• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

गर्भवती भएपछि किन आउछ उल्टी ?

November 24th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्भवती भएपछि किन आउछ उल्टी ?

हेल्थ टुडे,

वाकवाकी लाग्नु महिला गर्भवती भएको समान्य लक्षण हो । हाम्रो समाजमा कुनै यूवती वा महिलालाई वाकवाकी आयो भने सोझै अनुमान गरिन्छ कि उ गर्भवती भई भनेर । कसै कसैलाई साधारण वाकवाकी आएपनि कसैलाई उल्टी नै आउने हुन्छ । खाना खाएको नपच्ने, खान मन नलाग्ने पनि हुन्छ । गर्भावस्थाको पहिलो त्रैमासिक (सुरुको १२ हप्तासम्म) मा गर्भवती महिलालाई वाकवाकी आउनु गर्भावस्थाको एक प्रमुख लक्षण हो । धेरै वाकवाकी लागेको र उल्टी भएको महिलाको पिसाबमा ‘किटोन’ जाँचिन्छ । यदि पिसाबमा किटोन पोजिटिभ पाइए गर्भवती भएको भन्ने कुरा प्रष्ट थाहा हुन्छ । उल्टी आउने समस्यालाई कहिल्यै पनि हल्का रूपमा लिनुहुँदैन ।

उल्टी कति धेरै भएको छ र यसले पु¥याएको नकारात्मक असरको आधारमा गर्भावस्थामा हुने उल्टीलाई साधारण वा गम्भीर खालको मानिन्छ ।
साधारण उल्टी
गर्भवती महिलालाई बिहानीपख वाकवाकी लाग्ने, उल्टी आउने हुन्छ । धेरैजसो महिलाले गर्भावस्थाको सुरु (पहिलो त्रैमासिक) तिर उल्टीको अनुभव सँगालेकै हुन्छन् । उल्टीमा पानी वा पित्त मिसिएको एवं थोरै मात्रामा हुन्छ । यसले गर्भवती महिलाको दैनिक क्रियाकलापमा अर्थात् उनको स्वास्थ्यमा खासै नराम्रो असर पु¥याएको हुँदैन ।
कुनै उपचार बिना नै गर्भावस्थाको १२ देखि १४ हप्तामा उल्टी आउने समस्या हराएर जान्छ । गर्भावस्थामा अधिक मात्रामा उत्पादन हुने एचसिजी (ह्युमन कोरिओनिक गोनाडोट्रोफिन), इस्ट्रोजेनलगायत हर्मोनका कारण यस्तो उल्टी आउँछ ।

कडा खालको उल्टी
गर्भावस्थामा कुनै कनै व्यक्तिहरुलाई कडा खालको उल्टी पनि गरेको छ , बढी मात्रामा उल्टी आई गर्भवती महिलाको स्वास्थ्य एवं उनको दैनिक क्रियाकलापमै नकारात्मक असर पुग्न सक्छ ।औषधिको प्रयोग तथा समय समयमा गर्भ जाच गराउने हरु बढदै जादा आजभोली कडा खालको उल्टी आउने समस्या कम हुदै गएको प्रसुती बिशेषज्ञहरु बताउछ््र । कतिपयलाई भने मानसिक समस्याले पनि उल्टी आउँछ । यस्तो परिस्थितिमा घरायसी वातावरणबाट टाढा राख्दा पनि उल्टीको समस्या कम भएर जान्छ । खानेकुरामा कार्बोहाइड्रेटको कम संचितिले पनि उल्टी आउन सक्छ । जुनसुकै कारणले उल्टी सुुरु भएको भए पनि उल्टीका कारण जलवियोजन एवं शरीरमा कार्बोहाइड्रेटको कमी भयो भने यसैले फेरि उल्टी गराउँछ ।

टाढा राख्दा पनि उल्टीको समस्या कम भएर जान्छ । खानेकुरामा कार्बोहाइड्रेटको कम संचितिले पनि उल्टी आउन सक्छ । जुनसुकै कारणले उल्टी सुुरु भएको भए पनि उल्टीका कारण जलवियोजन एवं शरीरमा कार्बोहाइड्रेटको कमी भयो भने यसैले फेरि उल्टी गराउँछ ।
सुरुतिर कुनै असर नदेखिए पनि लामो समयसम्मको उल्टीले गर्दा जलवियोजन र कार्बोहाइड्रेटको अभाव देखिन्छ । पिसाब, रगत र इसिजीको जाँचबाट यी कुरा पत्ता लाग्छन् । मुखबाट राम्ररी खान नसकेका कारण ग्लुकोजको अभावमा शरीरको बोसो पग्लिने क्रममा निक्लिने विकार तत्व (किटोन) पिसाबमा भेटिन सक्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वदेशमै हुने ल्याब टेस्ट किन विदेशमा
Next article स्वास्थ्यको १२ औं तहमा डा. प्याकुरेल र डा. पौडेल

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Nov 27th 11:18 AM
समाचार

मानसिक स्वास्थ्य रिपोर्टिङका विषयमा कोशिशको अन्तरक्रिया

Nov 25th 1:39 PM
समाचार

वीर अस्पतालको युरोलोजी विभागलाई ५० लाखका युरोलोजी उपकरण हस्तान्तरण

Nov 22nd 7:05 AM
अन्तर्वार्ता

१४  बुदे घोषणापत्र जारी गर्दे प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन सम्पन्न

Nov 16th 5:56 PM
समाचार

नेपालसँग स्वास्थ्य सहकार्य विस्तार गर्न चीन तयार

Nov 16th 8:26 AM
बिशेषज्ञ लेख

मधुमेहबाट बच्न यी पाँच कुरामा ध्यान दिउ

Nov 2nd 4:57 PM
समाचार

नेपालमा वर्षेनी ७ हजारभन्दा बढीको आत्महत्याबाट मृत्यु, रोकथाममा जिम्मेवार पत्रकारितामा जोड

Oct 28th 7:27 AM
समाचार

हावाहुरी र वर्षाको पूर्वानुमानसँगै १२ देखि १४ गतेसम्म स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा

Oct 26th 10:50 AM
बिशेषज्ञ लेख

मधुमेहको समस्या छ भने सानो थालमा खानुस्

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134902
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

50
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web