• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बृहत यौनिकता शिक्षा प्रथम सम्मेलन जेठ १० र ११ गते काठमाडौंमा हुने

May 22nd, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बृहत यौनिकता शिक्षा प्रथम सम्मेलन जेठ १० र ११ गते काठमाडौंमा हुने

हेल्थ टुडे,

काठमाडौं, ९ जेठ : नेपालमा पहिलो पटक वृहत यौनिकता शिक्षा सम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त आयोजना तथा संयुक्त राष्ट्रिय जनसंख्या कोष, नेपाल परिवार नियोजन संघ लगाायत बृहत यौनिकता शिक्षा क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा यही जेठ १० र ११ गते सम्मेलन आयोजना हुने भएको हो ।
दिगो विकास लक्ष्यहरु २०३० हासिल गर्न बृहत् यौनिकता शिक्षालाई अगाडि बढाउँदै भन्ने मुल नाराका साथ नेपालका सरोकारवाला निकायका युवाहरु तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुको उपस्थितिमा होटेल याक एवड यतिमा पहिलो राष्ट्रिय सम्मेलन हुँदैछ ।

उक्त सम्मेलनले सन् १९९४ मा सम्पन्न जनसंख्या तथा विकास विषयक अन्तर्राष्ट्रिय सम्मेलन, २०१५ को दिगो विकास लक्ष्य, युवा, शान्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघिय प्रस्ताव २२५० अघि सारिने छ ।

साथै महिला, शान्त्ति र सुरक्षा सम्बन्धी संयुक्त राष्ट्रसंघिय प्रस्ताव १३२५, २०७२ मा जारी भएको नेपालको संविधान, राष्ट्रिय युवा नीति, थुथ भिजन २०२५, विद्यालय शिक्षा क्षेत्र योजना २०२२–२३–२०३१–३२ जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति तथा प्रतिबद्धताहरुको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने अपेक्षा गरिएको नेपाल परिवार नियोजन संघले जनाएकोछ ।

सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ३ सय जना सरोकारवाला तथा युवाहरुकोे सहभागिता रहने अपेक्षा गरिएकोछ भने कार्यपत्रहरूको प्रस्तुतिपश्चात बृहत् यौनिकता शिक्षाको घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको नेपाल परिवार नियोजन संघका महाप्रवन्धक डा.नरेश प्रताप केसीले जानकारी दिएका छन ।

नेपाल परिवार नियोजन संघका फोकल पर्सन जमुना सिटौलाका अनुसार
उक्त सम्मेलनले युवाहरूको लागि उमेर–उपयुक्त, वैज्ञानिक र अधिकारमा आधारित बृहत् यौनिकता शिक्षाको पहुँच, लैंगिक समानता, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, अल्पसंख्यक समुदायहरुको अधिकारको सुनिश्चितता, रुढिवादी प्रथा तथा धारणा, हिंसा, बालबिबाह, युवाहरुको विदेश पलायन, शान्ति, सुरक्षा, किशोरकिशोरी तथा युवा मैत्री सेवा तथा युवा लक्षित राष्ट्रिय नीति प्रभावकारी कार्यान्वयनका बिषयमा जोड दिने छ ।

यो सम्मेलनले यौनिक शिक्षाको महत्वपूर्ण मुद्दाहरूमा छलफल गर्ने अवसर प्रदान गर्नेछ । युवाहरुकै सहभागितामा यी मुद्दाहरूमा व्यापक छलफल गरि नेपालमा बृहत् यौनिकता शिक्षाको आगामी कार्यदिशा तय गर्ने उद्देश्य राखिएको छ । उक्त मुद्दाहरू दिगो विकासका लक्ष्य २०३० र जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन १९९४ का प्रतिबद्धताहरू प्राप्त गर्ने महत्त्वपूर्ण आधारहरु भएको सिटौलाले जानकारी दिइन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनिकता शिक्षालाई समय अनुकूल पाठ्यक्रममा समावेश गर्छौ : शिक्षा मन्त्री
Next article न्याम्सको निमित्त उपकुलपतिमा प्रा.डा.भुपेन्द्रकुमार बस्नेत नियुक्त

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133819
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

147
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web