• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

काठमाडौँ मेडिकल कलेजमा एक महिलाले जन्माइन् चम्ल्याहा शिशु

September 25th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
काठमाडौँ मेडिकल कलेजमा एक महिलाले जन्माइन् चम्ल्याहा शिशु

हेल्थ टुडे,
काठमाडौ,असोजः काठमाडौको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) मा एक महिलाले एकैपटक चार जना शिशु जन्माएकी छन् । कैलालीको धनगढीकी २७ वर्षिया खगित्रा शाहीले बुधवार एकैपटक चारजना शिशुहरूलाई जन्म दिएकी हुन् । शाहीले शल्यक्रियामार्फत् एकै पटक तीन छोरा र एकजना छोरी गरी ४ शिशुलाई जन्माएकी हुन् ।

तीनजना शिशुहरूको स्वास्थ्य अवस्था सामान्य रहेको तर एकजनाको अवस्था भने अस्थिर देखिएको अस्पतालले जनाएको छ ।शल्यक्रियामा संलग्न चिकित्सकका अनुसार टेस्टट्युब बेबीका रूपमा जन्माइने सन्तानका हकमा भने धेरै बच्चा रहन सक्छन् । तर उनको भने सामान्य अवस्थामै गर्भ रहेको हो । धनगढीमा चेकजाँच गर्दा ४ वटा बच्चा भएको पत्ता लागेको थियो । त्यहाँका चिकित्सकले काठमाडौ रिफर गरेपछि शाही केएमसीमा भर्ना भएकी थिईन ।

पेट ठूलो भएर अप्ठेरो भएपछि सल्यक्रिया गरी सुत्केरी गराएको चिकित्सकले बताएका छन् । शिशुहरू ३४ हप्ता नपुग्दै जन्मिएका कारण ती शिशुहरूलाई श्वासप्रश्वासमा कठिनाई हुनसक्ने भएकाले केही साता विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने शल्यक्रियामा संलग्न चिकित्सकले बताएका छन् ।

सामान्यतः नवजात शिशु जन्मंदा साढे दुई किलो तौल हुनुपर्छ । ३४ हप्ता पूरा भएपछि फोक्सो पूर्ण रूपमा विकास हुनेगर्छ। जन्मिएका शिशुमध्ये सबैभन्दा कम एकजनाको तौल ९५० ग्राम र बाँकी तीनको क्रमशः १.४ केजी, १.५ केजी र १.६ केजी रहेको चिकित्सकहरूले बताएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुर्तीजन्य पदार्थ विरुद्घ एकभएर लड्ने एसिया प्रशान्त क्षेत्रका सासंद र मेयरहरुको उद्घोष 
Next article सुर्तीजन्य पदार्थ विरुद्घको एसिया प्यासिफिक सम्मेलन इन्डोनेसियाको बोगोरमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134385
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web