हेल्थ टुडे,
काठमाडौं, २९ साउन : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याइएका एक बिरामीको आकस्मिक कक्षबाहिर मृत्यु भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि ल्याइएका मोरङका ४५ वर्षीय डोलबहादुर थापाको शुक्रबार आकस्मिक कक्षबाहिर मृत्यु भएको छ। नियमित डायलासीस गराउँदै आएका बिरामीलाई स्ट्रोकको समस्या देखिएपछि अस्पताल ल्याइएको थियो।
बेड खाली नभएपछि उपचार पाउन नसकेका बिरामीको एम्बुलेन्समै मृत्यु भएको हो। नियमित डायलासीस गराउँदै आएका थापालाई स्ट्रोक (मस्तिष्कघात) को समस्या देखिएपछि शिक्षण अस्पताल ल्याइएकोमा अस्पतालमा बेड खाली नभएपछि उपचार पाउन सकेका थिएनन्। अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्याराका अनुसार चिकित्सकले बेड व्यवस्थापनका लागि केही समय मागेको भए पनि आफन्तले बिरामीलाई अर्को अस्पताल लैजान खोज्दा एम्बुलेन्समै उनको मृत्यु भएको हो।
समयमै उपचार नपाएर बिरामीको ज्यान गएको भन्दै आक्रोशित आफन्तले अस्पताल प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका छन्। रोस्याराले भने, “केएमसीबाट आएको प्यासेन्ट हुनुहुँदोरहेछ । हामी कहाँ बेड थिएन । एम्बुलेन्समै मृत्यु भयो ।“







Leave a Reply