• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

ठुलै रोग पनि हुनसक्छ हात खुट्टा निदाउँने समस्या….

August 11th, 2019 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ठुलै रोग पनि हुनसक्छ हात खुट्टा निदाउँने समस्या….

हेल्थ टुडे,
एजेन्सी,साउनः हात खुट्टा झम–झमाउने वा शरीरको कुनै भाग निदाउने जस्ता समस्याबाट पीडित व्यक्तिहरुको संख्या पछिल्लो समय निकै बढेको देखिन्छ । के युवा, महिला, वृद्ध जो कोहिको शरीरका बिभिन्न भाग कुनै समय झमझमाए कै हुन्छ । जोसुकैलाई पनि यो समस्या हुनसक्छ, फरक यति मात्र हो कसैलाई हिडाई, बसाई, सुताई नमिलेर झम्झमाउने हुन्छ भने कसैलाई रोगको कारणले गर्दा हुन्छ।

शरीरको जुनसुकै भागमा निदाउने हुन सक्छ र त्यहाँको सेन्सिटीभिटी कम महशुस हुनका साथै झम्झमाउन थाल्छ। प्रभावित भागलाई छुँदा कुनै प्रकारको अनुभव हुँदैन या कम महशुस हुन्छ। यस्तो अनुभव हुन्छ कि त्यहाँ ज्यान नै छैन वा रक्तसञ्चार भइरहेको छैन। कहिले कहिं शरीरको सन्तुल नमिलेर कुनै भाग निदाउनु वा झमझमाउनु भनेको सामान्य कुरो हो। यदि बारम्बार शरीरको कुनै भाग निदाउने वा झम्झमाउने भईरहेमा बेलैमा सोच्नुपर्ने हुन्छ ।
कहाँ कहाँ हुन सक्छ ?
व्यक्तिको कुनैपनि अंग बिशेषमा यो समस्या हुन सक्छ। जस्तै, हातमा, हातका औंलाहरुमा, खुट्टामा, पैतालामा, पेटमा, गला, शिरमा ईत्यादि। यदि तपाईको हातको औंलामा सुन्नपना छभने यस्तो अनुभव हुन्छ कि औंला झम्झमाई रहेछ। छुने बित्तिकै कहिले कहिं त करेन्ट लागे जस्तो हुन्छ भने कहिले प्रभावित अंगमा महशुस गर्ने शक्ति कम हुन जान्छ।
झमझामउनुको कारणः
मानसिक तनाव, थकान र चिन्ताका कारण पनि यस्तो हुन्छ। जसले गर्दा हात खुट्टा तातेको, निदाएको र झम्झमाएको महशुस हुन्छ। बीसदेखि तीस प्रतिशत हात खुट्टा झम्झम् गर्नु कुनै अन्य शारीरिक रोगका कारण पनि हुन सक्छ। सुन्नपन (निदाउनु) को कारण व्यक्तिको शरीरिक अंग बिशेषमा निर्भर गर्दछ। यदि खुट्टा निदाएको छ भने यसको कारण र हातका औला झम्झमाएको छभने यसको कारण यि दुवैको कारण अलगअलग हुनसक्छ।
यदि कुनैअंगको नशा च्यापिन गयो भने त्यस भाग झम्झम् गर्ने वा निदाउने संभावना बढी हुन्छ। यसैगरी कुनै कारणबस शरीरको अंगको कुनै नशामा खराबी आयो भने पनि सुन्नपन हुनसक्छ। डायबिटिज् (मधुमेह) को बिरामीलाई पनि अंग बिषेशमा झम्झमाउने हुने गर्छ। यसलाई सामान्य कारण मानिन्छ, अर्को रोग हो बाथरोग। स्पाइनल कार्ड (मेरुदन्ड) मा ट्युमर वा संक्रमण भएपनि यस्तो समस्या हुन्छ। अर्को कारण पिरिड्गोमायलिया अर्थात स्पाइनलकार्डमा पानी जम्नु हो। कहिले कहिं लिपोमा (फ्याटी ट्युमर) को केशमा पनि झम्झमाउने समस्या हुन जान्छ। लिपोमामा नशा च्यापिन गई यो समस्या हुन्छ। कतिपय अवस्थामा जोर्नीहरु हातको कुहिनो र कुम, खुट्टाको घुँडामा नशा च्यापिएर पनि झमझमाउन सक्छ।
चोट पटकबाट घाईते हुँदा पनि यस्तो हुन्छ। कतिपय अवस्थामा भने दिमागमा लागेको कुनै पुरानो चोट–पटकको कारणले पनि यस्तो हुन सक्छ। अन्य कारणहरुमा शरीरमा पोषणतत्वको कमि। जस्तै, भिटामिन डि १, डि ६, डि १२ को कमिले गर्दापनि झमझमाउने हुन्छ। यदि तपाईको शरीरमा यि भिटामिनहरुको कमि छभने झम्झमाउदछ। यस्तै क्यालसियम र भिटामिन–सीको शरीरमा कमि छ भने निदाउने वा झम्झमाउने हुन सक्छ। यसको अलावा हामीले पिउने पानीमा खानिज तत्वहरु (मिनरल) फास्फोरस, क्यालसियम, सोडियम र आर्सेनिक आदिको असन्तुलनले पनि हात खुट्टा झम्झमाउने वा निदाउने समस्या हुनसक्छ।
उपचारः होमियोप्याथीमा चिकित्समा रोगीको मानसिक एवं शारीरिक लक्षणका साथै रोगको अवस्था तथा रोग हुने कारण समेतलाई ध्यानमा राखेर उपचार गर्ने गरिन्छ। शरीरको कुनैभाग निदाउने वा झम्झमाउने समस्याको लागि लक्षणअनुसार सफलतापुर्वक प्रयोग हुने केहिं औषधि पनि छन् ।
औषधीः एगरिकसमस्केरियस, आर्जेन्ममेटालिकम, जेल्सिमियम, आर्निका मोन्टेना, हाईपेरिकम, रसटक्स, एम्ब्राग्रिशिया, एपिसमेल, एसाफोटिडा, ब्रायटाकार्ब, ब्युफोराना, कल्केरियाफोस, कास्टिकम, केमोमिला, सिक्युटाविरोसा, काकुल्स ईन्डिका, कोनियम, हेलोनियस, केलमिया, नेट्रम म्युर, फासफोरस, रेफनस, सिकेलिकोर, टेरेन्टुलाहिस्पानिया, पिक्रिकएसिड आदि ।
यी औषधिहरुको प्रयोग आफ्नो नजिकको कुनै योग्य, अनुभवि तथा काउन्सिलमा दर्ताभएको चिकित्सकसंग परामर्श लिई सेवन गर्नु उचित हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सूदुरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा अत्याधुनिक एम्बुलेन्स सेवा
Next article औषधि तथा विक्री प्रतिनिधि संघको ५० औं बार्षिकोत्सव

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132509
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

37
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web