• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दबाबपछि विना प्रतिस्पर्धा महंगोमा स्वास्थ्य सामग्री किन्ने सवा अर्बको सम्झौता रद्द गर्न स्वास्थ्य मन्त्रालय बाध्य

April 1st, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दबाबपछि विना प्रतिस्पर्धा महंगोमा स्वास्थ्य सामग्री किन्ने सवा अर्बको सम्झौता रद्द गर्न स्वास्थ्य मन्त्रालय बाध्य

हेल्थ टुडे,
काठमाडौं, १९ चैत : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाईरसको संक्रमण रोकथाम र उपचारका लागि प्रयोग हुने स्वास्थ्य सामग्री किन्ने ओम्निटेकसँगको सम्झौता रद्द गरेको छ । स्वास्थ्य सेवा विभागले गत हप्ता बिना प्रतिस्पर्धा ओम्निटेकसँग एक अर्ब २४ करोड बराबरको पीपीई, थर्मामिटर, टेष्ट किट्स लगायतका स्वास्थ्य सामग्री ल्याउने सम्झौता गरेको थियो । वाणिज्य विभागमा दर्ता नै नभएको, बजार मूल्यभन्दा अत्यधिक मूल्य तिर्नु पर्ने र सम्झौता गर्दा स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको मिलेमतोमा करोडौ रुपैयाको चलखेल भएको कुरा सार्वजनिक भएपछि त्यसको व्यापक विरोध भएपछि चीनबाट खरिद गर्ने भनिएको उक्त सम्झौता रद्द गरेको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले नियमित पत्रकार सम्मेलनमा आज ओम्नीटेक समुहले तोकिएको समयमा सम्झौता बमोजिमको सामग्री ल्याउन नसकेको भन्दै धरौटी राखेको रकम जफत गर्ने र कालोसूचिमा राख्ने निर्णय भएको भन्दै सम्झौता रद्द भएको बताए । विभागले आइसकेका सामानहरुको गुणस्तर हेरेर मात्र भुक्तानी दिने बताएको छ । महानिर्देशक श्रेष्ठले चीनबाट आईतबार पहिलो लटमा सम्झौताको १८ प्रतिसत स्वास्थ्य सामग्री आएको बताएका छन ।
देश कोरोनाको संकटमा जुधिरहेको बेलामा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, सचिव यादव कोइराला, मनत्रीका विज्ञ सल्लाहकार डा. खेम कार्की, महानिर्देशक श्रेष्ठ सहितका केहि व्यक्तिलाई कमाउने समय जुरेको भन्दै स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरुको व्यापक आलोचना भएको थियो । मन्त्री ढकाललाई राजिनामाको चर्को दवाव परेपनि ठेक्का रद्द गरेर बीचको बाटो निकाल्ने प्रयास भएकोले सम्झौता रद्द गरिएको स्रोतले जनाएको छ । पुरानो सम्झौता रद्द भएपछि भोलीबाट ३ दिनको समय दिएर स्वास्थ्य उपकरण आपूर्तिका लागि सप्लायर्सहरुलाई आव्हान गर्ने महानिर्देशक श्रेष्ठले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रालयले मेडिकल उपकरण खरिद गर्दा प्रतिस्पर्धामा होइन, मिलेमतोमा महँगो र गुणस्तरहिन : रसायन तथा मेडिकल आपूर्ति संघ
Next article उपत्यकाभित्र ५० र सिरहाका २५ ठाउँमा धारालाई नछोई हात धुन सकिने स्टेसन स्थापना, ललितपुर प्रहरी परिसरबाट सुभारम्भ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132544
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web