हेल्थ टुडे,
काठमाडौं ,३ जेठ: चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति मा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले आज मन्त्री स्तरीय निर्णय गर्दै बस्नेतलाई निमित्त उपकुलपति नियुक्त गरेका हुन् । न्याम्समा गत तिन महिनादेखि उपकुलपति पद खाली थियो ।
बस्नेत यसअघि वीर अस्पतालका प्रमुख कार्यकारी निर्देशक थिए । उपकुलपति रिक्त हुदा न्याम्सको कामकाज प्रभावित भएको भन्दै तत्काल उपकुलपति नियुक्त गर्न कर्मचारीले माग गर्दै आएका थिए ।
Leave a Reply