हेल्थ टुडे,
काठमाडौं, २८ फागुन : विश्व मिर्गौला दिवसको अवसर पारेर बिहीबार राजधानीमा जनचेतनामूलक प्रभातफेरी आयोजना गरिएको छ । स्वास्थ्य अभियान नेपालले आयोजना गरेको प्रभातफेरी ललितपुरको ग्वार्कोबाट सुरु भएर सातदोवाटोस्थित एन्फा कम्पलेक्समा पुगेर समापन भएको थियो ।
मिर्गौला जोगाऔ, अंगदान गरौ भन्ने नारा अंकित प्ले कार्ड बोकेर सहित चिकित्सक, स्वास्थ्यकर्मी, अभियन्ता, कलाकार, पत्रकार र स्वास्थ्य व्यवसायी प्रभातफेरीमा सहभागी भएका थिए । प्रभातफेरीमा वरिष्ठ अंग प्रत्यारोपण विज्ञ डा. प्ुकार चन्द श्रेष्ठ, नायिका स्वेता खड्का, पर्वतारोही पेम्बा शर्पा सहित चिकित्सक, स्वास्थ्यकर्मी र कलाकार सहभागी थिए । मिर्गौला रोग लाग्नै नदिने उद्देश्यका साथ जनचेतना जगाउन प्रभातफेरी आयोजना गरिएको स्वास्थ्य अभियान नेपालका संस्थापक वरिष्ठ अंग प्रत्यारोपण विज्ञ डा. पुकारचन्द
श्रेष्ठले बताए । नेपालमा कुल जनसंख्याको १० प्रतिसतमा कुनै न कुनै किसिमको मिर्गौला सम्बन्धि समस्या रहेको डा. श्रेष्ठले जानकारी दिए ।







Leave a Reply