• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

मुलुकभित्रै सम्भव छ प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण

November 20th, 2019 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मुलुकभित्रै सम्भव छ प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण

काठमाडौँ : राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालयका वरिष्ठ सहायक धर्मराज पौडेल हरेक दिन डेढदेखि दुई घण्टा सार्वजनिक बस चढेर कार्यालय आउजाउ गर्छन नौ वर्षअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ५६ वर्षीय पौडेल स्वस्थ छन । उनले २०६२ भदौमा भारत, चन्डीगढको सिल्भर अप्स हस्पिटलमा पहिलोचोटि मिर्गौला प्रत्यारोपण गराएका थिए । चार वर्षमै समस्या आएपछि २०६७ साउन ३० गते वीर अस्पतालमा डा.पुकारचन्द्र श्रेष्ठले उनको दोस्रो मिर्गौला प्रत्यारोपण गरिदिएका हुन ।
नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालका छोरा २७ वर्षीय दिवसले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएको आठ महिना भएको छ । उनी पनि स्वस्थ र सक्रिय छन । उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा डा. श्रेष्ठले नै गरेका हुन् । दिवसको पहिलो मिर्गौला प्रत्यारोपण २०७१ सालमा भारत, अहमदाबादको इन्स्टिच्युट अफ किड्नी डिजिज एन्ड रिसर्च सेन्टरमा भएको थियो ।
पौडेल र दाहाल जस्तै स्वदेशमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएर सहज जीवन बाँचिरहेकाहरू अरू पनि छन । राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ६, वीर अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा करिब ८ जनाको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । उनीहरूमा खासै समस्या देखिएको छैन । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित गैरीगाउँमा बस्दै आएका पौडेलको कार्यालय ९ किलोमिटर टाढा सिंहदरबारमा छ । ‘बसमा ओहोरदोहोर गर्छु ।
बिरामी भएर बिदा लिनुपरेको छैन । काम गर्दा अप्ठ्यारोसमेत अनुभव हुँदैन,’ उनले कान्तिपुरसित भने । एक साताअघि मात्र परीक्षण गराउँदा उनको मिर्गौलाको कार्यप्रणाली ‘एकदम ठीक’ देखिएको थियो ।
औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दाहालको बुझाइमा मिर्गौला प्रत्यारोपणमा नेपालको नतिजा अन्तराष्ट्रियस्तरकै राम्रो छ । ‘मैले छोराका लागि सिंगापुर, भारतलगायतका थुप्रै ठाउँबाट जानकारी लिएँ । तर यहाँकै भरपर्दो लागेर भक्तपुरमा मिर्गौला प्रत्यारोपण गराएँ ।’ पहिलो पटकको मिर्गौला प्रत्यारोपणसमेत मुलुकभित्रै गराउनुपर्नेमा उनले जोड दिए । ‘भारतको त्यस्तो राम्रो अस्पतालमा छोराको मिर्गौला प्रत्यारोपण गराउँदा त काम लागेन, अरू के भन्ने !’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन विदेश जान लागेको चर्चा चलिरहेको सन्दर्भमा पौडेलले भने, ‘पुन प्रत्यारोपण गराउन प्रधानमन्त्रीले विदेश जानु आवश्यक छैन । उहाँले मुलुकमै प्रत्यारोपण गरेर हाम्रा विशेषज्ञ र हामी मिर्गौला रोगीलाई समेत हौसला दिनुपर्छ ।’ दाहालले पनि प्रधानमन्त्रीले स्वदेशमै मिर्गौलाको पुनस् प्रत्यारोपण गराउन उपयुक्त हुने बताए । ‘ठूलाबडा अझ देशकै अभिभावकले विदेशमा उपचार गराउँदा यहाँका डाक्टरहरूको मनोबल गिर्छ,’ उनले भने ।
त्रिवि शिक्षण अस्पतालमा एउटै व्यक्तिको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको बारे यकिन तथ्यांक छैन । शिक्षण अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण शल्यक्रिया विभागका प्रा.डा. प्रेमराज ज्ञवालीका अनुसार त्यहाँ करिब ८ जनाको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । ‘एउटै व्यक्तिमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण मुलुकभित्रै सफल भइसकेको छ,’ शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक डा. पवनराज चालिसेले भने ।
‘पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा जुन जोखिम हुन्छ, दोस्रो पटक गर्दासमेत त्यही हो । धेरै फरक पर्दैन,’ उनले भने । मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेले प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण मुलुकमै हुन सक्ने बताए । ‘मुलुकभित्रै प्रत्यारोपण गर्दा बरु थप विश्वसनीयताका लागि विदेशी विशेषज्ञ उपस्थित गराउन सकिन्छ,’ उनले भने ।
राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक डा. श्रेष्ठले प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न आफूहरू सक्षम रहेको बताए । ‘प्रधानमन्त्रीले इच्छा गर्नुभयो भने हामी प्रत्यारोपण गर्न तयार छौं,’ उनले भने । नेपालमा पहिलो पटक एकै व्यक्तिमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण वीर अस्पतालमा उनले नै गरेका थिए । डा. श्रेष्ठले आफूहरूले एकै व्यक्तिको दोस्रो पटक मिर्गौला प्रत्यारोपण नियमित रूपमै गर्दै आएको बताए । यहाँको सफलताको दर अन्तर्रा्ष्ट्रियस्तरको रहेको उनको भनाइ छ । ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था आकलन गरेर भन्ने हो भने आवश्यक परे प्रत्यारोपण गर्न सक्छौं,’ उनले भने, ‘यसका लागि सबै प्रकारका चिकित्सकीय जाँच गर्नुपर्छ ।’

डा. श्रेष्ठका अनुसार प्रत्यारोपण केन्द्रमा ६ सय ७३ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । जसमा सफलता दर ९९ प्रतिशत छ । साढे दुई वर्षयता केन्द्रले ४ सय ५५ जनाको मिर्गौला प्रत्यारोपण गरेकामा कुनै पनि बिफल भएको छैन । ( आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको छ । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सा शिक्षा आयोगको निर्देशकको लागि चारजना सिफारिस
Next article सुर्तीजन्य पदार्थ सेवनभन्दा घरायसी प्रदूषण स्वास्थ्यका लागि बढी हानिकारक

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134022
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

122
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

117
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web