• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारउन्मुख, मुटुको चाल सामान्य

November 27th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारउन्मुख, मुटुको चाल सामान्य

हेल्थ टुडे,
काठमाडौ,११ मंसिरः प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा केही सुधार देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । स्वास्थ्यमा सुधार भएसंगै मुटुको चाल सामान्य बनाउन दिइएको इनो ट्रोप नामक औषधि बन्द गरिएको जनाइएको छ ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री होसमा आएपनि अत्याधिक कमजोरी छ । ओलीको स्वास्थ्यमा सुधारको क्रम जारी रहेकोमा बुधबार बिहान भेण्टिलेटरपनि हटाइएको अस्पताल स्रोतले जनाएको छ ।
मंगलबार बिहान ७ बजेदेखि प्रधानमन्त्री ओलीको पेट दुख्न थालेको थियो । दुखाइ बढ्दै गएर सहनै नसक्ने भएपछि ९ बजे उनलाई शिक्षण अस्पताल हातामा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा लगिएको थियो ।
यो अस्पतालमा पेटको उपचार हुँदैन । तर, शिक्षण अस्पतालमा भन्दा यहाँको आइसियू आधुनिक र व्यवस्थित भएकाले अन्य समस्या हुँदा पनि ओलीलाई यही सेन्टरमा लग्ने गरिएको छ ।
प्रारम्भिक परीक्षणमा उनलाई एपेन्डिसाइटिस भएको अनुमान गरिएको थियो । रगत र पिसाब जाँच तथा एक्सरे र भिडियो एक्सरे परीक्षणपछि प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस होइन, पेरिटोनाइटिस भएको पत्ता लागेको थियो ।
प्रधानमन्त्री ओलीले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका हुन् । तर, सो मिर्गौलाले पनि अब काम गर्न छाडेकाले पुनः मिर्गौला प्रत्यारोपण गर्ने तयारी भइरहेको छ । अहिले अस्थायी रूपमा उनले डायलाइसिस गराइरहेका छन् ।
तर, मिर्गौला र प्रधानमन्त्रीलाई अहिले भएको समस्याका बीचमा कुनै साइनो नभएको डाक्टरहरूको दावी छ । मिर्गौला रोगको उपचार गराइरहेका प्रधानमन्त्री केपी ओलीलाई पेटमा पनि समस्या भएको छ । अचानक पेटमा संक्रमण फैलिएपछि मंगलबार दिउँसो अप्रेसन गरिएको थियो भने राति पनि भेन्टिलेटरमा राखिएको छ ।
बुधबार थप स्वास्थ्य परीक्षण गरेपछि उनको स्वास्थ्य अवस्थाबारे यकिन जानकारी दिन सक्ने डाक्टरहरूले बताएका छन् । आइतबार डायलाइसिस गरेका प्रधानमन्त्री ओली सोमबार दिनभरि व्यस्त थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार, केही दिन अझै अस्पतालमै रहने
Next article बिरामीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका डाक्टर निलम्बित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134055
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

125
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

124
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web