• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

शेर प्रतिष्ठान द्वारा बिरामिलाई सहयोग

June 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
शेर प्रतिष्ठान द्वारा बिरामिलाई सहयोग

नमराज भट्ट
काठमाडौ ३० जेठः प्रदेश नं.३ कि उपसभामुख राधिका तामाङले बुवा शेर बहादुर तामाङ र आमा राम्री तामाङको नाममा स्थापित शेरा स्मृति स्वास्थ्य ,शिक्षा प्रतीष्ठानले बिरामिलाई सहयोग गर्नुभएको छ । क्यान्सर (अर्बुद), बोनम्यारो, नसा लगायत दीर्घरोगका छ जना बिरामीलाई चेक मार्फत रकम सहयोग गर्नुभएको हो । बिरामी र आफन्तलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रतिष्ठानकी संयोजक समेत रहेकी उपसभामुख तामाङले सहयोग स्वरुप चेक हस्तान्तरण गर्नुभएको हो ।
सहयोग पाउनेहरुमा बोनम्यारो पीडित नुवाकोट तादी–४ की अनिता श्रेष्ठ, नसा रोग पीडित शिवपुरी ५ की सबिता ढकाल, फोक्सोको क्यान्सर पीडित दुप्चेश्वरकी फूलमाया तामाङ, शिवपुरी ३ का ब्लड क्यान्सर पीडित नारायण प्रसाद खतिवडा, सिन्धुली घ्याङलेक १ का सुरेन्द्र बोम्जन, सिन्धुपाल्चोक बाह्रबिसेकी फुलु श्रेष्ठ शेर्पा रहेका छन । अनिता र सबितालाई जनही २५ हजार र अन्यलाई २० हजारका दरले सहयोग दिइएको छ । उनीहरुको काठमाडौं, भक्तपुरका विभिन्न अस्पतालमा भइरहेको छ ।
कार्यक्रममा वनमन्त्री बस्नेतले प्रतिष्ठानले गरेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै यसबाट धेरैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । राजनीतिक अधिकारले मात्रै नागरिकलाई नपुग्ने भन्दै उनले पूर्णलोकतन्त्रका लागि गाँस, बास, कपास, शिक्षा, स्वस्थ्यमा पहुँच पुग्नु पर्ने बताउनुभयो । त्यसका लागि सरकार जिम्मेवार भएर लागिरहेकोले सबै नागरिक पनि सचेत हुन आवश्यक रहेको उहाले बताउनुभयो ।
सांसद तामाङले संस्कार र संस्कृतिलाई समयअनुसार परिवर्तन गर्दै सामाजिक कार्यमा अघि बढ्न सबैलाई आह्वान गर्नुभयो ।

स्वास्थ्य सचेतना तथा बिरामीलाई सहयोग हस्तान्तरण कार्यक्रममा वीर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेल र भरतपुर क्यान्सर अस्पतालका डा. कृष्णसागर शर्माले क्यान्सर रोग लाग्नुको कारण, लक्षण र निदानबारे प्रस्तुतिकरण दिनुभएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विश्व योग दिवसका लागि १२९ मूल समिति गठन
Next article मधेशी चिकित्सक संघ गठन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web