमा राखेर वितरण गरिन्छ यो नै होमियोप्याथिक औषधिको पहिचान हो ।

यसले चिकित्सकहरुको सल्लाहअनुसार केही समय खाँदा साइड इफेक्ट गर्दैन तर एउटै औषधि लामो समय खाँदा साइड इफेक्ट धेरै हुन्छ । होमियोप्याथिकमा एउटा वा थोरै औषधि मात्र दिँदा पनि रोग निको हुन्छ । तर औषधि छनोट गर्न त्यति सजिलो भने छैन । त्यसैले चिकित्सक बढो चनाखो हुनै पर्छ । तर विडम्बना यो पद्धतिमा थुप्रै अनाधिकृत तरिकाले औषधि दिने थुप्रै छन् । त्यसैले हामीले होसियारी पु¥याउनु पर्छ । पछिल्ला वर्षमा नेपालमा पनि यो औषधिको बारेमा जानकारी शिक्षण संस्थालगायत अस्पताल खोल्ने क्रम बढ्दैछ । तर सरकारी स्तरबाट भने ज्यादै कम पहल भएको नयाँ दरबन्दी खुलेको छैन ।

औषधि मात्र फरक तर रोकको पहिचान, निधान र व्यवस्थापन भने अरूमा जस्तै त्यही नै हो । यो औषधि अरू औषधि जस्तै प्रयोग गर्न पनि सकिन्छ । बजारमा हल्ला भएजस्ता वाद, पत्थरी, पाइल्स्, कब्जियत, माइग्रेन पिनास, नशा, मासु पलाएको मुसा, छालाको समस्या, दम, रुघाखोकी, ग्यास्टिक, महिनावारी समस्याको लागि मात्र नभई अरू पनि धेरै समस्याको लागि यो पद्धति निकै प्रभावकारी रहेकोले स्वास्थ्यसँगसम्बन्धी कुनै पनि समस्या भएमा होमियोप्याथिक चिकित्सकको सल्लाह र कन्सल्टेसनमा मात्र होमियोप्याथिक औषधि प्रयोग गर्नुपर्छ ।
–डा.श्रेष्ठ भक्तपुर होमियोप्याथिक मेडिकल कलेज र रश्मी पोलिक्लिनिक थापाथलीमा आबद्ध छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article तलब नपाएपछि कर्मचारीद्वारा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा तालाबन्दी
Next article सार्वजनिक सवारी साधनका चालक र सहचालकको निःशुल्क स्वास्थ्य परिक्षण

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web