• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

काठमाडौ क्यान्सरमा ‘टोटल बडी इ–रेडिएसन’

December 29th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
काठमाडौ क्यान्सरमा ‘टोटल बडी इ–रेडिएसन’

हेल्थ टुडे

काठमाडौं : नेपालमा पहिलो पटक भक्तपुरको नालारोड ताथलीस्थित काठमाडौँ क्यान्सर सेन्टरमा टोटल बडी इरेडियसन (टिबिआई) गरिएको छ । टोटल बडी इरेडिएसन भनेको पूरै शरीरको रेडियोथेरापी गर्नु हो । यो विधि प्रयोग गरेर रक्त क्यान्सर भएका बिरामीलाई बोनम्यारो ट्रान्स्प्लान्टका लागि तयार गरिन्छ । निजामती कर्मचारी अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट गर्न तयारीमा रहेकी एक महिलालाई काठमाडौँ क्यान्सर सेन्टरमा टिबिआई गरिएको अस्पतालले जनाएको छ । क्यान्सर सेन्टरमा रहेको आधुनिक लिनियर एक्सिलिरेटर (एलआइएनएसी) मा उपचार गरिएको थियो ।

पूरै शरीरको रेडियोथेरापी एकै पटक गर्न थालिएपछि अब बोनम्यारो ट्रान्स्प्लान्ट गर्ने तयारीमा रक्त क्यान्सरका बिरामीलाई अत्याधिक मात्रामा क्यान्सरका औषधि प्रयोग गर्न जरुरी नहुने निजामती अस्पतालका रक्त क्यान्सर विशेषज्ञ डा विशेष पौडेल बताउँछन्।

भक्तपुरको ताथलीमा स्थापित काठमाडौँ क्यान्सर सेन्टरले छोटो समयमै नवीनतम रेडियोथेरापी प्रविधिहरु प्रयोग गरेर क्यान्सरका बिरामीको सेवा गरिरहेकोमा अब टोटल बडी इरेडियसन गरेर लिम्फोमा, माइलोमा, अप्लास्टिक एनिमिया र रक्त (क्यान्सर बिरामीको बोनम्यारो प्रत्यारोपण गर्न सहज हुने अस्पतालले जनाएको छ ।

 टिबीआईलाई प्राविधिक रुपमा जटिल प्रक्रिया मानिन्छ । नेपालमा पहिलो पटक यो विधि अपनाइएको अस्पतालले जनाएको छ । चिकित्सक, भौतिकिविज्ञ र प्राविधिक टोली सदस्यको दक्षताका कारण मात्र यो प्रक्रिया काठमाडौं क्यान्सर सेन्टरमा गर्न सकिएको अस्पतालका रेडिएसन अन्कोलोजिस्ट डा सिमित सापकोटाले बताए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.पुष्पाले गरिन पदबहाली
Next article बाजुरा ३२औँ पूर्ण खोप जिल्ला

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131764
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web