• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रुसी खोप ९१ प्रतिशत प्रभावकारी

December 15th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रुसी खोप ९१ प्रतिशत प्रभावकारी

हेल्थ टुडे,

काठमाडौं, ३० मंसिर : रुसले कोभिड–१९ विरुद्ध विकसित गरेको खोप ९१ प्रतिशतभन्दा बढी प्रभावकारी देखिएको जनाएको छ । खोप निर्माणमा संलग्न वैज्ञानिकहरूले खोपको अन्तिम परीक्षणका क्रममा उपलब्ध थप तथ्यांकलाई विश्लेषण गर्दा ‘स्पुतनिक–५’ खोप ९१.४ प्रतिशत प्रभावकारी देखिएको छ ।

रुसी वैज्ञानिकहरूका अनुसार अन्तिम चरणको परीक्षणमा सहभागी २२ हजार ७ सय १४ जनाको नतिजाका आधारमा खोपको प्रभावकारिताबारे तथ्यांक सार्वजनिक गरिएको हो । खोप निर्माण गरेको गामालेया रिसर्च इन्स्टिच्युटका निर्देशकले आगामी वर्षभित्र अधिकांश रुसी नागरिकलाई खोप दिइसकिने विश्वास व्यक्त गरेका छन् ।

‘मलाई विश्वास छ, हामीले रुसका अधिकांश नागरिकलाई सन् २०२१ को अन्यसम्ममा कोभिड–१९ विरुद्धको खोप लगाउन सफल हुनेछौं,’ अलेक्जेन्डर गिन्ट्बर्गद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘स्पुतनिक–५’ हाल भारत, बेलारुस, संयुक्त अरब इमरेट्स र भेनेजुएलामा पनि परीक्षण भइरहेको छ ।

बेलायत र रुसका वैज्ञानिकहरूले स्पुतनिक–५ र अक्सफोर्ड–अस्ट्राजेनेकाले निमार्ण गरेको खोपलाई सम्मिश्रण गरी पुन परीक्षण गर्दै छन् । दुइटा खोप मिसाउँदा यसले मानिसमा प्रतिरोधात्मक क्षमता अझ बढाउने वैज्ञानिकहरूको विश्वास छ ।

रुसले डिसेम्बर २ देखि नै कोभिड–१९ विरुद्ध खोप अभियान सुरु गरिसकेको छ ।

कोभिड–१९ का कारण उच्च जोखिममा रहेका मानिसलाई राजधानी मस्कोका क्लिनिकहरूमा खोप दिइन थालिएको हो । रुसमा निर्मित स्पुतनिक–५ खोप गत अगस्टमा दर्ता गरिएको हो । खोप निर्माणमा संलग्न वैज्ञानिकहरूले यसअघि उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको तथा यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको दाबी गरेका थिए । कोभिड–१९ बाट जोगिन उक्त खोप दुईपटक लगाउनुपर्छ । अधिकारीहरूका अनुसार पहिलो खोप लिएको तीन सातापछि दोस्रो खोप दिइन्छ ।

राजधानी मस्कोमा खोपको पहिलो डोज लिन हजारौं सर्वसाधारणले आफ्नो नाम दर्ता गराइसकेका जनाइएको छ । तर रुसको उत्पादन क्षमता के कति छ भन्नेबारे केही उल्लेख गरिएको छैन । उत्पादकहरूले यो वर्षको अन्त्यसम्ममा खोपको २० लाख मात्रा मात्रै उत्पादन गर्न सक्ने अपेक्षा गरिएको छ । नगर प्रमुख सर्गे सोब्यानिनले विद्यालय, स्वास्थ्य क्षेत्र अनि सामाजिक कार्यमा संलग्न मानिसलाई पहिलो चरणमा खोप दिइने बताएका थिए । खोपको थप मात्रा उपलब्ध हुँदै गर्दा खोप लिन इच्छुक मानिसको सूची पनि बढ्दै जाने उनले बताए । मस्कोमा मात्रै १ करोड ३० लाख जनसंख्या छ । खोप लिन योग्य ठह¥याइएका १८ देखि ६० वर्षका मानिसले सहरका ७० स्थानमा रहेका क्लिनिकहरूमा निःशुल्क सुविधाका लागि अनलाइन सेवामार्फत नाम दर्ता गर्न पाउने व्यवस्था मिलाइएको जनाइएको छ । एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिसो मौसममा कोरोना भाइरसको खतरा  
Next article पोखरामा थप तीनजना कोरोना संक्रमितको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134305
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web