• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा.ओम मूर्तिको नयाँ पुस्तक जीवन्त सम्बन्ध अर्को शुक्रबार लोकापर्ण हुने

September 15th, 2023 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे,
काठमाडौं, २९ भदौ । बरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलको नयाँ पुस्तक जीवन्त सम्बन्धको अर्को शुक्रबार लोकार्पण हुने भएको छ । डा.अनिल उपचारका क्षेत्रमा जति सफल छन्, उत्तिकै रोगको रोकथामका उपाय सिकाउने काममा पनि सक्रिय छन् ।
‘मान्छे रोगी भएर उपचारमा लाग्नु भन्दा रोग लाग्नै नदिने तर्फ केन्द्रीत हुनुपर्छ, यसका लागि स्वास्थ्यका बारेमा जनचेतना बढाउनु जरुरी छ,’ उनले ठ्याक्कै एक दशक अघि म पनि डाक्टर भन्ने पुस्तक प्रकाशित गर्दा भनेका थिए । हुन पनि सो पुस्तक आम व्यक्तिले स्वस्थ रहन, रोगबारे सरल रुपमा जानकारी लिन सकिने निकै उपयोगी पुस्तक थियो ।
उनै डाक्टर ओम मूर्ति यसपटक फेरि यस्तै जनउपयोगी कोसेली बोकेर आम पाठक समक्ष आउँदैछन् । आगामी शुक्रबार अर्थात ठ्याक्कै एक साता पछि उनले लेखेको नयाँ पुस्तक जीवन्त सम्वन्धको लोकार्पण हुँदैछ ।
‘समयले मानिसलाई धेरै कुरा सिकाउँछ, देखाउँछ, पढाउँछ, केही वर्ष अघिसम्म मलाई पनि लाग्थ्यो सबैभन्दा ठूलो कुरा स्वास्थ्य हो भन्ने, तर होईन रहेछ, त्यो ठूलो कुरा अर्के रहेछ । हाम्रा जीवन्त सम्वन्धहरु । कोही व्यक्ति गम्भीर बिरामी छ, उसको समय केही वर्षका लागि मात्रै छ भने पनि उसले त्यसलाई भरपुर उपयोग गरेर जीवन सबैभन्दा उत्कृष्ठ बनाउन सक्छ । अर्को व्यक्ति निरोगी छ, ८० वर्षसम्म पनि बाच्छ तर उसका सम्वन्धका कारण जीवन मरे तुल्य छ । त्यसैले जीवनका लागि स्वास्थ्य मात्रै पनि पूर्ण होइन भन्छु म,’ उनले डा ओम मूर्तिले शुक्रबार आउँदै गरेको आफ्नो नयाँ पुस्तकको आवरण पृष्टको सार्वजनिक गर्ने क्रममा विषयबस्तुबारेमा सामान्य खोत्लदै भने ।
उनले आउँदै गरको पुस्तकबारे चर्चा गर्ने क्रममा भने,’ मेरो नयाँ पुस्तक यिनै विषयवस्तुहरु जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, संघर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायतका विषयमाथि संस्मरणात्मक शैलीमा पुस्तक लेखिएको छ ।’
उनले पुस्तकका विशेषताबारेमा थप प्रष्ट्याउँदै भने, सम्बन्धहरूको गहिराईलाई केलाइएको । व्यक्तिको कर्तव्य, सोच र दायित्यलगायतका विषयमाथि केन्द्रित । मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने । सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवम् पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने छन् ।
२४० पृष्ठको सो पुस्तकमा ५३ वटा जीवन उपयोगी खण्ड राखिएको बताए ।
आउँदै गरेको पुस्तकको आवरणको सार्वजनिक करण भने डा ओममूर्तिले छोरी अनिषा र श्रीमती मनिषाको हातबाट गराएका थिए । डा ओम मूर्तिले यसै वर्ष ‘डा. ओम फाउन्डेशन’ भन्ने गैर सरकारी संस्था खोलेका छन् । पुस्तकको बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम असाहय वृद्धवृद्धाका निम्ति डा. ओम फाउन्डेसनमार्फत् खर्च गर्ने बताइएको छ । उनले २०८० असोज ५ गते शुक्रबार साँझबाट पुस्तक उपलव्ध हुने र अनलाइन अर्डर तथा बुकिङ आजै बाट खुल्ला भएको बताए । उनले दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमाबाट पनि पुस्तकका लागि अर्डर गर्न सकिने जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १०३ प्रतिजैविक औषधि प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन
Next article औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न औषधि व्यवस्था विभागलाई स्वास्थ्य मन्त्रीको निर्देशन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134405
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web