• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बालेनको घोषणा : काठमाडौं महानगरभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोग निषेध

June 14th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बालेनको घोषणा : काठमाडौं महानगरभित्र धूम्रपान, मद्यपान र लागु औषध  प्रयोग निषेध

हेल्थ टुडे,
काठमाडौं, ३२ जेठ : अब काठमाडौंका सार्वजनिक स्थानमा धूम्रपान, मद्यपान र लागु औषध प्रयोग गर्न नपाइने भएको छ । महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले काठमाडौं महानगरपालिकाका सार्वजनिक स्थानभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने बताएका हुन् ।
मेयर बालेनले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शुक्रबार यस्तो घोषणा गरेका हुन् । यसका साथै, बालेनले जंक फुडको प्रयोगलाई पनि निरुत्साहित गरिने बताए ।
यसैगरी, शहरी अति गरिबहरूका लागि एक घर एक रोजगारी वा उद्ममशीलताको सुनिश्चितता गर्न निःशुल्क शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराइने पनि बालेनले घोषणा गरे । ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निवासमै आधारभूत औषधि उपचार तथा फलोअपको व्यवस्था मिलाइने पनि उनले बताए । यस्तै, “काठमाडौंको सभ्यता र इतिहाससँग जोडिएको टुकुचा खोला खुला गरी प्राकृतिक रूपमा बग्न दिन र संरक्षण गर्न विशेष परियोजना संचालन गरिनेछ,“ उनले भने । मेयर बालेनले काठमाडौं महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने पनि घोषणा गरे । उनले महानगरभित्रका स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाइने पनि बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article फ्यानक्यान मधेश प्रदेशको अधिवेशन सम्पन्न, शिबजी यादवको अध्यक्षतमा नयाँ कार्यसमिति चयन
Next article ईसान बाल अस्पतालमा ११ वर्षकी बालिकाको पेडियाट्रिक युरोलोजीको जटिल शल्यक्रिया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 27th 1:35 PM
समाचार

औषधिपुरकको परिभाषाप्रति फ्यानक्यानको आपत्ति, सरोकारवालासँग थप छलफल गर्न सरकार तयार

Jul 25th 7:19 AM
समाचार

चर्को विरोधपछि डा.गोविन्द केसी अनसन छोडेर सेती प्रादेशिक अस्पताल भर्ना

Jul 24th 7:43 AM
समाचार

डा. केसीविरुद्ध सुदूरपश्चिममा विरोध चर्कियो, संघर्ष समितिले दियो प्रतिअनशनको चेतावनी

Jul 23rd 10:28 AM
समाचार

५ बुँदे माग राख्दै धनगढीबाट डा. गोविन्द केसीले सुरु गरे अनसन

Jul 21st 6:22 AM
समाचार

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार

Jul 20th 9:05 AM
समाचार

भारतीय बजार मूल्यलाई आधार बनाएर औषधिको मूल्य समायोजन गरिने

Jul 19th 9:04 AM
बिशेषज्ञ लेख

रगत जाँच गराएर रोग पत्ता लगाउन सकिन्छ थाइराइड

Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133610
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

123
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

122
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web