• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्यले पाएन मन्त्री, स्वास्थ्य मन्त्रीको चर्चामा रहेका गिरी भए कानून मन्त्री

March 6th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्यले पाएन मन्त्री, स्वास्थ्य मन्त्रीको चर्चामा रहेका गिरी भए कानून मन्त्री

हेल्थ टुडे,
काठमाडौं, २३ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा २० वटा मन्त्रालयले आजदेखि नयाँ मन्त्री पाएका छन् । २२ वटा मन्त्रालय मध्ये २० ले आज मन्त्री पाउदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने मन्त्री पाउन सकेन । गत वर्ष ४२ दिन स्वास्थ्य मन्त्री भएर विदा भएका एमालेका पदम गिरीले स्वास्थ्य मन्त्रालय पाउने धेरैले अनुमान गरेका थिए । गिरी मंगलबार नै मन्त्री नियुक्त भइसकेको भए पनि उनलाई जिम्मेवारी तोकिएको थिएन । गिरीलाई कानून मन्त्रालय दिइएको छ । बिहीबार गठबन्धनको बैठकले मन्त्रालयको भागवण्डा लगाएपछि स्वास्थ्य मन्त्रालय एमाले, माओवादी र स्वतन्त्र पार्टीको भागमा नपरेको हो । अब बाकी रहेका स्वास्थ्य सहित २ मन्त्रालय जनता समाजबादीको भागमा पर्ने छन् । गठबन्धन दलहरुबिच भएको सहमती अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनता समाजवादीको भागमा परेको छ । यो मन्त्रालय यसभन्दा पहिले पनि जनता समाजवादीले सम्हालिसकेको छ । यो पार्टीका अध्यक्ष उपेन्द्र यादव केपी ओली नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भइसकेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार स्वास्थ्य मन्त्रालयमा जसपा अध्यक्ष यादवले बलियो दावी रहेको छ । यादवको पाटीर्ले गठबन्धनमा सामेल भए पनि सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाउन सकेको छैन । उनको पार्टी भित्रै विवाद छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारले चाहे स्वदेशी औषधि उद्योगको विकास चाडै हुन्छ : एपोन उपाध्यक्ष बराल
Next article उपेन्द्र यादव बन्ने भए स्वास्थ्यमन्त्री

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132208
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web